Skip to main content
फ्रान्सको राज्यक्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर • राज्य क्रान्तिको समयमा फ्रान्सको संसदलाई के भनिन्थ्यो ? स्टेट जनरल • फ्रान्सको राज्य क्रान्तिताका फ्रान्समा राजा को थिए ? लुई सोह्रौं • फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो ? सन् १७८९ • फ्रान्समा लुइ सोह्रौंको समयमा राजाले विना सूचना नागरिकलाई पक्रन सक्थे त्यसलाई के भनिन्थ्यो ? letter de chachet • राजा जोनपछि बेलायतका राजा वनाइएका फ्रान्सका राजकुमार को थिए ? Luis • विश्व इतिहासमा बौद्धिक क्रान्ति भनेर कुन क्रान्तिलाई चिनिन्छ ? फ्रान्सेली राज्य क्रान्ति • मानव सभ्यताको इतिहासमा कुन क्रान्तिसँगै आधुनिक युगको सुरुवात भएको पाइन्छ? फ्रान्सेली राज्यक्रान्ति • सन् १७६२ मा सामाजिक सम्झौता नामक पुस्तक कसले लेखेका थिए ? रुसो • “यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति नै हुने थिएन” भन्ने शासक को हुन्? नेपोलियन बोनापार्ट • संसारको कलिलो सेनापति भनी कसलाई चिनिन्छ ? नेपोलियन बोनापार्ट • फ्रान्सेली राज्यक्रान्तिताका रहेको पादरीहरूको पद क्रमशः ठूलोबाट सानो क्रम कुन हो? आर्किविसप, बिसप, आर्डिनल, एवट • सर्वसाधारण सदस्य रहेको स्टेट जनरल सदस्यहरूले सदस्य संख्या दोब्बर गरी आफूलाईNational Assembly को रूपमा कहिले घोषणा गरे ? सन् १७८९ जुन १७ • फ्रान्समा पादरी तथा कुलिन वर्गलाई के भनिन्थ्यो ? 1st State • फ्रान्समा लुई चौधौंको शासनकाल कहिले थियो ? सन् १६४३ देखि १७१५ • फ्रान्समा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको घोषणा कहिले गरियो ? 22 Sept. 1792 • फ्रान्सको राज्यक्रान्तिको मूल नारा के थियो ? स्वतन्त्रता, समानता र वन्धुत्व • “मलाई के लाग्छ भने म माथि संसार खसिरहेछ । हे ईश्वर म माथि कत्रो बोझ छ उनीहरूले मलाई केही पनि सिकाएनन् ।” यो कुन फ्रान्सेली राजाले राज्यारोहण हुँदा भनेको शब्द हो ? लुई सोह्रौं • फ्रान्सेली राज्यक्रान्तिको अग्रदुत भनेर कसलाई चिनिन्छ ? रुसो • फ्रान्सको राज्यक्रान्तिको समयमा त्यहाँ कुन नापतौल प्रणाली प्रचलनमा थियो ? मेट्रिक प्रणाली • फ्रान्सेली सम्राट नेपोलियनको मुत्यु कहाँ भएको थियो ? वाटर लु • फ्रान्समा पादरी तथा कुलिन वर्गलाई के भनिन्थ्यो ? प्रथम स्टेट • फ्रान्सेली राज्यक्रान्तिको नेतृत्व कुन वर्गले गरेको थियो ? मध्यम वर्ग • “राज्यको सम्प्रभुता राजाको दैवी सिद्धान्तमा होइन जनताको इच्छामा भर पर्दछ” यो भनाई कसको हो ? रुसो • फ्रान्सका जनता 'Madam Deficite' भनी कसलाई चिन्दथे ? मेरी एन्टोनेट • "The Spirit of Law'' का लेखक को हुन् ? मन्टेस्क्यु (सन् १७४८) • The theory of Separation of Power का लेखक को हुन् ? मन्टेस्क्यु • फ्रान्सेली राज्यक्रान्तिताका रहेको फ्रान्सको संसदलाई के भनिन्थ्यो ? State General • फ्रान्सेली राज्यक्रान्तिताका State Generalको बैठक सन् १६१४ देखि नबसी रहेकोमा कति समयपछि बोलाइएको थियो ? ७५ वर्ष • भर्साइलको दरबार कसले बनाएका थिए, जुन पेरिसदेखि १२ माइल टाढा रहेको थियो ? लुई चौधौं • फ्रान्सका क्याथोलिक सम्प्रदायका धार्मिक नेतालाई के भनिन्थ्यो ? पादरी • चर्चलाई अनिवार्य रूपमा तिर्नपर्ने करलाई के भनिन्थ्यो ? टिथ • फ्रान्सेली राज्य क्रान्ति कसका विरूद्धमा भएको थियो ? निरंकुश राजतन्त्रात्मक व्यवस्था • लुई चौधौंका नाति को थिए ? लुई सोह्रौं • फ्रान्सेली राज्यक्रान्तिको पूर्वसन्ध्यामा रचिएको पुस्तक विश्वकोष Encyclopedia का रचयिता को हुन् ? दिदेरो (सन् १७६९ मा) • फ्रान्सको संसद स्टेट जनरलमा कतिवटा सदनहरू रहेका थिए ? तीन • फ्रान्सेली राज्यक्रान्तिको क्रममा वास्तिलको पतन कहिले भयो, जुन दिनलाई हालसम्म पनि फ्रान्समा राष्ट्रिय दिवसको रूपमा मनाइन्छ ? सन् १७८९ जुलाई १४ • महान दार्शनिक रुसोको जन्म कहाँ भएको थियो ? स्वीट्जरल्याण्डको जेनेभा • लुई सोहौंकी रानी मेरी एन्टोनेट कुन देशकी राजकुमारी थिइन् ? अष्ट्रियाकी राजकुमारी थिइन् • फ्रान्सका लुई राजाहरू कुन वंशका थिए ? बुर्नोन • लुई सोह्रौं कहिले फ्रान्सका राजा भएका थिए ? सन् १७७४ मा • “हे ईश्वर मलाई मित्रबाट जोगाउ सत्रुहरूबाट आफैं जोगिन्छु” कसको भनाइ हो ? भोल्टेयर • फ्रान्सेली क्रान्तिको समयमा मन्टेष्क्युले कहाँ शरण लिएका थिए ? बेलायतमा • I am the State भन्ने फ्रान्सेली राजा को हुन् ? लुइ चौधौं (२०६९, लो.से.आ.) • फ्रान्सको राज्यक्रान्तिको वातावरण सिर्जना गर्ने निकै विलासी रानी को थिईन ? मेरी एन्टोनेट • यो क्रान्ति मुख्यतः कसको विद्रोहका कारण भएको थियो ? फ्रान्सको मध्यमवर्गीय बुद्धजीवि वर्गको • राज्यक्रान्तिको अघिको तेस्रो हाउस कुन थियो ? सर्वसाधारण जनताहरूको प्रतिनिधिहरूको • तेस्रो हाउसमा कतिजना सदस्यहरू थिए ? ६२१ जना • फ्रान्सकी रानी एन्टोनेटलाई कहिले मृत्युदण्ड दिइयो ? सन् १७९३ अक्टोबर १६ • फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँको राज्य सञ्चालनमा कतिओटा कानून प्रचलनमा थिए? करिब ३९० • फ्रान्सको राज्यक्रान्तिपछि शासनसत्ता सम्हाल्न को सम्राट बनेको थिए ? नेपोलियन बोनापार्ट • नेपोलियन बोनापार्ट कहिले सम्राट बनेका हुन् ? सन् १८०४ मा • राज्यक्रान्तिको अघिको पहिलो हाउस कुन थियो ? पादरीहरूको • राज्यक्रान्तिको अघिको पहिलो हाउसमा कतिजना सदस्यहरू हुन्थे ? ३०८ जना • राज्यक्रान्तिको अघिको दोस्रो हाउस कुन थियो ? कुलीन वर्गका प्रतिनिधिहरूको • राज्यक्रान्तिको अघिको दोस्रो हाउसमा कतिजना सदस्यहरू थिए ? २८५ जना • फ्रान्समा पादरी र कुलीन वर्ग सुविधा सम्पन्न प्रथम वर्गमा पर्थे भने सुविधाविहीन वर्गमा को पर्दथे ? मध्यम वर्ग, किसान र कालिगढ • “मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङलाले बाँधिन्छ ।” यो भनाइ कसको हो ? रुसो • फ्रान्सको राज्य धर्म कुन हो ? क्याथोलिक • फ्रान्सको राज्यक्रान्तिले जन्माएको नेतृत्व को हो ? नेपोलियन बोनापार्ट • फ्रान्सको राज्यक्रान्तिताका त्यहाँ पादरीहरूको संख्या कति थियो ? करिब १ लाख ३० हजार • १८ औं शताब्दीतिर फ्रान्सेली समाजमा मध्यम वर्गीय मानिसहरूलाई के भनिन्थ्यो ? बुर्जुवा • “भ्रष्ट चर्चलाई नष्ट गरिदेऊ” भन्ने साहित्यकार को हुन् ? भोल्टेयर • फ्रान्सको राज्यक्रान्ति अगाडी त्याहाँ कस्तो राज्य व्यवस्था थियो ? केन्द्रीकृत • फ्रान्सको राज्यक्रान्तिलाई बौद्धिक क्रान्ति किन भनिन्छ ? नेतृत्व फ्रान्सका बुद्धीजीविले गरेकाले

Comments