Skip to main content

नेपालमा प्रचलित प्रथाहरु

नेपालमा प्रचलित केही प्रथाहरू 
 
दास प्रथाः
मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ । यसरी हुनेखाने वर्गले नहुने वर्ग उपर उनीहरूको विवशता (मजवुरी) को फाइदा उठाएर शोषण गर्ने गरिन्छ । यो प्रथा परापूर्व काल देखि चलिआएको हो । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा वि.स. १९८१ देखि कार्यान्वयन भई वि.सं. १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । त्यसवेला दास दासीका मालिकलाई राज्यले रकम भुक्तानी गरी मालिकले उदारतापूर्वक मुक्त गरेको, भागेको र आफै मुक्त भएको समेत करिब ५७,८९० जना दासत्व बाट मुक्त भएका थिए  । 
 
सती प्रथाः
आफ्नो पतिको मृत्यु पश्चात पत्नीले पतिकै शवसँग जलेर मृत्युवरण गर्ने प्रथालाई सती प्रथा भनिन्छ । पतिको मृत्यु पश्चात पत्नीलाई विभिन्न लाञ्छना लाग्ने डरले पत्नीहरू यस्तो कुरीति अंगाल्ने गर्दथे । यस्तो कारूणिक प्रथा पनि धेरै समय देखि चलनमा रह्यो । यस्तो प्रथा अन्त्य गर्ने विभिन्न समयमा विभिन्न प्रधानमन्त्रीहरूले प्रयास गरेका थिए । २८ जुन १९२०(वि.स. १९७७) मा चन्द्रशमशेरले यस प्रथाको अन्त्य गरेका थिए  । 
 
देउकी प्रथाः 
धार्मिक अन्धविश्वासका कारण देवी देवताको सेवा गर्न मन्दिरमा कन्याहरू चढाउने प्रथालाई देउकी प्रथा भनिन्छ । यो प्रथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती र महाकाली अञ्चलका सबैजसो पहाडी जिल्लाहरूमा पाउन सकिन्छ । छोरा नभएमा, महारोग लागेमा, मुद्दा जित्ने भाकल गर्न, आफ्नो मनोकाङ्क्षा र पुख्र्यौली भाकल पूरा गर्न आफ्नै छोरी वा सम्पन्न व्यक्तिले गरिब परिवारको छोरी किनेर पनि चढाउने प्रचलन पाइन्छ । यो प्रथाको केन्द्र बैतडी जिल्लाको मेलाली देवीको मन्दिर हो  । 
 
कमैया प्रथाः
आफ्नो आवश्यकता पूरा गर्न आफ्नो जग्गा जमिन, धन सम्पति साहुकहाँ बन्धक राखी ऋण लिने र उक्त ऋण चुक्ता नगर्दासम्म साहु कै घरमा बस्ने प्रथालाई कमैया प्रथा भनिन्छ । यो प्रथा कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा पाउन सकिन्छ । यो प्रथा २०५७/०४/०२ गते तत्कालीन प्र.म. शेरबहादुर देउवाको सरकारले अन्त्य गरेको हो । तथापि कमैयाको स्थिति सुधार नहुनाले अझै यो प्रथा चलन चल्तीमा छ  । 
 
झुमा प्रथा/ढावा प्रथाः
बौद्ध धर्मावलम्बीहरूको समुदायमा तीन छोरा अथवा छोरी भएमा माहिलो छोरा वा माइली छोरीलाई क्रमशः ढावा/लामा र बौद्धकन्या (झुमा) को रूपमा गुम्बाको हेरचाह अथवा रेखदेख गर्न राख्ने प्रथालाई झुमा प्रथा/ढावा प्रथा भनिन्छ । यो प्रथा विशेषत : मुस्ताङ जिल्लाको पाँच गाउँ, बाह्र गाउँ र थाक खोला क्षेत्रमा प्रचलित छ । यसरी झुमा बाध्यतापूर्वक वा स्वेच्छापूर्वक हुने गरेको पाइन्छ । उनीहरूलाई ३ वर्ष ३ महिना ३ दिन गुप्तवास राखी बाजागाजाका साथ गुम्बा वा मन्दिरमा चढाइन्छ  । 
 
छाउपडी प्रथाः 
महिनावारी भएका महिलाहरूले घरको आँगन टेक्न नहुने, दुध दही खान नहुने, पढ्न लेख्न नहुने, अरूसँग छुइन नहुने, घरभित्र बस्न नहुने जस्ता प्रचलनलाई छाउपडी प्रथा भनिन्छ । यो प्रथा सुदुर पश्चिममाञ्चलको अछाम जिल्लामा प्रचलित छ । यो प्रथा अनुसार छाउपडीहरू गोठमा बस्नुपर्ने हुन्छ  । 
 
डोलाजी प्रथाः
यो प्रथा मध्यकालमा प्रचलित विवाहका प्रथामध्ये एक हो । यस प्रथा अनुसार दुलाहा नै दुलहीको घरमा गई बस्ने दुलहीको गोत्रमा दुलाहाको गोत्र बदलिने र पारिवारिक सदस्य बनी अंशियार समेत हुने चलन हुन्छ । तिर्जा प्रथा तिर्जा भन्नाले कुनै ठाउँको बाली यति उठाई खानु भन्ने अधिकार पत्र हो । सिपाही तथा हाकीमहरूलाई तलबको रूपमा हरेक वर्ष तिर्जा दिने राणाकालीन प्रथालाई तिर्जा प्रथा भनिन्छ ।
 
डंगुवा प्रथाः
पूर्वी नेपालका राजवंशी जातिमा प्रचलित लोग्ने बितेकी विधवा नारीले नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै बनाएर राख्ने प्रथानै डंगुवा प्रथा हो । यस्तो डगुवा बस्नेहरू आफ्नो श्रीमती मरेर राणो भएका र कमजोर आर्थिक स्थिति भएका पुरुषहरू हुने गर्दछन् । 
 
दाईजो प्रथाः 
छोरीको विवाह गर्दा चेलीलाई दिइने चलअचल सम्पतिलाई दाईजो भनिन्छ । नेपालको सन्दर्भमा विशेषगरी हिन्दु सामाजिक व्यवस्था भएका समाजमा यो प्रथा चलन चल्तीमा छ । अन्य क्षेत्रभन्दा तराई–मधेस क्षेत्रहरूमा दाइजो प्रथाको व्यापक प्रयोग अझ बढी हुने गरेको छ । 
 
घोडाभेडा प्रथाः 
लेनदेन,  जारी, कुटपीट, अंशवण्डा आदि सम्बन्धमा झगडा वा विवादमा स्थानीय भद्रभलादमीहरूले दुवै पक्षलाई जुटाई झगडा मिलाउने र झगडा मिलेपछि मध्यस्थकर्तालाई भेडा काटेर खुबाउनु पर्ने र फर्किदा घोडामा चढाएर पठाउनु पर्ने प्रथालाई घोडाभेडा प्रथा भनिन्छ  । 
 
बेठी प्रथाः 
पूर्वी पहाडमा रोपाइको क्रममा बाजागाजा बजाउँदै रमाइलो गर्ने प्रथालाई बेठी प्रथा भनिन्छ  । 
 
बालीघरे/ खलो  प्रथाः 
ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रूपमा नगद नदिई वार्षिक रूपमा एकमुष्ट ज्यालाका रूपमा अनाज दिने प्रथालाई बालीघरे प्रथा भनिन्छ  । 
 
कटुवाल प्रथाः
गाउँघरमा विकास निर्माणका काम गर्दा, वनको घाँस, दाउरा फडानी गर्दा, भोजभतेर गर्दा, विवाह ब्रतबन्ध आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिने कटुवालको पुख्र्यौली पेशालाई नै कटुवाल प्रथा भनिन्छ  । कटुवाल प्रथा परम्परागत सूचनाको माध्यम थियो । सूचना दिएवापत प्रत्येक घरबाट एकदुई पाथी अन्न उठाएर कटुवालहरूले जीविका चलाउने गर्दथे । हाल सञ्चारका आधुनिक माध्यमहरुका कारण कटुवाल प्रथाको औचित्य सकिएको छ ।
 
....................................
वस्तुगत प्रश्नोत्तर
 
– देउकी प्रथाको मुख्य केन्द्रविन्दु रहेको ठाउँ कुन हो ?
मेलौली, बैतडी 
 
– ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रूपमा नगद नभई बाली लिने चलनलाई के भनिन्छ ?
बालीघरे
 
– बिना पारिश्रमिक आम जनताबाट लिने सेवा वा श्रमलाई  के भनिन्छ ?
झारा प्रथा 
 
– कमैयाले साहुलाई  तिर्ने ऋणलाई  के भनिन्छ ?
सौकी
 
– रजश्वला भएको बेलामा महिलाहरूले घरबाट टाढा गाठेमा गर्इ जीवन व्यतित गर्नुपर्ने पथ्रालाई के भनिन्छ ?
छाउपडी प्रथा 
 
– शेर्पा समुदायकी माहिली छोरीलाई बौद्ध गुम्बाहरूमा गुम्बाको हेरचाह वा रेखदेख गर्नको लागि चढाउने प्रथालाई  कस्तो प्रथा भनिन्छ ?
झुमा प्रथा 
 
– गरीबहरूलाई बन्धक राख्ने प्रथालाई के भनिन्छ ?
बाधा प्रथा 
 
– छाउपडी प्रथाको मुख्य केन्द्रविन्दु कुन जिल्लालाई  मानिन्छ ?
अछाम 
 
– डंगुवा प्रथा कुन जातिमा प्रचलित प्रथा हो ?
राजवंशी
 
– लोग्ने बितेकी विधवा महिलाले नाता नपर्ने पर–पुरुषलाई  लोग्ने जस्तै बनाएर रातीको समयमा घुम्टो ओडाएर आफुसँगै राख्ने चलनलाई के भनिन्छ ?
डंगुवा प्रथा 
 
– सैरली प्रथा देहायको मध्ये कुन जिल्लामा बढी प्रचलित छ ?
सुर्खेत
 
– सैरली प्रथा कस्तो प्रथा हो ?
युवकको निमन्त्रणामा युवती घुम्न जाने 
 
– दुलाहा नै दुलहीको घरमा बस्नुपर्ने तथा दुलहीको थर, गोत्रमा दुलाहाको थर परिवर्तन हुने प्रथालाई  के भनिन्छ ?
डोलाजी प्रथा 
 
– झुमा हुनको लागि परिवारमा कुन छोरी हुनुपर्छ ?
माइली 
 
– झगडा मिलाउने मध्यस्थकर्तालाई  भेडा काटेर ख्वाउने तथा घर फर्कदा घोडामा चढाएर फर्काउनु पर्ने घोडाभेडा प्रथा कुन जिल्लामा बढी प्रचलित छ ?
मुगु 
 
– सामाजिक सुधारक राजा भनेर चिनिने राजा रामशाहले कतिवटा थिति बसालेका थिए ?
२६ वटा
 
– भाउजु तथा सानीमा ब्यर्होने प्रथाको अन्त्य कसले गरेका हुन् ?
भीमसेन थापा 
 
– आफ्नो जमिन वा धनसम्पत्ति साहु कहाँ वन्धक राखी ऋण लिने र सो ऋण कट्टी नहुञ्जेल साहुकहाँ बसी काम गर्नुपर्ने प्रथालाई के भनिन्छ ?
कमैया र बाधा प्रथा 
 
– नयाँ अन्न सेवन गर्ने परम्परागत प्रथालाई  के भनिन्छ ?
न्वागी 
 
– देउकी प्रथा कस्तो प्रथा हो ?
अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा
 
– हिन्दु समाजमा जातीय व्यवस्था अंगाल्ने प्रथा कसले शुरु गरेको मानिन्छ ?
मनु
 
– नवविवाहित नारीले आगोमा पोलिएर आफ्नो यौन शुद्धता र कौमार्यको परीक्षण गर्नुपर्ने प्रचलनलाई  के भनिन्छ ?
मधुश्रावणी पर्व 
 
– विशेषतः मैथली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाइको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई  के भनिन्छ ?
सामा चकेवा पर्व 
 
– धागो बाँधेर आएको चिठ्ठीले केको संकेत गर्दछ ?
मृत्यु 
 
– ज्वाईलाई ससुरातर्फको थर र गोत्र दिई ससुरालीमा नै घरजम गर्न दिने प्रथालाई खस राज्य कालमा के भनिन्थ्यो ?
घर हाल्ने प्रथा
 
– मुर्दा जलाउन लैजाँदा बाटोमा फालिने पैसालाई  के भनिन्छ ?
टिला
 
– धर्मपुत्र पुत्री र निजलाई  राख्ने बाबुआमाको उमेरबीच कति वर्षको फरक हुनुपर्दछ ?
३० वर्ष 
 
– “मोहरम” पर्व नेपालको कुन समुदायमा मनाइन्छ ?
इस्लाम 
 
– देउकी प्रथा कस्तो प्रथा हो ?
अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा 
 
– भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन चाड मनाइन्छ ?
जनैपूर्णिमा  
 
– गाईजात्रा कुन तिथिमा पर्दछ ?
भाद्र कृष्ण प्रतिपदा 
 
– “गाईजात्रा”लाई  नेपाल भाषामा के भनिन्छ ?
सापारू
 
– इन्द्र जात्रा कहिले मनाइन्छ ?
श्रावण शुक्ल चर्तुदशी 
 
– हाँस्यब्यङ्गय उत्सव भनेर कुन पर्वलाई  चिनिन्छ ?
गाईजात्रा 
 
– इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ?
जयप्रकाश मल्ल 
 
– नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ?
कीर्तिपुर (२०६९, लो.से.आ.) 
 
– १५/१५ दिनमा पुजारी परिवर्तन भइरहने नेपालको एकमात्र मन्दिर कुन हो ?
रातो मछिन्द्रनाथको मन्दिर  
 
– इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ?
जय प्रकाश मल्ल 
 
– ‘सावनकी डोला’ नामक पर्व कुन समुदायका महिलाले साउनको एक महिनासम्म मनाउने पर्व हो ?
रानाथारू
 
– ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ ? 
  1. गणेश
  2. भैरव
  3. कुमारी
  4. माथिका सबै 
 
– दशैं नमनाउने डंगोल र महर्जन थरका नेवारहरूले विजया दशमी शुरू हुने चतुर्थीदेखि फुलपातीसम्म ललितपुरको कुन स्थानमा “सिकाली जात्रा” मनाउने गर्दछन् ?
खोकना 
 
– दू दू च्याँ च्याँ विजेश्वरी जात्रा नेपालको कुन धार्मिक क्षेत्रमा लाग्ने मेला हो ?
पशुपति क्षेत्र
 
– “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ?
शेर्पा
 
– “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछ ?
नेवार
 
– हातमा थाल र थालमा चामल समेत राखेर मगर र छन्त्याल जातिले नाच्ने गरेको “थाली नाच” मूलतःकुन जिल्लाबाट शुरू भएको मानिन्छ ?
म्याग्दी
 
– छोक्रा नाच कुन समुदायको नाच हो ?
थारू 
 
– नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन ?
लिम्वु
 
– वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ?
पश्चिम तराईका थारू 
 
– “शिली” कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ?
चण्डी नाच
 
– महिला हिंसासँग सम्बन्धित कमलरी प्रथा कुन जातिमा प्रचलित कुप्रथा हो ?
थारु जाति (२०६८, लो.से.आ.)
 

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...