Skip to main content

नेपालमा जातजाति

नेपालमा जातजाती
नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  । 
 
आदिवासी/जनजाति 
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः 
• जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  ।
• जसको परम्परागत भाषा, धर्म, रीतिरिवाज र संस्कृति छ  । 
• जसको परम्परागत सामाजिक संरचना समानतामा आधारित छ  ।
• जसको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ । 
• जसको आफ्नो लिखित वा अलिखित इतिहास छ । 
• जो नेपालका आदिवासी हुन्  । जसले आफूलाई जनजाति भन्छन्  । 
नेपाल सरकारले वि.सं. २०५८ माघ २५ गते आदिवासी/जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ जारी गरी ५९ जनजातिलाई आदिवासी/जनजाति भित्र समेटेको छ ।
 
आदिवासी जनजातिहरूको वर्गीकरण 
आदिवासी जनजाति महासंघले अनुकुल रणनीति तथा राष्ट्रिय संसाधनमा पहुँच, सुविधा बन्चनको अवस्था, विघटन, विस्थापन, विभेदको ऐतिहासिक अनुभव, राज्यको शक्ति संरचनामा वा राज्य संचालनमा पहुच, सामाजिक प्रतिष्ठा मानव विकासको स्तर आदिका आधारमा आदिवासी जनजातिहरूलाई निम्न ५ भागमा वर्गीकरण गरिएको पाइन्छ, 
क)  लोपोन्मुख (संकटापन्न) आदिवासी जनजातिहरू 
ख)  सुविधावञ्चित आदिवासी जनजातिहरू 
ग)  अग्रवर्ति उन्नतिशील आदिवासी जनजातिहरू 
घ)  सीमान्तकृत आदिवासी जनजातिहरू 
ङ)  अति सीमान्तकृत आदिवासी जनजातिहरू 
 
नेपालका सूचीकृत आदिवासी जनजाति (आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५९ अनुसार) 
 
नेपालका जनजातिहरू र तिनको मुख्य बसोबास स्थल
 
नेपालका प्रमुख जातिहरू 
बाह्मण जाति   
• नेपालको प्रमुख जातिको रूपमा ब्राह्मण जाति रहेको छ  । 
• यो जाति नेपालको प्रायः सबै भू–भागमा बसोबास गर्दछन्  । 
• नेपालका अधिकांश जिल्लाहरूमा पाइने यो जाति अर्घाखाँची, गुल्मी, पर्वत, स्याङ्जा, कास्की, चितवन, रूपन्देही, मोरङ, झपा आदि जिल्लामा बहुसंख्यामा रहेका छन्  । 
• यो जाति धर्मकर्म, पूजापाठ र सरकारी सेवामा बढी सक्रिय रहेको पाइन्छ  । 
• यिनीहरू बोल्ने नेपाली भाषा भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ  । 
• वि.सं. २०६८ मा भएको जनगणनामा यो जातिको कूल जनसंख्यामा १२.२% रहेको छ  ।
 
क्षेत्री 
• यो नेपालको सबैभन्दा बढी जनसंख्या भएको जाति हो  । 
• यो जातिको प्रायः देशभर बसोबास रहेको पाइन्छ  । 
• हिन्दू धर्म धेरै मान्ने यो जातिको भाषा भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ  । 
• वि.सं. २०६८ मा भएको जनगणनामा यो जातिको कूल जनसंख्यामा १६.६% रहेको छ  । 
 
शेर्पा 
• मुख्य थलो सोलुखुम्बु भए पनि पूर्वमा ताप्लेजुङदेखि पश्चिममा  सिन्धुपाल्चोकको हेलम्बुसम्म बसोबास गरेको पाइन्छ ।
• पर्वतारोहण, पशुपालन र सैनिक सेवा यो जातिका प्रमुख पेशा हुन्  ।
• यो जातिको प्रमुख पर्वहरूमा ल्होसार, छेजु, मानिरिन्दु, दुम्चे, ओसो र छिउन आदि हुन्  । 
• यो जातिको धर्मग्रन्थ फोग्यु हो  । 
• बुद्ध धर्मको बाहुल्यता रहेको शेर्पा समुदायको गुम्बा र ध्याङ प्रमुख पूजास्थल हुन्  ।
• शेर्पाको विवाह गर्ने चार वटा विधि छन् । ति विधिहरू क्रमशः टिछ्याङ, देगछ्याङ्ग, पेछ्याङ्ग, गनेकुतब हुन्  ।
• यो जातिमा बहुपति प्रथा कायम रहेको छ  । 
• यो जातिको प्रमुख पुजारी लामा हुन् भने यो जातिको श्राद्ध कर्मलाई ‘घेवा’भनिन्छ  ।
• शेर्पा जातिको कुल देवतालाई जिङ्ग भनिन्छ  । यो जातिमा लासलाई गाड्ने चलन छ  ।
• शेर्पा जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्छ  । 
 
थकाली 
• यो जातिको मुख्य बसोबास मुस्ताङको थाकखोला मानिन्छ  । 
• गौचन, तुलाचन, शेरचन, भट्टचन मुख्य थर रहेको यो समुदायमा ढिकुर प्रचलनमा रहेको छ  । 
• यो जातिका मुख्य  चाडपवर्हरूमा ‘ल्हा–फवो’ (१२ वषर्मा मनाइने) तारेन्ल्हा, ठाङेताङे, म्यो आदि हुन्  । 
• यिनीहरू तिब्बतमा प्रचलित बोन धर्म र बुद्ध धर्म मान्दछन्  । 
• आदिवासी जनजातिहरूको वर्गीकरणमा यो जाति उन्नत समूहमा पर्दछ  ।
• थकाली जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार अग्रवर्ती उन्नतीशील समूहमा पर्दछ  । 
 
लिम्बु
• यो जातिको मुख्य थलो पूर्वका संखुवासभा, तेह्रथुम, धनकुटा, पाँचथर र इलाम जिल्ला हो  । 
• यो जातिको पूरोहितलाई फेदाङ्मा भनिन्छ  भने स्त्री पूरोहित भएमा थेमा कहलाउछ  । 
• यिनीहरूले सुम्निमा र पारोहाङलाई पूर्वज मानी पूजा गर्छन्  ।
• गृह देवताका रूपमा खामाङ् पूजा गर्ने चलन छ  । 
• मुख्य पेशा कृषि रहेको यो जातिको धार्मिक ग्रन्थ मुन्धुम हो  ।
• धाननाच, च्याम्ब्रुङ नाँच,चासोक चाड यो जातिका प्रमुख चाड हुन्  । 
• शपथ खाँदा दुवो र ढुङ्गो लिएर खाने गर्दछन्  । 
• लिम्बु जाति जनजाति महासंघले आदिवासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार अग्रवर्ती उन्नतिशील समूहमा पर्दछ ।
 
चेपाङ 
• मुख्य बसोबास भएका जिल्लाहरूमा मकवानपुर, धादिङ, चितवन र गोरखा हुन्  । 
• चेपाङ्गहरूले बोल्ने भाषालाई खाम्ची भनिन्छ भने मुख्य चाड चोनाम हो  । 
• यो जातिको पूरोहितलाई पाँडे भनिन्छ  ।
• यो जातिमा तिनचोटी टाउको ठोक्काएर विवाह गर्ने चलन छ  ।
• छोरीहरूलाई दाइजोको रूपमा चिउरीको बोट दिइन्छ  ।
• चमेराको मासु चेपाङ जातिको स्वादिलो परिकार हो  । 
• यिनीहरूले आफुलाईश्रीरामको सन्तान मान्छन् र प्रजा भन्न रूचाउँछन्  ।
• चेपाङ जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार अति सीमान्तकृत समूहमा पर्दछ  । 
• यो जातिको उन्नति र विकासको लागि वि.सं. २०३५ सालदेखि प्रजा विकास कार्यक्रम लागू गरियो  । 
 
नेवार जाति
• मूल थलो काठमाडौं उपत्यका रहेको यो जातिको मुख्य पेशा व्यापार व्यवसाय हो  । 
• यो जातिको आफ्नै भाषा र लिपी छ र यिनीहरूको लिपिलाई ‘रञ्जना’ लिपि भनिन्छ  ।
• यिनीहरूको पूरोहितलाई गुभाजु भनिन्छ  । 
• नेवार कन्याहरूले रजस्वलापूर्व (६ देखि ९ वर्षमा) बेलसँग गरिने विवाहलाई इहि भनिन्छ  । 
• नेवार जाति अन्तर्गतको ज्यापू समुदायको महत्वपूर्ण पर्व योमरी पुन्ही हो भने यही दिनलाई ज्यापू दिवसको रूपमा पनि मनाइन्छ  । 
• परम्परागत नेवार महिलाहरूले लगाउने पहिरनलाई हाकुपटासी भनिन्छ भने टाउकोमा लगाउने गहनालाई बुलिन भनिन्छ  । 
• नेवार जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार अग्रवर्ती उन्नतीशील समूहमा पर्दछ  । 
 
राउटे 
• राउटे नेपालको फिरन्ते जाति हो । यस जातिको निश्चित बसोबास स्थल छैन  । 
• यो जाति नेपालको मध्यपश्चिम र सुदुरपश्चिमका पहाडी जिल्लाहरू दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र अछाम आदि जिल्लाहरूका घना जंगलमा पाइन्छ  । 
• यिनीहरू छाप्रोमा बस्छन् त्यसलाई राउटी भनिन्छ  ।
• यो जातिले गुना बाँदरको सिकार गरी खान्छन्  ।
• मानिसको मृत्यु भएमा बाँदर मार्ने जालमा बेरेर गाड्छन्  ।
• राउटेहरूको नाइकेलाई मानबहादुर भनिन्छ  ।
• पैसा छोए पाप लाग्छ भन्ने यस जातिका मानिसले जंगली कन्दमुल, फलफूल र सिकार गरी आफ्नो जीविका चलाउँछन्  ।
• यिनीहरूको जात राउत र साउत गरी दुई वटा हुन्छन् 
• यिनीहरूको बोल्ने भाषा खाम्ची हो  । 
• राउटे जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार लोपोन्मुख समूहमा पर्दछ  । 
 
राई
• राई जातिको प्रमुख बासस्थान पूर्वी तराई र मध्य पहाडी क्षेत्रलाई मानिन्छ  । 
• यो जातिको आफ्नै राई भाषा छ जुन भोट, बर्मेली भाषा परिवारमा पर्दछ  । 
• चण्डी नाच राईहरूको प्रमुख चाड हो भने साकेलादि यस जातिको सांकृतिक एबं धार्मिक पर्व हो  । 
• राईहरूको पूरोहितलाई ङोपा भनिन्छ भने पवित्र धर्म ग्रन्थ मुन्धुम हो  । 
• राईहरूको प्रमुख बाजा बिनायो हो  । 
• राईहरू आफ्ना पूर्खाका रूपमा ‘सुम्निमा पारूहाङ’(शिव पार्वती) मान्दछन्  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  ।
• छोरो जन्मेमा ४ दिनमा र छोरी जन्मेमा ३ दिनमा चोख्याउने चलन छ  । 
• रार्इ भाषाको पहिलो टेलिचलचित्र सायाबुङ हो  ।
• बिबाहको समयमा दुलाहाको साथ कालो छाता अनिवार्य मानिन्छ  । 
 
बाह्रगाउँले 
• मुस्ताङ जिल्लाको पाँच गाउँ र थाक खोलाभन्दा उत्तर ल्हो मन्थाङदेखि दक्षिणमा पर्ने बाह्रगाउँ यो जातिको प्रमुख थलो हो  । 
• भाद्र महिनामा पर्ने यार्तुङ पर्वलाई मुख्य पर्वको रूपमा मान्दछन्  ।
• यिनीहरू तिब्बती धर्म  ‘बोन्या’ मान्दछन्  ।
• परिवारको माहिलो छोरा भिक्षु बनी बौद्ध भक्त तथा गुम्बामा बस्ने चलन  । 
• यस जातिमा केटी भगाएर लगेपछि केटीको वुवा आमासँग माफि माग्ने चलन रहेको छ  । 
• यो जाति जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  ।
 
डोल्पो 
• काइके पनि भनिने यो जाति डोल्पा जिल्लामा बसोबास गर्दछन्  ।
• डोल्पोलाई स्थानीय भाषामा धोल्पोवा भन्ने गरिन्छ  ।
• यो जाति धौगागिरी हिमालको उत्तर र तिब्बत भन्दा दक्षिण भेरी नदिको सिरानमा बस्दछ  । 
• डोल्पोहरूले बोल्ने भाषालाई काइके (तराली) भनिन्छ  । 
• डोल्पोहरूले बौद्ध धर्म मान्दछन्  ।
• यिनीहरूको मुख्य पेशा कृषि, पशुपालन र व्यापार हो  ।  यो जातिमा बहुपति प्रथा कायम रहेको पाइन्छ भने मृत शरीरलाई काटेर टुक्रा–टुक्रा पारी • गिद्ध, चील आदि पंक्षीहरूलाई खुवाउने चलन छ  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सीमान्तकृत समूहमा पर्दछ  । 
 
छन्त्याल 
• छन्त्याल जातिको मुख्य थलो धौलागिरी अञ्चलको बाग्लुङ र म्याग्दी जिल्लालाई मानिन्छ  । 
• यस जातिले हिन्दू धर्म मान्दछन्  । 
• यिनीहरूको पूरोहितलाई भान्जा भनिन्छ  ।
• यिनीहरूले बोल्ने भाषालाई खाम भनिन्छ  । 
• लतार्ने विवाह प्रथा यो जातिमा छ  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  । 
 
जिरेल 
• दोलखा जिल्लाको जिरी र जुगुँ गाउँ मुख्य थलो मानिने यो जाति केही मात्रामा रामेछाप जिल्लामा समेत पाइन्छन्  । 
• यिनीहरूको मुख्य पेशा कृषि र पशुपालन हो  । 
• यो जातिले बौद्ध र हिन्दू दुवै धर्म मानेको पाइन्छ  । 
• जिरेलहरूको पूरोहितलाई नासो/रोपा भनिन्छ  । 
• यो जातिले आफूलाई  ‘जिर्पा’  भन्न रूचाउँछन्  । 
• यिनीहरूको धर्मगुरु वा पूरोहितलाई ‘पोम्वा’ वा ‘फोम्वा’ र झाँक्रिलाई फोम्बा भनिन्छ  ।
• मानिसको मृत्यु हुँदा लामाबाट साइत हेराई गाड्ने जलाउने गरिन्छ  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  ।
 
दुरा
• लमजुङ जिल्लाको दुरा डाँडा दुरा जातिको प्रमुख बसोबास स्थल हो  । 
• यिनीहरूमा छेलो हान्ने खेल निकै लोकप्रिय छ  । 
• नेपालमा थोरै संख्यामा रहेको यो जातिको उत्थानका लागि दुरा सेवा समाज गठन गरिएको छ  । 
• दुरा जातिको मातृभाषा भोट बर्मेली भाषा परिवार अन्तर्गतको दुरा भाषा हो  । 
• छोरा भएमा कुखुराको भाले र छोरी भएमा पोथी काटेर न्वारन गर्ने चलन छ  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  । 
 
ब्यासी जाति
• आफूलाई वेदव्यासका सन्तान मान्ने ब्याँसी जाति नेपालको दार्चुला जिल्ला र छेउछाउका इलाकामा बसोबास गर्दछन्  । 
• यिनीहरूलाई प्रकृतिको पूजा गर्ने मंगोलियन मुलको मानिन्छ  । 
• यिनीहरूको मुख्य चाड ‘धमला’ भएपनि ह्यु तिहार, विसु तिहार मान्दछन्  । यो फागनु महिनामा पदर्छ  । 
• यिनीहरूले आफुलाई रोङ भन्न रूचाउँछन्  । 
• यिनीहरू बच्चा जन्मने बित्तिकै न्वारन गर्ने र सुत्केरीलाई ७ दिनसम्म नछुने चलन छ  ।
• यिनीहरूको भाषालाई ब्यासी, लगाउने पोसाकलाई च्युङवाला र कुल देवतालाई नाम्जोङ्ग भनिन्छ  । 
• उनीहरूको प्रमुख पेशा कृषि र मजदूरी हो  । 
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  । 
 
मगर जाति
• वि.सं. २०६८ को जनगणनाअनुसार सबैभन्दा धेरै जनसंख्या भएको जनजाति  । 
• देशभरि नै छरिएर रहेको मुख्य बासस्थान गण्डकी अञ्चल र रूकुम, रोल्पा लगायतका स्थानमा  । 
• नेपालको एकीकरण पूर्व यिनीहरूको बासस्थानलाई मगरात क्षेत्र भनिन्थ्यो  । 
• यो जातिको प्रमुख पेशा घर निर्माण, कला, सैनिक, पेशा आदि  ।
• धेरै मगरहरू बौद्धधर्मावलम्वीहरू रहेको पाइन्छ र उनीहरूको पूरोहितलाई भुषाल भनिन्छ  । 
• डोल्पामा बस्ने मगरहरूले बोल्ने भाषा काइके हो जुन भोट–बर्मेली परिवार अन्तर्गत पर्छ  । 
• यो जातिमा मारूनी नाच, कौरा नाच र रोधिघर अत्यन्तै प्रसिद्ध छ  ।
• यिनीहरूले मस्टोलाई आराध्य देवता मानन्छन्  । 
• यो जनजाति महासघंले आदिबासी जनजातिहरूलार्इ गरको वर्गीकरण अनसुार सुविधा बञ्चित समहूमा पदर्छ  ।
• २०६८ को जनगणना अनुसार यो जातिको संख्या कुल जनसंख्याको ७.१% छ  ।
 
थारू 
• थारूहरू मुख्यगरी नेपालको तराई प्रदेश र दाङ, सुर्खेत, उदयपुर तथा चितवन जस्ता भित्री मधेसका जिल्लाहरूमा बसोबास गर्दछन्  ।
• मुख्य पेशा कृषि र पशुपालन हो  ।
• यो जातिको पूरोहितलाई गुरुवा/भर्रा भनिन्छ  ।
• मुख्य चाडको रूपमा माघीलाई मान्दछन्  । 
• विवाहमा दुलहीलाई विदाई गर्दा बत्ती र बिषको प्याला दिने अनौठो प्रचलन रहेको छ  । 
• झिझिया नाच थारूहरूको प्रसिद्ध नाच हो  । 
• योजनजाति महासघंले आदिबासी जनजातिहरूलार्इ गरको वगीर्करण अनसुार सीमान्तकतृ समहूमा पदर्छ  । 
• २०६८ को जनगणना अनुसार यो जातिको संख्या कुल जनसंख्याको ६.६% छ  । 
 
तामाङ जाति 
• मुख्य पहाडी क्षेत्रमा बसोबास रहेको जाति  । 
• तामाङहरूको मुख्य चाड ल्होसार, पूरोहितलाई बोपो र धार्मिक स्थललाई ध्याङ (गुम्बा) र मृत्यू संस्कारलाई घेवा भनिन्छ  । 
• भोट–बर्मेली परिवारको आफ्नै तामाङ भाषा बोल्दछन् भने लिपी तिब्बती लिपी हो  । 
• घरको भित्तामा देवताको नाम र प्रार्थना लेखिन्छ जसलाई  हिगी भनिन्छ  ।
• यो जातिका मानिसहरू बौद्ध धर्म मान्दछन्  । 
• भोटेसेलो, तामाङ सेलो, डम्फुनाच तामाङहरूको महत्वपूर्ण नाच हुन्  । 
• विवाहवारीमा लमिको काम ताम्बाले गर्छन् बैशाख पुर्णिमाको दिन मनाइने दुङया पर्वमा भिमसेन स्थानमा कुल देवताको पुजा गर्छन्  ।
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार सुविधा बञ्चित समूहमा पर्दछ  ।
• २०६८ को जनगणना अनुसार यो जातिको संख्या कुल जनसंख्याको ५.८% छ  । 
 
झाँगड 
• झाँगड जातिको वासस्थान पूर्वी तराईको समथर भुभाग हो  । 
• यस जातिको मुख्य पर्व कर्माधर्मालाई लिइन्छ । यिनीहरूको विवाहमा सिन्दुर साटासाट गरिन्छ  ।
• यिनीहरूको झगडा मिलाउने प्रमुख व्यक्तिलाई ‘माइजन’ भनिन्छ  ।
• झाँगड जनजाति महासंघले आदिवासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी हो  । 
• यस जातिलाई पाल्की बोक्ने जात भनेर चिन्ने गरिन्छ  ।
 
सतार 
• श्यामवर्ण, मझौला कद भएका सतारको बसोवासस्थान, झापा, मोरङ्ग र सुनसरी हो  ।
• यिनीहरूको आफ्नै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन्छन  । 
• यो जातिको मुख्य देवता ठाकुर हो  । 
• यिनीहरूको विवाह १२ प्रकारबाट गरिन्छ । त्यसलाई ‘वापला’ भनिन्छ  ।
• सतार जाति १२ थरिका हुन्छन् । यिनीहरूको मुखियालाई ‘माझिहडाम’ भनिन्छ। यसका अलावा यो जातिले पिल्चुहडाम, पिल्चु बुढी, मराङबुरू जस्ता देवता मान्छन् । जसले “सोहराई”, “हरिचाढ” जस्ता चाड मनाउछन्  । 
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलार्इ गरको वर्गीकरण  अनसुार सीमान्तकृत  समहूमा पदर्छ  । 
 
माझी
• मुख्य बसोवास स्थल ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा र नदिका छेउ हो  । 
• यो जातिको मुख्य पेशा माछा मार्ने, डुङ्गा खियाउने मानिन्छ  । 
• यिनीहरू आफूलाई कुसका सन्तान मान्छन् । प्रमुख चाड पर्व दशै तिहार र सोह्र श्राद्ध हुन्  ।
• भिमसेनलाई कुल देवता मान्छन् । यिनीहरू आफूलाई  ‘शुगर’ भन्न रूचाउँछन्  । 
• यो जातिको मुख्य बसोबास स्थल सिन्धुली र रामेछाप हो  । 
• यिनीहरूले आफूलाई किराँतका वंशज मान्दछन्  । 
• यिनीहरूको नाइकेलाई ‘मझुवा वा माझी’ भनिन्छ । जसको प्रमुख पर्व नै देवाली पुजा हो  । 
• यो जाति लोपोन्मुख समूहमा पर्ने आदिवासी हो  । 
• कृषि, व्यवसाय, शिकार गर्ने र गरिवले अर्काको ज्याला मजदुरी गरी जिविका चलाउछन। 
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलार्इ गरको  वर्गीकरण अनसुार सीमान्तकतृ समहूमा पर्छ  । 
 
लेप्चा 
• इलाम मुख्य बसोवास स्थल भएको यो जातिले कंचनजंगा हिमाललाई देवता मान्छन  । 
• आफूलाई रोङ भन्न रूचाउँने । ‘अस्ताच्यो’ र ‘नामथर’ पवित्र धार्मिक ग्रन्थ हो  । 
• यिनीहरूको पूरोहितलाई गम्वालामा भनिन्छ भने यिनीहरू ‘लोक्तेन नाच’ नाच्दछन  ।
• यो जातिको धार्मिक गुरुलाई ‘मोनबुन थिङ’, ‘बिजुवा’ भनिन्छ  ।
• यो जातिले लासलाई भित्ता फोरेर वा झयालबाट निकाल्छन्  ।
• यिनीहरूको विवाह गर्दा ७ विधि पूरा गर्नु पर्छ । यसमध्ये केटी माग्न जाने केटाको धैर्य परीक्षण गर्न सिस्नोले हिर्काइन्छ  । 
• तेस्रो दिनमा जाँड रक्सी खुवाई सुत्केरी चोख्याइन्छ  ।
• यो जनजाति महासंघले  आदिबासी जनजातिहरूलार्इ गरको वगीर्करण अनसुार लोपोन्मुख समहूमा पदर्छ  ।
 
मेचे
• मेचेको मुख्य बसोवास स्थल झापा हो  ।
• यिनीहरूले कृषि, पशुपालन र माछा मार्ने कार्यबाट जीविका चलाउछन  ।
• यो  जातिले वनदवेता र वनदेवीको साथै प्रकृति, नदीनाला, सिउँडीको रूख र भदा्रर्इ दवेताको पजुा गछर्। 
• मेची नदीको किनारमा बसोवास गर्ने भएकोले यो जातिलाई मेचे भनिएको हो  । 
• जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार यो जाति लोपोन्मुख समूहमा पर्दछ  । 
 
कुसुन्डा
• मुख्य वसोवास स्थल भेरीको दैलेख, सुर्खेत र राप्तीको सल्यान प्युठान र दाङमा पनि पाइने यिनीहरू जङगली कन्दमूल गिठ्ठा, फलफुल र सागपात खाएर जीवन गुजारा गर्छन् । 
• यो जाति लोपोन्मुख समूहमा पर्ने आदिवासी हो  ।
• यिनीहरू आफूलाई कुशका वंशज मान्दछन  । 
• यिनीहरूको आफ्नो थर छन्त्याल लेख्ने भएकोले पनि यिनीहरू लोप भइसकेका छन्  । 
• यो जनजाति महासंघले आदिबासी जनजातिहरूलाई गरेको वर्गीकरण अनुसार लोपोन्मुख समूहमा पर्दछ  । 
• २०६८ को जनगणना अनुसार यस जातिको संख्या २७३ जना रहेको छ  । 
 
२०६८ को जनगणना अनुसार नेपालका जातजातिहरू र तिनका जनसङ्ख्या 
 
बस्तुगत प्रश्नोत्तर
– राउटे, किसान, मेचे, जनजातिहरू कुन समूह अन्तर्गत पर्दछन् ?
लोपोन्मुख समूह 
 
– राष्ट्रिय दलित आयोग कहिले गठन भयो ?
२०५८ चैत्र 
 
– सामाजिक भेदभाव तथा छुवाछुत प्रथाको अन्त्य गर्ने मुलुकी ऐन कहिले जारी गरियो ?
२०२० भाद्र १ 
 
– जिरेल, छन्त्याल जनजाति कुन समूह अन्तर्गत पर्दछन् ?
सुविधा वञ्चीत 
 
– नेपालको पहिलो जातिय सङ्ग्रहालय काठमाडौँको कुन ठाउँमा छ ?
भृकुटीमण्डप 
 
– वि.सं. २०६८ सालको जनगणाअनुसार सबैभन्दा सबैभन्दा बढी संख्यामा रहेको जनजाति कुन हो ?
मगर 
 
– मुलुकी ऐनअनुसार जातिपातीको आधारमा  भेदभाव गर्नेलाई कति सजाय हुने व्यवस्था छ ?
एक वर्ष कैद रु ३ हजार जरिवाना
 
– हालसम्म नेपालको कुन जिल्लालाई कमलरी मुक्त जिल्ला घोषणा गरिएको छ ?
दाङ 
 
– नेपाललाई छुवाछुत मुक्त देश घोषणा कहिले गरिएको हो ?
वि.सं.२०६३ जेठ २१ गते 
 
– राई, लिम्बु, छन्त्याल, जिरेल जस्ता जनजातिहरू कुन समूहमा पर्दछन् ?
सुविधा वञ्चित 
 
– जोडा मिलाउ ।
क)  लोपोन्मुख                  १)  १५ 
ख)  अतिसीमान्तकृत        २)  २० 
ग)  सीमान्तकृत                ३) १२ 
घ)  सुविधाबाट बञ्चित      ४)  १०  
उत्तर : क-४, ख-३, ग-२, घ-१ 
 
– भाँडे संक्रान्ति नाच कुन जिल्लामा कसले मनाउने पर्व हो ?
बझाङ, बादी 
 
– महिलाको लासलाई तेल लगाएर गाड्न लैजाने चलन कुन जातिमा छ ?
धिमाल
 
– सतार जातिका महिलाहरूले लगाउने पारम्पारिक पोशाकलाई के भनिन्छ ?
पालाहान्द 
 
– नेपाल सरकारले कहिलेदेखि कमैया मुक्तिको घोषणा गरेको हो ?
वि.स. २०५७ श्रावण २ 
 
– नेपालमा आदिबासि जनजाती राष्ट्रिय प्रतिष्ठानको स्थापना कहिले भयो ?
बि.सं.२०५८ 
 
– आदिवासी, जनजाती उत्थान गर्न नेपाल सरकारबाट स्थापना गरिएको  संस्थाको नाम के हो ?
आदिबासी, जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान 
 
– चेपाङ्ग जातीको विकासका लागि कुन कार्यक्रम ल्याईएको थियो ?
प्रजा विकास कार्यक्रम 
 
– चिउरीको वोट दाइजो दिने चलन कुन जातिमा छ ?
चेपाङ 
 
– अति गरिब जातिका रूपमा चिनिने जाति कुन हो ?
मुसहर 
 
– पाल्की बोक्ने जात भन्नाले कुन जातिलाई जनाउँछ ?
झाँगड 
 
– जि डग केसँग सम्बन्धित छ ?
चेपाङ वस्ती 
 
– जतिसुकै गरिब भए पनि मर्नेको नामबाट चौतारी बनाउनु पर्ने चलन कुन जातिमा छ ?
थामी 
 
– विवाह गर्दा केटा र केटी पक्षका सम्धी सम्धी लडाइँ गर्ने चलन कुन जातिमा छ ?
कुमाल 
 
– सतारको मुख्य मानिसलाई के भनिन्छ ?
माझिहडाम 
 
– मरेपछि पनि विवाह गर्ने अनौठो चलन कुन जातिमा रहेको छ ?
थामी
 
– मृत्यु भएमा बाँदर मार्ने जालमा राखेर गाडने प्रचलन कुन जातिमा छ ?
राउटे  
 
– नेपाल सरकारद्वारा सूचीकृत ५९ जनजाति मध्ये साक्षरता दर, गाँस, आवास, पेशा, भाषा, जनसंख्याको आकार आदिको आधारमा कति भागमा वर्गीकरण गरिएको छ ?
५ 
 
– हाल नेपालमा दलित जाति भनेर कति थरलाई सूचीकृत गरिएको छ ?
२३ 
 
– राउटे, कुसुण्डा, लेप्चा, वनकरिया, सुरेल जस्ता जातिहरू कुन समूहमा पर्दछन् ?
लोपोन्मुख 
 
– पैसा छोए पाप लाग्छ भन्ने विश्वास कुन जातिमा पाइन्छ ?
राउटे  
 
– “खाम्ची” भाषा कुन जातिले बोन्ने भाषा हो ?
चेपाङ र राउटे
 
– राउटेहरूको नाइकेलाई के भनिन्छ ?
मानबहादुर 
 
– आदिवासी जनजाति महासंघका अनुसार लोपोन्मुख जातिको संख्या कति रहेको छ ?
१० 
 
– राष्ट्रिय जनजाति विकास समितिको गठन कति सालमा भएको हो ?
वि.स. २०५३
 
– नेपालमा आदिवासी चरित्रको सबैभन्दा पूरानो जाति कुन हो ?
राउटे   
 
– नेपाल सरकारद्वारा सूचीकृत आदिवासी जनजाति मध्ये १२ जनजाति अतिसीमान्तीकृत समूह तथा २० जनजाति सीमान्तीकृतमा पर्छन् भने कति जनजाति सुविधा वञ्चितमा पर्छन् ?
१५   
 
– हिमाली क्षेत्रमा वसोवास गर्ने जनजातीमध्ये उन्नत समूहमा पर्ने जनजाती कुन हो ?
थकाली 
 
– हिमाली क्षेत्रका आदिवासी जनजाति मध्ये सुविधा वञ्चित समूहमा नपर्ने जनजाति कुन–कुन छन् ?
भोटे र मुगाली 
 
– हिमाली क्षेत्रका आदिवासी जनजाति मध्ये सीमान्तकृत समूहमा ७ उन्नत समूहमा १ जनजाती पर्दछन् भने सुविधा वञ्चित समूहमा कति जनजाति पर्दछन् ?
८ 
 
– ल्होमान्थाङ्ग क्षेत्रका बासिन्दालाई के नामले चिनिन्छ ?
लोवा 
 
– मृत्यु संस्कार गर्दा १०८ बत्ती बाल्ने कार्य गर्ने जाति कुन हो ?
तामाङ 
 
– कुन जातिले सपथ खाँदा दुबो र ढुङ्गो लिएर सपथ खाने चलन छ ?
लिम्बु
 
– झाम्रे नाच कुन जातिमा प्रचलित नृत्य हो ?
गुरुङ 
 
– “रिम्पुदिनी” नाच कुन जातिको प्रसिद्ध नाच हो ?
शेर्पा 
 
– गेहडी नाच कुन जातिको प्रसिद्ध नाच हो ?
माझी 
 
– दोचा कुन क्षेत्रका मानिसले लगाउने पोसाक हो ?
हिमाली 
 
– हिमाली प्रदेशको प्रमुख प्रसिद्ध चाड कुन हो ?
ल्होसार 
 
– हिमाली क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातिमध्ये सीमान्तीकृत समूहमा परको जनजाति कति छन् ?
७ 
 
– हिमाली क्षेत्रमा बसोबास गर्ने मुख्य जनजातीहरू कुन–कुन हुन् ?
शेर्पा, भोटे, थकाली आदि 
 
– शेर्पा जातिका मानिसहरूले कुन धर्म मान्छन् ?
बौद्ध
 
– हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये “उन्नत समूह” मा पर्ने जनजाति कुन हो ?
थकाली 
 
– हिमाली क्षेत्रका मानिसहरूको मुख्य पेशा के रहेको छ ?
पशुपालन 
 
– “सेलो” कुन जातिसँग सम्बन्धित छ ?
तामाङ 
 
– बहुपति प्रथा कुन जातिमा रहेको छ ?
शेर्पा 
 
– च्याब्रुङ्ग नाच र धान नाचलाई पर्वका रूपमा मनाउने जाति कुन हो ?
लिम्बु
 
– हिमाली क्षेत्रमा बसोबास गर्ने जनजातिहरूले मान्ने मुख्य धर्म कुन हो ?
बौद्ध र बोनपो
 
– नेपाल सरकारद्वारा सूचीकृत आदिवासी जनजातीमध्ये हिमाली क्षेत्रमा बस्ने आदिवासी जनजाती समूह कति छन् ?
१९
 
– मनिरिम्दु पर्व कुन जातिको प्रमुख पर्व हो ?
शेर्पा
 
– हिमाली भेगमा बस्ने जातिले लगाउने परम्परा जुत्तालाई दोचा भनिन्छ भने थामि जातिले लगाउने काठको जुत्तालाई के भनिन्छ ?
पोलो 
 
– पूर्वका मानिस भनेर नेपालका कुन जातिलाई चिनिन्छ ?
शेर्पा 
 
– शेर्पा जातिको मुल थलो कहाँ रहेको छ ?
सोलुखुम्बु 
 
– विवाहमा जन्ती जाँदा तथा मलामी अगाडि वन्दुक पड्काउने चलन कुन जातिमा रहेको छ ?
लिम्बु 
 
– हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा र थकालीहरूको धर्म संस्कृति कोसँग मिल्दोजुल्दो देखिन्छ ?
तिव्वतीहरूसँग 
 
– भित्री मधेसमा बस्ने जनजातीको संख्या कति छ ?
 
– तराई क्षेत्रमा वसोवास गर्ने जनजातिमध्ये अति सीमान्तकृत समूहमा नपर्ने जाति कुन हो ?
धिमाल
 
– तराई क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातीमध्ये लोपोन्मुख समूह अन्तर्गतका जनजाति कुन–कुन हुन् ?
किसान र मेचे  
 
– तराई क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातिमध्ये लोपोन्मुख, अति सीमान्तकृत र सीमान्तकृत समूह अन्तर्गत पर्ने जनजातिहरू कति कति छन् ?
२,३,५ 
 
– भित्री मधेसका आदिवासी जनजाति मध्ये सीमान्तकृत समूहमा रहेका जनजाति कुन–कुन हुन् ?
कुमाल र दराई 
 
– भित्री मधेसका आदिवासी जनजाती मध्ये अति सीमान्तकतृ समहूमा नपर्ने  जनजाति तलका मध्ये कुन हो ?
कुमाल
 
– भित्री मधेसका आदिवासी जनजाति मध्ये लोपोन्मुख समूह, अति सीमान्तकृत समूह र सीमान्तकृत समूह अन्तर्गतका जनजाति कति कति छन् ?
क्रमशः २,३,२ 
 
– लठ्ठी नाच नेपालको कुन जातिमा प्रचलित छ ?
थारु जाति
 
– नेपालका थारुहरूले मनाउने माघी पर्व कहिले पर्दछ ?
माघ १ 
 
– तराई क्षेत्रमा वसोवास गर्ने आदिवासी जनजातिमध्ये सीमान्तकृत समूह अन्तर्गत नपर्ने जातिहरू तलका मध्ये कुन हुन् ?
सतार
 
– चुरौटी भाषा बोल्ने समुदाय कुन हो ?
मुसलमान 
 
– वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ?
पश्चिम तराईका थारु 
 
– भर्रा कुन जातिको पूरोहित हो ?
थारु
 
– ‘वेस’ कुन जातिको उत्थानको लागि सक्रिय संस्थाको नाम हो ?
थारु
 
– दराई आदिवासी जनजाति कुन समूह अन्तर्गत पर्दछ ?
सीमान्तकृत 
 
– मोरङमा बस्ने गनगाई जातिको मानिसलाई के भनिन्छ ?
मण्डल
 
– नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी बोलिने भाषा कुन हो ?
मैथली 
 
– बिद्यापति कुन भाषाका प्रसिद्ध कवि हुन् ?
मैथली 
 
– आदिवासी र जनजातिहरूमध्ये तराई क्षेत्रमा बसोवास गर्ने आदिवासी जाति समूह कति छन् ?
१० 
 
– मधेशको लिम्बु भन्नाले कुन जातिलाई बुझाउँछ ?
धिमाल 
 
– तराईका मैथलीवासी समुदायको सबै भन्दा ठूलो छठ पर्वमा कुन भगवानको उपासना गरिन्छ ? सूर्य 
– थारु जातिद्वारा बडा दसैंमा कृष्णको कथामा आधारित भै गरिने नाचगानलाई के भनिन्छ ?
सखिया नाच
 
– कर्मा धर्मा नाच कुन जातिमा नाचिन्छ ?
झागड 
 
– मधेशको लिम्वु मानिने जाति कुन हो ?
धिमाल 
 
– मुर्मी कुन जाती र जनजातीभित्र पर्दछ ?
तामाङ
 
– नेपालका मध्य तराईका जिल्लाहरूमा छरिएर बसेका उराउहरूले बोल्ने भाषालाई के भनिन्छ ?
झागड,
धाँगड, 
उराउ,  
माथिका सबै 
 
– प्रसादका रूपमा ‘ठेकुवा, भुसुवा ’जस्ता परिकार मूलतः कुन चाड विशेषमा खाने खाद्य परिकार हुन् ?
छठ 
 
– कुलुङ जातिले मकालु हिमाललाई के भन्दछ ?
सेसेलुङ 
 
– मौरी वाजा कुन जातीको परमम्परागत वाजा हो ?
छन्त्याल 
 
– गुरुङ जातिको घरको भित्तामा कोरिने एक प्रकारको भित्ते चित्रलाई के भनिन्छ ?
पूराती चित्र
 
– किराँत समुदायको वेदलाई के भनिन्छ ?
मुन्धुम 
 
– मधेशको लिम्बु भन्नाले कुन जातीलाई जनाउछ ?
सतार 
 
– “साकेला सिली” नाच कुन समुदायमा प्रचलित छ ?
किराँती 
 
– झिझिया नाँच कुन जातिमा प्रचलित छ ?
मैथिली 
 
– लाकोल जातिको मुख्य बसोबास कहाँ हो ?
बैतडी
 
– आदिवासि जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५९ अनुसार  सुविधा वन्चित जनजाति कति रहको छन् ?
१५ जाति 
 
– छोक्रा नाच कुन समुदायको नाच हो ?
थारु 
 
– मघौटा नाच कुन समुदायको प्रसिद्ध नाच हो ?
थारु 
– चासोक ताङ्नाम पर्व कुन जातिको महान पर्व हो ?
लिम्बु 
 
– शेर्पा जातिका महिलाले लगाउने परम्परागत पोशाकलाइ के भनिन्छ ?
पांगलेन 
 
– ‘फ्या’ नामक संस्कार कुन जातिमा रहेको छ ?
तामाङ
 
– सेग्रो सिली नाच कुन समुदायको नृत्य हो ?
बाहिङ राई समुदाय
 
– पाल्की बोक्ने जात भनेर कुन जातिलाई चिनिन्छ ?
झाँगड 
 
– विभिन्न जातजाति र तिनका सम्मानसूचक सम्बोधनहरू बीच जोडा मिलाउनुहोस्  । 
क)  थारु        १. मिजार 
ख) चमार       २. चौधरी     
ग) सार्की        ३. व्याधा 
घ)  कडौरी      ४. रामरमोची
उत्तर : क-२, ख-४, ग-१, घ-३ 
 
– किसान जातिलाई अर्को के नामले पनि चिनिन्छ ?(२०७२, लो.से.आ.) 
उराव 
                      
– पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये अति सीमान्तकृत समूहमा पर्ने जनजाति कति छन् ?
३  
 
– नेपालमा आदिवासी/जनजातिमध्ये चेपाङ जनजाति तलको कुन वर्गीकरणमा पर्दछ ?
अति सीमान्तकृत 
 
– तामाङ जातिको मृत्यु संस्कारलाई के भनिन्छ ?
धेवा 
 
– चमार जातिका महिलालाई के भनिन्छ ?
चमैन 
 
– कुन जातिले बाहा पर्वलाई फूलको उत्सवको रूपमा मनाउँछन् ?
सतार
 
– मगर जातिमा रहेको छोरी बेच्ने चलन तथा भाउजू,  सानिमा व्यहोर्ने चलनमथि प्रतिबन्ध कसले लगाएका हुन् ?
भीमसेन थापा 
 
– रूपौली–सुनौली प्रथा कुन समुदायसँग सम्बन्धित छ ?
लिम्बु 
 
– मंगलबारका दिन केटी माग्ने र मंगलबार नै जन्ती जाने जाति कुन हो ?
चेपाङ 
 
– कुसुण्डाको मुख्य बसोबासस्थल कुन हो ?
सुर्खेत, दैलेख 
 
– चण्डीनाचमा नाच्ने तरिकालाई के भनिन्छ ?
शिली 
 
– बाह्रगाउँलेको मुख्य बसोबास क्षेत्र कुन हो ?
मुस्ताङ 
 
– सतारहरूको मुख्य मानिसलाई के भनिन्छ ?
माझीहडाम 
 
– मृत्युपछि घेवा गराउने चलन कुन जातिमा छ ?
तामाङ 
 
– चनारा जातिको मुख्य बसोबास स्थल कुन हो ?
गोरखा
 
– जाती पर्व कुन जातीले मनाउने पर्व हो ?
धिमाल 
 
– बन्चरोले दारी काट्ने जातिको रूपमा आफूलाई चिनाउने जाति कुन हो ?
राउटे 
 
– कर्माधर्मा पूजा कुन जातिले मनाउँछन् ?
झागड (उराउ जाति)
 
– ‘जात्री पर्व’ कुन आदिवासी समुदायको चाड हो ?
धिमाल 
 
– धिमाल जातिको टोलको मुखिया तथा पुजारीलाई के भनिन्छ ?
माझी 
 
– डोल्पा जिल्लाका तराली मगरहरूले बोल्ने भाषालाई के भनिन्छ ?
काइके
 
– मैथिली समाजमा भाईबहिनीको बिचको प्रेमको पर्वलाई के नामले चिनिन्छ ?
सामाचकेवा 
 
– फोग्यू कुन जातिको धर्मग्रन्थ हो ?
शेर्पा 
 
– सतारहरूको मुख्य देवताको नाम के हो ?
ठाकुर 
 
– माघी पर्व मुख्य गरी कुन जनजातीसँग सम्बन्धित छ ?
थारु 
 
– जिर्पा भन्नाले कुन जातीलाई बुझिन्छ ?
जिरेल 
 
– चेपाङ जातिलाई अर्को कुन नामले पनि चिनिन्छ ?
प्रजा 
 
– तीन दिन लगाएर लास जलाउने चलन नेपालको कुन जातीको मृत्यु संस्कार हो ?
दनुवार 
 
– जिरेल जातीको पूरोहितलाई के भनिन्छ ?
नाक्सो 
 
– शेर्पा जातिको मुख्य पर्व कुन हो ?
ल्होसार 
 
– नेपालका जंगलहरूमा घुमन्ते जीवन बिताउने जातीहरू कुन–कुन हुन् ?
राउटे र कुसुन्डा 
 
– विश्व आदिवासी जनजाति दिवस कहिले मनाईन्छ ?
August 9 
 
– धिमालहरूको प्रमुखलाई के भनिन्छ ?
देउनिया
 
– राई जातिले वर्षमा कतिपटक चण्डी नाच नाच्दछन् ?
२ पटक 
 
– दसैं नाँच कुन जातिले नाच्दछन् ?
सतार 
 
– डोल्पा जिल्लामा बसोबास गर्ने मगरहरूलाई के भनिन्छ ?
तराली मगर 
 
– तारो हान्ने प्रतियोगिता कुन जातिमा छ ?
मनाङ्गे 
 
– पैसा छोए पाप लाग्छ भन्ने विश्वास गर्ने जाति कुन हो ?
राउटे
 
– आदिवासी चरित्रको सबभन्दा पूरानो जाति कुनलाई मानिन्छ ?
राउटे 
 
– थकाली जातिको मूल वसोबास स्थल कहाँ हो ?
मुस्ताङ्को थाकखोला 
 
– लेप्चा जातिको मुख्य बासस्थान कहाँ हो ?
इलाम 
 
– जनजाति सँग्रालय कहाँ रहेको छ ?
कीर्तिपुर  
 
– सतारहरूको मुख्य बस्ती भएको जिल्ला कुन हो ?
मोरङ 
 
– कौरा र मारुनी नाच कुन जातिमा प्रचलित छ ?
मगर  (२०६८, लो.से.आ.) 
– छन्त्याल जातिको पूरोहितलाई के भनिन्छ ?
भान्जा  
 
– लिम्बु जातिको पूरोहितलाई के भनिन्छ ?
फेदाङ्वा 
 
– तामाङ जातिको पूरोहितलाई के भनिन्छ ?
लामा 
 
– मर्नेको नाममा चौतारी बनाउनुपर्ने चलन कुन जातिमा छ ?
थामी 
 
– राई जातिको लोकप्रिय बाजा कुन हो ?
बिनायो 
 
– सबैभन्दा धेरै जनसंख्या भएको जनजाति कुन हो ?
मगर 
 
– महाकाली नाच कुन जातीसँग सम्बन्धित छ ?
ज्यापु
 
– पाथिभरा पुजा कुन जातिसँग सम्बन्धित छ ?
जिरेल 
 
– नेपालको कतिवटा जिल्लामा थारु जातिको बाहुल्यता रहेको छ ?
६ जिल्ला
 
– विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ?
झाँगड 
 
– माघी, सुखरात्री र सिरुवा पर्व कुन जातिका मुख्य चाडपर्व हुन् ?
थारु 
 
– ट्रहोटे पर्व कुन जातिले मनाउछन् ?
गुरुङ
 
– पानी पार्नलाई जेठमा गोरुवेलना चाड कुन समुदायमा मनाइन्छ ?
थारु 
 
– लोपोन्मुख कुसुण्डा जातिबाट पहिलो पटक नागरिकता पाउने को हुन् ?
राजामामा 
 
– मुन्धुम कुन जातिको धर्मग्रन्थ हो ?
किँरात 
 
– थारु समुदायका कृषकहरूले खेती पातीको पूजा स्वरूप मनाउने पर्वलाई के भनिन्छ ?
हरेरी 
 
– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार कति जनजातिलाई आदिवासी जनजाति भित्र समेटेको छ ?
५९ 
 
– सिरुवा पर्व राजवंशी जातिसँग सम्बन्धित छ भने माघी पर्व कुन जातिसँग सम्बम्धी छ ?
थारु 
 
– आदिवासी जनजाति प्रतिष्ठानको वर्गीकरण अनुसार उन्नत समूहमा परेका जनजातिहरू कुन–कुन हुन् ?
नेवार र थकाली 
 
– कञ्चनजंघा हिमाललाई इष्टदेवता मान्ने जाति कुन हो ?
लेप्चा 
 
– विवाहमा दुलाहाका साथ कालो छाता अनिवार्य हुनुपर्ने चलन कुन जातिमा छ ?
राई 
 
– ससुरा मर्दा वुहारी समेत विधवा हुने चलन कुन जातिमा छ ?
सतार 
 
– नेवार महिलाले टाउकोमा लगाउने सुनको गहनालाई के भनिन्छ ?
वुलिन 
 
– मंसिर महिनामा मात्र विवाह गर्ने अनौठो चलन कुन जातिमा छ ?
थामी
 
– पालाहान्द शव्दले सतार जातिको महिलाले लगाउने पोशाकलाइ जनाउँछ भने, छेची शव्दले केलाई जनाउँछ ?
ल्होसारको मुख्य दिन 
 
– ल्होमीहरूको गाउँको मुखियालाई पिम्वु भनिन्छ भने गुरुङ समुदायको मुख्य मानिसलाई के भनिन्छ ?
चिवा 
 
– मिजार कुन जातिको मुख्य मानिसलाई भनिन्छ ?
माझी
 
– महाकाली नाँच ज्यापु जातिसँग सम्वन्धि छ भने, सरस्वती नाँच कुन जातिसँग सम्बन्धि छ ?
तामाङ 
 
– “इही” शव्दले केलाई जनाउँदछ ?
नेवार जातिको वेल विवाह 
 
– छेलो हान्ने प्रतियोगितालाई पर्वको रूपमा मनाउने दुरा जातिको मुख्य वसोवास स्थल कुन हो ?
लमजुङको दुरा डाडा 
 
– कुन जातिको विवाहमा सिन्दुर प्रथा छैन ?
तामाङ 
 
– चेपाङको मुख्य चाडलाई के भनिन्छ ?
चोनाम 
 
– राष्ट्रिय जनजाति विकास समितिको अध्यक्ष को हुन्छ ?
स्थानीय विकास मन्त्री
 
– चेपाङ जातिलाई प्रजा जाति भनेर वि.स. २०३४ सालमा नामाकरण गरियो भने नेपाल सरकारले कहिले देखि प्रजा विकास कार्यक्रम लागू गरेको हो ?
वि.स. २०३५
 
– कारभोटे भनेर कुन जातिलाई चिनिन्छ ?
ल्होमी 
 
– जनजाति सङ्ग्रहालय कहाँ रहेको छ ?
किर्तिपुरको चम्पावती 
 
– कुन जातिको लाशलाई मरेपछि काटेर गिद्धलाई खुवाइन्छ ?
डोल्पो 
 
– व्यासी जातिको प्रमुख चाडलाई के भनिन्छ ?
धबला 
 
– पहरी जाति नेपालको कुन ठाउँमा वसोवास गर्दछन् जुन मातृसत्तात्मक पारिवारिक ढाँचा छ ?
काभ्रेपलान्चोक 
 
– दोस्रो विवाह गरेको लोग्नेले घर छाड्नुपर्ने प्रचलन कुन जातिमा छ ?
ल्होमी 
 
– धुलेल जातिको वसोवास वझाङको धुलीगाउँ हो भने यो जातिको प्रमुख चाड कुन हो ?
लागा
 
– चेपाङ जातिको बाहुल्यता कुन कुन जिल्लामा  पाइन्छ ?
चितवन, गोरखा, मकवानपुर
 
– हायु जातिको मुख्य थलो कुन हो ?
रामेछाप र सिन्धुली 
 
– विवाह गर्दा केटीको अपहरण गर्ने चलन कुन जातिमा रहेको छ ?
पुनेल
 
– पुरुषको लाशलाई सेतो कपडाले र स्वास्नी मानिसको लाशलाई रातो कपडाले कात्रो वेर्ने चलन कुन जातिमा छ ?
गुरुङ 
 
– छोरी ज्वाइले अंश पाउने प्रथा कुन जातिमा छ ?
मतवाली क्षेत्री 
 
– दनुवार समाजको मुखियालाई भाञ्जन भन्छन् भने, धिमाल समाजको गाउँ प्रमुखलाई के भनिन्छ ?
देउनिया
 
– उराव भनेर समेत चिनिने जाति कुन हो ?
किसान  (२०७२, लो.से.आ.)  
 
– राजवंशीहरूले बोन्ने भाषालाई के भनिन्छ ?
ताजपुरिया 
 
– मरेपछि “घेवा” गर्ने चलन कुन जातिमा रहेको छ ?
तामाङ 
 
– व्यासी जातिको मुख्य वसोवास स्थल कहाँ हो ?
दार्चुला   
 
– शपथ खाँदा दुवो र ढुङ्गो लिएर खानुपर्ने चलन कुन जातिमा छ ?
लिम्वु 
 
– उधौली र उभौली कुन जातीको महत्वपूर्ण सांस्कृतिक पर्व हो ?
किराँत जाती  (२०७०,लो.से.आ.)
 
– पुरुषको लाश घोप्टो तथा महिलाको उत्तानो पारेर गाड्ने चलन कुन जातिमा छ ?
थारु
 
– कुन जातिलाई वोडो नामले पनि चिनिन्छ ?
मेचे 
 
– सतार जातिको मुख्य थलो कहाँ रहेको छ ?
झापा, मोरङ  
 
– सुपारी विवाहको प्रचलन कुन जातिमा रहेको छ ?
धिमाल
 
– बच्चाको नाइटो झरेको दिन सुत्केरी चोख्याउने र न्वारान गर्ने जाति कुन हो ?
धिमाल 
 
– बाह्रमासे नाँच कुन जातिको प्रसिद्ध नृत्य हो ?
थारु  (लो. से .आ. २०७०) 
 
– पाल्की वोक्ने जात भनेर कुन जातिलाई चिनिन्छ ?
झागड
 
– कोचे,  मेचे, सतार, किसान, वातर तथा गन्गाइ जातिहरूको बाहुल्यता कुन कुन जिल्लामा वढी रहको छ ?
मोरङ, झापा 
 
– भोट बमर्लेी परिवार अन्तगर्तका भाषा मध्ये नेपालमा  सबभैन्दा बढी जनसख्ंयाले बोल्ने भाषा कनु हो ?
तामाङ 
 
– कुमाल जाति कुन वर्गमा पर्दछ ?
सीमान्तीकृत 
 
– सिरिजा अर्थात असारे पुजा कुन जातिको मुख्य चाड हो ?
धिमाल  
 
– किसान जातिको मुख्य वसोवास कुन जिल्लामा रहेको छ ?
झापा 
 
– ल्होमी जातिको मुख्य वसोवास संखुवासभा तथा थामी, जिरेल, सुरेल जातिको वसोवास दोलखा जिल्लामा छ भने, लेप्चा जातिको वसोवास स्थल कुन जिल्लालाई मानिन्छ ? (२०७२, लो.से.आ.)
इलाम     
 
– दुलाहा विरामी परेपनि हतियार प्रतिनिधि पठाइ विवाह सम्पन्न गर्ने चलन थारु जातिमा छ भने, विहेपछि दुलहीलाई विदाइ गर्दा बत्ती र विषको प्याला दिने चलन कुन जातिमा रहेको छ ?
थारु  
 
– थारु, गन्गाइ, धिमाल, ताजपुरिया, सुनवार, तामाङ, भुजेल, पहरी, दुरा तथा ल्होपा जस्ता जातहरू कुन समूहमा पर्दछन् ?
सीमान्तीकृत 
 
– सिउढीको रुखलाई पुजा गर्ने जाति कुन हो ?
मेचे  (२०७२, लो.से.आ.) 
 
– कुन भाषा परिवारलाई आर्य पनि भनिन्छ ?
भारोपेली 
 
– गन्गाइ जातिलाई के भनेर पनि चिनिन्छ ?
मण्डल 
 
– धुलेल जातिको इष्टदेवतालाई के भनिन्छ ?
लाँगा
 
– बिजुलाङ्गो कुन जातिको कुल देवता हो ?
गन्धर्व
 
– कास्कीको वाटुलेचौर कुन जातिको मुख्य वसोवास स्थल हो ?
गन्धर्व 
 
– लाकड जातिको मुख्य वसोवास स्थल भएको जिल्ला कुन हो ?
वैतडी
 
– जाति व्यवस्थाको वर्णन कुन वेदमा गरिएको छ ?
ऋग्वेद (२०७०,लो.से.आ.)  
 
– थारुको पूरोहितलाई के भनिन्छ ?
गुरुवा वा भर्रा 
 
– लिम्बुको पूरोहितलाई फेदाङवा वा साम्वा भनिन्छ भने, राईको पूरोहितलाई के भनिन्छ ?
डोपा
 
– गुरुङ समुदायको मुख्य मानिसलाई चिवा भनिन्छ भने थारुको गाउँ प्रमुखलाई के भनिन्छ ?
भलभन्सा 
 
– गुरुङको पूरोहितलाई ध्याब्रे भनिन्छ भने, सुनुवारको पूरोहितलाई के भनिन्छ ?
नासो 
 
– सुरेल जातिको बसोबास मूख्यतः  कुन जिल्लामा छ ?
दोलखा (२०७१,लो.से.आ.) 
 
– “व्याधा” कुन जातिको सम्मानसूचक सम्बोधन हो ?
कडौरी 
 
– जनैपुर्णिमाका दिन भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा विधमान छ ?
नेवार 
 
– चेपाङको पूरोहितलाई के भनिन्छ ?
पाँडे 
 
– क्षेत्रीलाई काजी, सार्कीलाई मिजार, लिम्बु, थकालीलाई सुब्वा भनेजस्तै थारुलाई के भनिन्छ ?
चौधरी
 
– उधौली र उभौली गरी वर्षको २ पटक मनाइने साकेलादी अर्थात चण्डीनाच कुन जाति विशेषको नाच हो ?
राई 
 
– डुम्जे पर्व शेर्पा जातिको मुख्य पर्व हो भने चासोक ताङनाम कुन जातिको पर्व हो ?
लिम्बु
 
– सुखरात्री पर्व थारु जातिको मुख्य पर्व हो भने, इद कुन जाति विशेषको पर्व हो ?
मुसलमान 
 
– छठ पर्व मनाउने नेपालको प्रमुख समुदाय कुन हो ?
मैथली   (२०७१, लो.से.आ.)
 
– दाङ जिल्लामा बस्ने थारुलाइ डगारौ थारु भनिन्छ भने,  थारुहरूमा उच्च जातको थारु केलाई मानिन्छ ?
राना 
 
– थारु जातिले खाने दिउँसोको खानालाई के भनिन्छ ?
मिंगी 
 
– झागडहरूको झगडा मिलाउने व्यक्तिलाई के भनिन्छ ?
भाइजन 
 
– मृत्यु संस्कारमा १०८ वटा वत्ती वान्ने कार्य (याम्जा) कुन जातिमा छ ?
तामाङ 
 
– शेर्पाले मान्यजनलाई गर्ने अभिवादन ध्याङसुसी हो भने संवोधन गर्दा एक आपसमा तामाङ भन्ने चलन कुन जातिमा छ ?
थकाली 
 
– मामाले गाईको दाम्लोले गलामा वाधेर छेवर गर्ने चलन कुन जातिमा छ ?
राई   
 
– विवाह हुनु दुई हप्ता अगावै दुलाहालाई दुई हात खुट्टा र घाटीमा समेत दाम्लोले वाधेर आफ्नो भाषामा कुटुम्बद्वारा उपदेश दिने चलन कुन जातिमा रहेको छ ?
माझी 
 
– वेहुली भिञ्याउँदा ढोकामा भाले काटी सो माथी कुल्च्चाई भित्र्याउने चलन मगर जातिमा छ भने, बेहुलालाई कालो मोसो दली जन्तीको स्वागत गर्ने चलन कुन जातिमा छ ?
 राजवंशी 
 
– मानिस मरेपछि चोख्याउने काम “कामपाणी” कुन जातिसँग सम्बन्धित छ ?
धिमाल 
 
– चण्डी पूजा कुन जातिमा प्रचलित छ ?
राई (२०७१, लो.से.आ.) 
 
– थारु जातिका मानिसले घरको भित्ता कलात्मक रूपमा चित्र कोर्ने शैलीलाई के भनिन्छ ?
मोखा 
 
– दनुवार जातिको मुख्य वसोवास कुन जिल्लामा रहेको छ ?
सिन्धुली 
 
– तामाङ, नेवार, मगर, गुरुङ जातिले बोल्ने भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
भोटवर्मेली 
 
– सुरेल तथा जिरेलको पूरोहितलाई नाक्सो तथा वोम्पो भनिन्छ भने, कुन जातिले आफ्नै भाञ्जालाई पूरोहित लगाउँछन् ?
छन्त्याल 
 
– “पोल्दोक” जिरेल जातिको मुख्य खाना हो भने उनीहरू आफुलाई के भन्न रुचाउँछन् ?
जिर्पा 
 
– लेप्चा जातिको धार्मिक गुरु विजुवा हो भने, धार्मिक ग्रन्थ के हो ?
अस्ताच्यो 
 
– तामाङ जातिको बाहुल्यता भएको जिल्ला कुन हो ?
रसुवा
 
– धानुक कुन जातिको अर्को नाम हो ?
राजवंशी
 
– भुजेल जातिको निधनमा कुन जनावरको वली दिइन्छ ?
भेडा 
 
– वयरको हाँगो कोठामा राख्दा भुत प्रेतबाट बचिन्छ भनि विश्वास गर्ने जाति कुन हो ?
झागड
 
– विवाहपश्चात लोग्ने नै स्वास्नीको घरमा गई बस्ने चलन कुन जातिमा छ ?
मेचे
 
– प्रजा जातिको सबैभन्दा बढी वसोवास भएको अञ्चल कुन हो ?
नारायणी 
 
– नेपालमा वनकरिया जनजातिको बाहुल्यता कुन जिल्लामा रहेको पाइन्छ ?
मकवानपुर
 
– स्याब्रुङ नाच शेर्पा जातिको हो भने स्याब्रुङ तथा विजुवा नाच कुन जाति विशेषको नाच हो ?
लिम्बु 
 
– धान नाच कुन जाति विशेषको नाच हो ?
लिम्बु 
 
– धिन्तामे नाच कुन जाति विशेषको नाच हो ?
ज्यापु 
 
– सेलो नाच तामाङ, पुटपुटे नाच गुरुङ, झिझिया नाच मैथली समुदायको हो भने कर्माधर्मा नाच कुन जातिको हो ?
झागड 
 
– थकालीहरूको आर्थिक संस्थालाई के भनिन्छ ?
ढिगुंर 
 
– नारो कुन जातिको पर्व हो ?
तामाङ 
 
– गणगौर पुजा कुन जाति विशेषको पर्व हो ?
माडवारी 
 
– चोरखेलिया नाच, वारामासे र वडका नाच, रानी नाच, कटेहर नाच, जरजटिनी नाच, लढ्ठी नाच, चाचर नाच, धुमरा नाच आदि कुन जातिका नृत्य हुन् ?
थारु जाति 
 
– चिडिमार जातिको वसोवास स्थल बाँके, राजीको दाङ, ल्होमीको संखुवासभा, तथा पहरीको काभ्रे हो भने छितारी जातिको वसोवास स्थल कुन जिल्ला हो ?
उदयपुर 
 
– झागड जातिको मुख्य वसोवास स्थल कुन हो ?
रौतहट 
 
– माझीको कुल देवतालाई के भनिन्छ ?
भिमसेन 
 
– दुसाधहरूको कुल देवतालाई के भनिन्छ ?
सहलेस 
 
– गुरुङहरूको जातीय नाम के हो ?
तमु
 

Comments

Post a Comment

Popular posts from this blog

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने