Skip to main content
जातिय विशेषताहरु (७० भन्दा बढी बस्तुगत प्रश्नोत्तर)

१. तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ??
— दोरा नाच
२. ल्होमी जातिको मुखिया वा नाइकेलाई के भनिन्छ ??
— पिम्बू
३. व्यासी जातिले लगाउने पोशाकलाई के भनिन्छ ??
— चुङ्वाला
४. ददिकाधो कसले मनाउने पर्व हो ??
— राजवंशी
५. जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा छ ??
— ज्यापू
६. दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा कुन जातिमा छ ??
— वाँतर
७. गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वलाई स्थानिय भाषामा के भनिन्छ ??
— अवकल सायाँ
८. गाईजात्रालाई नेपाली भाषामा के भनिन्छ ??
— सापारु
९. वैशाख २ गतेका दिन जुडसितल पर्व कुन समाजमा मनाइन्छ ??
— मैथली समाज
१०. ताजिया नेपालको कुन धर्मावलम्बीहरुको पर्व हो ??
— मुसलमान
११. सोरठी नाँच कुन जातिको हो ??
— गुरुङ
१२. धवला कुन जनजातिले मनाउँछन् ??
— व्यासी
१३. चेपाङहरुको मुख्य चाडको नाम के हो ??
— चोनाम
१४. मंसिर महिनामा मात्र विहे गर्ने अनौठो चलन कुन जातिमा पाइन्छ ??
— रामेछापका थामी जातिमा
१५. तिब्बती र शेर्पाहरुले खाने जौको परिकारलाई के भनिन्छ ??
— तसम्बा
१६. डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषालाई के भनिन्छ ??
— काइके
१७. मगरहरुको पुरोहित भनेर कुन मगरलाई भनिन्छ ??
— भुसाल मगर
१८. थारु जातिको इष्टदेवता के हो ??
— घोडा
१९. सतारहरुको मुख्य देवताको नाम के हो ??
— ठाकुर
२०. सतारहरुको बाह्र प्रकारका विवाहलाई के भनिन्छ ??
— वापला
२१. सिँउडीको रुखलाई पुजा गर्ने जाति कुन हो ??
— मेचे
२२. राउटेहरुको बोल्ने भाषाको नाम के हो ??
— खाम्ची
२३. सुपारी विहे नेपालको कुन जनजातिमा छ ??
— धिमाल
२४. लतार्ने विवाह कुन जातिमा छ ??
— छन्तेल
२५. राजवंशीको पुरोहितलाई के भनिन्छ ??
— गुरुवा
२६. सिरुवा पर्व कुन जातिमा मनाइन्छ ??
— राजवंशी
२७. तामाङहरुको कुल देवतालाई के भनिन्छ ??
— ल्हा
२८. तामाङ जातिको प्रसिद्ध बाजा कुन हो ??
— डम्फू
२९. धरान देखी धनकुटा सम्मको मदन भण्डारी मार्गको लम्बाई कति रहेको छ ??
— ५२ किलोमिटर
३०.गाइनेहरुको मुख्य तीन गित के के हो ??
— कर्खा, मालश्री र झ्याउरे
३१. कुन जातिको विवाहमा दुलाह दुलहीले सिन्दुर साटासाट गर्दछन् ??
— झाँगड
३२. माझीहरुको प्रमुख देवता कुन हो ??
— भीमसेन
३३. विवाह गर्दा केटा र केटी पक्षका सम्धीहरु लडाँई गर्ने परम्परा कुन जातिमा रहेको छ ??
— कुमाल जाति
३४. किसान जाति नेपालको कुन जिल्लामा बस्दछ ??
— झापा
३५. तरली मगरहरु मुख्यतय नेपालको कुन जिल्लामा बस्दछन् ??
— डोल्पा
३६. बूढी पोल्ने स्थानीय पर्व कुन क्षेत्रमा मनाइन्छ ??
— डोटी
३७. तमार छोरी कुन जिल्लामा प्रचलित नाच हो ??
— लमजुङ
३८. मरेपछि पनि विवाह गर्ने चलन कुन जातिमा छ ??
>> थामी
३९. मरेपछि लास काटेर गिद्धलाई खुवाउँने चलन कुन जातिमा रहेको छ ??
>> डोल्पो
४०. रणबाघ भन्नाले कुन बाजाई चिनिन्छ ??
>> धिमेबाजा
४१. दसैं नाच कुन जातिले मनाउँछ ??
>> सतार
४२. नुवाफुङ कुन भाषामा निर्मित चलचिल हो ??
>> लिम्बू
४३. सतार जातीको लिपि कुन हो ??
>> अलचिकी
४४. प्रजा जाति भनेर कुन जातिलाई भनिन्छ ??
>> चेपाङ
४५. महादेवको तिन नेत्र केके हुन् ??
>> अग्नि, सूर्य र चन्द्र
४६. हाडनातामा विवाह गर्ने चलन कुन जातिमा प्रचलित छ ??
>> राउटे
४७. जिरेल आफूलाई के भन्न रुचाउँछन् ??
>> जिर्पा
४८. जी डग के हो ??
>> चेपाङ जातिको प्रमुख वस्ती
४९. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति कुन हो ??
>> बानियाँ
५०. जिरेल जातिको झाक्री र लामालाई के भनिन्छ ??
>> फम्बो र पारम्बा
५१. धनकुटाको आठपहरिया राईले लगाउने परम्परागत पोसाक कुन हो ??
>> म्याख्ली सिन
५२. ‘पाल्की बोक्ने जात’ भन्नाले कुन जातिलाई जनाउँछ ??
>> झाँगड
५३. माझीको मुख्य देवता कुन हो ??
>> भीमसेन
५४. सतारहरुको १२ प्रकारको विवाहलाई के भनिन्छ ??
>> बापला
५५. सारंगीलाई पोथी बाजा भनिन्छ भने भाले बाजा केलाई भनिन्छ ??
>> अर्वाजो
५६. ‘जी डग’ भन्नाले ??
→ चेपाङ जातिको मुख्य बस्ती
५७. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति ??
→ बानियाँ
५८. जिरेल जातिको झाँक्री ??
→ फम्बो
५९. कर्णाली अञ्चलका खस जातिको कुल देवता
→ मस्टो
६०. राई भाषाको प्रथम टेलिचलचित्र ??
→ साइबुङ
६१. जिरेल जातिको लामा ??
→ पारम्बा
६२. गुरुङ भाषाको प्रथम टेलिचलचित्र ??
→ न्याहस्सो हनोरी
६३. काइके भाषा बोल्ने मगरहरु ??
→ डोल्पा
६४. राउटे भाषामा ‘ऐस’ को अर्थ ??
→ सिकार गर्नु
६५. माघी पर्व कुन जातिको ??
→ थारू
६६. तोरनल्ह पर्व ??
→ थकाली
६७. शेर्पाहरुको कुल देवता ??
→ जिङ
६८. पाल्की बोक्ने जात ??
→ झाँगड
६९. कौरा नाच ??
→ मगर
७०. सतारको मुख्य देवता ??
→ ठाकुर
७१. सतारको १२ प्रकारको विवाह ??
→ बापला

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने