Skip to main content
• नेपाल विशेष नेपालकाे भाैगाेलिक जानकारी नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक हो । यो समुद्रदेखि करीब ११२७ कि.मि. टाढा छ । यो एसियाका दुई विशाल मुलुकहरू भारत र चीनको बीचमा पर्दछ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात ५६,८२७ वर्गमाइल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ । नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशाान्तरसम्म फैलिएको छ । नेपालले विश्वको कूल भूभागको ०.०३ प्रतिशत र एसिया महादेशको ०.३ प्रतिशत भाग ओगटेको छ । यसको दक्षिणमा भारतको विहार र उत्तर प्रदेश राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल, सिक्किम राज्य र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रीनबीच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो । विश्वका ८,००० मिटरभन्दा अग्ला २० चुचुराहरूमध्ये नेपालमा १४ ओटा पर्छन् । ६,००० मिटर र सोभन्दा अग्ला चुचुराहरू १,३०० भन्दा बढी छन् । मुस्ताङ इलाकामा मात्र यस्ता लगभग ३०१ चुचुराहरू रहेका छन् । नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता महानदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन् । नेपालको भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेश्रो ध्रुवको देश तथा विशिष्ट झण्डाको देशको रूपमा समेत परिचित छ । धरातलीय स्वरुपकाे अाधारमा नेपालकाे विभाजन नेपालको भौगोलिक विभाजन विभिन्न आधारमा विभिन्न किसिमले गरिएको पाइन्छ । धरातलको आधारमा नेपालको भूभागलाई उत्तरदेखि दक्षिणसम्म क्रमशः तीन बृहत् प्रदेशमा विभाजन गर्न सकिन्छ । (क) हिमाली प्रदेश नेपालको उत्तरी भेगमा दाँतका लहरजस्तै पङ्तिबद्ध रूपमा अवस्थित हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तर–दक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुन्द्र सतहदेखि करिब ३,३०० मिटरमाथिको उचाइमा अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टिमात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमाली शृङ्खला देखिने नेपालका धेरै भूभागहरू छन् । जस्तैः अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङ, मुस्ताङ आदि नेपालका क्षेत्र पर्छन् । धवलागिरि चुरेन हिमालयको उत्तरमा मुस्ताङ तथा डोल्पाका भूभाग पर्छन् । ती क्षेत्रहरूबाट हिमालय दक्षिणतिर देखिन्छ । (अ) मुख्य हिमाली क्षेत्र हिमालयअन्तर्गतका उच्चतम चुलीहरू केन्द्रित मुख्य हिमालयमा ८,००० मिटरभन्दा अग्ला चुलीहरू पर्छन् । नेपालका कूल ७७ मध्ये २० जिल्ला हिमाली प्रदेशमा पर्दछन् । (आ) भित्री हिमाली क्षेत्र मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ । नदी निर्मित उपत्यकाहरू उच्च हिमाली क्षेत्रमा निकै रहेका छन् । यहाँ पुराङ्ग, हुम्ला, मुगु, लाङगु, बूढी खोटाङ, केरूङ, न्यानम, रोङ्गसार, खुम्बु, कर्मा आदि हिमवेष्टित उपत्यकाहरू छन् । उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका २,४००–५,००० मिटरसम्मका उचाइमा रहेका छन् । (इ) सिमान्त हिमाली क्षेत्र यो अन्तरहिमाली शृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलोमिटर उत्तरसम्म फैलिएको छ । सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र) को पानी ढलो क्षेत्रका रूपमा रहेको छ । उच्च हिमशृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी आदि) हिमालयभन्दा पुराना मानिन्छन् । (ख) पहाडि प्रदेश उत्तरमा हिमाल र दक्षिणमा तराइर्बीच रहेको मध्यभाग पूर्वदेखी पश्चिमसम्म अग्लोहोँचो पहाडहरू, फराकिला–सागूँरा उपत्यका, दून, बँेसी तथा टार र गरायूक्त पाखाहरूले घनीभूत छ । समुन्द्रि सतहदेखी करिब ६०० देखी ३३०० मिटरको उचाईसम्म पहाडी प्रदेश रहेको छ । नेपालमा कुल ७७ जिल्ला मध्ये ३६ वटा जिल्ला पहाडी प्रदेशमा पर्दछन् । (अ) महाभारत पर्वत पूर्व–पश्चिम फैलिएको समुन्द्र सहतदेखि १५०० मिटर देखी ३३०० मिटरसम्मको उचाइमा रहेको यो पहाडी भाग नेपालको महŒवपूर्ण भाग हो । यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ । ठूलाठूला चार नदी कडा चट्टाने पहाड छेडेर बगेका छन् । कर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा, त्रिशूलीले जुगरीमा र कोशीले चतरामा छेडो बनाएको छ । ठाउँठाउँमा टार (पालुङटार, सल्यानटार, रुम्जाटार) र उपत्यका बनेका छन् । होचो हिमालय ९ीभककभच ज्ष्mबबिथब० को नामले पनि यो पर्वत चिनिने गर्छ । यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुनेहुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको ज्ष्िि(क्तबतष्यल पनि भनिन्छ । सैलुङ्ग, ट्याम्के, जैथक, फूलचोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्वर्गद्वारी, साकिने डाँडा, खोंचे आदि यहाँका प्रमुख शिखर हुन् । पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ । (आ) मध्यभुमी श्रेणी मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४,३५०,३०० हेक्टर) जमिन ढाकेको छ । यहाँको जलवायु वर्षैभरि कृषिको लागि उपयुक्त छ । तापक्रम न बढी न घटी मध्यम प्रकारको छ । जनसङ्ख्या वृद्धिले गर्दा भूमिमाथि बढी चाप परेको छ । यहाँ ८७ प्रतिशत खेतीयोग्य भूमि पर्वतीय पाखाका रूपमा रहेका छन् । मध्यपहाडी भूमिको गराखेती प्रविधि नै स्थापित प्रविधि हो । कृषि, वन र बागबानीबाट यसलाई सघाउ हुनेगरेको छ । यो श्रेणी समुन्द्र सहतदेखी करिब १५०० मिटरको उचाईसम्म रहेको छ । (इ) चुरे श्रेणी नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमाला भन्दा निकैपछि विकसित रहेको समुद्रसतहदेखि ६१० देखि १८७२ मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ । यो पश्चिमदेखि कोशी नदीसम्म महाभारत पर्वतमालाको समानान्तर रूपमा लम्बिएको छ भने त्योभन्दा पूर्व खण्डित हुँदै ढिस्का वा थुम्कोको रूपमा रहेको छ । यसलाई सामान्यतः चुरिया वा चुरे पर्वत भनिन्छ । चुरे पर्वत नेपालको ३६ जिल्लामा फैलिएको छ भने चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा संचालित छ । (ग) तरार्इ प्रदेश पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व–पश्चिम फैलिएको नेपालको समतल भू–भाग तराई प्रदेश हो । यसलाई मधेश पनि भनिन्छ । यस प्रदेशको चौडाइ २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म छ । तराईको सिरान भावर र चुरे हो । उत्तरबाट दक्षिणतिर होचो हुँदै जानु तराईको लक्षण हो । यो क्षेत्र उष्ण क्षेत्र हो । यहाँको जमिन प्रायः समथल छ । सन् १९६० सम्म यो क्षेत्रमा थारूहरूको बोलबाला थियो । औलो उन्मुलनपछि दून उपत्यका पहाडलगायत अन्य क्षेत्रका जनताको पनि केन्द्रस्थल भई यो क्षेत्र बहुजातीय क्षेत्र बन्यो । समुन्द्रसतहबाट ६० देखि ६०० मिटरको उचाइमा पर्ने यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत भूभाग ओगटेको छ । यसलाई नेपालको अन्नभण्डार पनि मानिन्छ । यस क्षेत्रमा नेपालका २१ जिल्ला पर्दछन् । (अ) भावर क्षेत्र खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा समुन्द्रसतहदेखि ३८० मिटरको उचाइसम्म फैलिएको साँगुरो पेटीलाई भावर क्षेत्र भनिन्छ । १० देखि १५ किलोमिटरसम्म चौडाइ भएको भावर प्रदेशले मुलुकको कुल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग ओगटेको छ । (आ) भित्रि मधेश चुरे र महाभारत पर्वत श्रेणीको बीचमा समुन्द्रसतहदेखि ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएका विशाल फाँटलाई भित्री मधेश वा दून क्षेत्र भनिन्छ । ३२ देखि ६४ कि.मि.सम्म लम्बाइ र १६ कि.मि. सम्म चौडाइ भएको यो क्षेत्रले मुलुकको कुल क्षेत्रफलको ८.५ प्रतिशत भूभाग समेटेको छ । भित्रीमधेशलाई चार क्षेत्रमा बाँडिएको छ । यसमा उदयपुर र सिन्धुली उपत्यकालाई पूर्वी भित्रीमधेश; मकवानपुर, चितवन र नवलपरासीपूर्वलाई मध्यभित्रीमधेश; दाङ देउखुरीलाई पश्चिमी भित्रीमधेश र सुर्खेत उपत्यकालाई मध्यपश्चिम भित्रीमधेश भनिन्छ । (इ) मुख्य तरार्इ देशको दक्षिणी भागमा दक्षिणतर्फ होचिँदै गएको भूभागलाई खास तराई भनिन्छ । मिहिन पाँगो माटोले बनेको यो क्षेत्र उर्वर रहेको छ । चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डुण्डुवा पर्वतमालाले काटेकोले खास तराईलाई तीन भाग (पूर्वी, मध्य र पश्चिम) मा बाँड्ने पनि गरिएको छ । झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्साको दक्षिण, नवलपरासीको पश्चिम दक्षिण, रूपन्देही र कपिलवस्तुको दक्षिण र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रलाई नेपालको खास तराई भनिन्छ । समुन्द्री सतहदेखी करीब ५९ देखी २०० मिटरको उचाईसम्म यो क्षेत्र रहेको छ । नदिकाे अाधारमा नेपालकाे विभाजन (क) काेशी प्रदेश पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइस्थान) बीचको क्षेत्रलाई कोशी प्रदेश भनिन्छ । तमोर, अरुण, लिखू, दूधकोशी, तामाकोशी, सुनकोशी र इन्द्रावती मिलेर सप्तकोशी नदी बनेको छ । यो नेपालको सबैभन्दा ठूलो नदी हो । यो नदी ७२० कि.मि. लामो छ भने जलप्रवाह क्षमता औसत १,५६४ क्यूविक मिटर प्रति सेकेण्ड रहेको छ । यस नदीबाट २२,००० मेघावाटसम्म विद्युत् निकाल्न सकिने अनुमान गरिएको छ । कोशी प्रदेशको प्रभाव क्षेत्र झण्डै ६० हजार वर्ग कि.मि. रहेको छ । सप्तकोशी नदीको सबैभन्दा ठूलो सहायक नदी अरुण हो भने सबैभन्दा सानो नदी लिखू हो । (ख) गण्डकी प्रदेश पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धौलागिरी हिमालसम्मको गण्डकी नदी प्रभावित क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ । गण्डकी नदीका सात प्रमुख सहायक नदीहरू त्रिशुली, बुढीगण्डकी, दरौदी, मादी, मस्र्याङ्दी, सेती र कालीगण्डकी हुन् । गाण्डव ऋषिको नामबाट नामाकरण गरिएको मानिएको यस नदीलाई चितवन जिल्लामा आएपछि (देवघाटभन्दा तल) नारायणी नदीको नामले चिनिन्छ । यो नदी मध्यनेपालमा बहन्छ, जसको प्रवाह क्षेत्र करिब ३८,००० वर्ग कि.मि रहेको छ । करिब ३३८ कि.मि. लामो यस नदीको विद्युत् क्षमता करीब २१,००० मे.वा. रहेको मानिएको छ । यसका सहायक नदीहरूमध्ये कालिगण्डकी सबैभन्दा ठूलो र मादी सबैभन्दा सानो हो । नेपालको सबैभन्दा गहिरो यो नदीले प्रतिसेकेण्ड औषत १७१३ क्यु.मि. पानी प्रवाह गर्दछ । (ग) कर्णाली प्रदेश पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा व्यास हिमालबीच कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ । कर्णाली नदीका सात प्रमुख सहायक नदीहरू हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा र सेती नदी हुन् । यसलाई नेपालको सबैभन्दा लामो नदी पनि भनिन्छ । यो नदी मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा बहने नदी हो, जुन भारतमा पुगेपछि घाघँरा र कहीँकहीँ सरयू नामले समेत चिनिन्छ । यो नदी करिब ४२,००० व.कि.मि. क्षेत्रफल समेटेर बग्दछ । करिब ५०७ कि.मि. लामो यस नदीको विद्युत् उत्पादन क्षमता ३२,००० मे.वा.रहेको मानिएको छ । यो नदीको औषत जलप्रवाह क्षमता प्रतिसेकेण्ड १३१६ क्यु.मि. रहेको छ । नेपालमा वनकाे अवस्था नेपालका प्राकृतिक स्रोत र साधनहरूमध्ये भूमि एक महत्वपुर्ण स्रोत हो । नेपालको धरातल र वनस्पतिमा भिन्नता भएझैँ यहाँको माटोको अवस्था र गुणमा पनि धेरै भिन्नता छ । १. रैकर भूमि रैकर शब्दको उत्पत्ति दुई अर्थबाट भएको हो । ‘रै’ भन्ने शब्दले राज्य र ‘कर’ भनेको सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी हो । त्यसैले रैकर भूमि वा जग्गा भन्नाले सरकारी स्वामित्वमा रहेको र भोगचलन गर्ने व्यक्तिले मालपोत तिर्नुपर्ने जग्गालाई जनाउँदछ । यस्तो जग्गा आफ्नो अधीनमा राखेर प्रयोग गर्ने व्यक्तिले सरकारी राजस्वका रूपमा मालपोत सरकारलाई बुझाउनुपर्दछ । २.विर्ता भूमि कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरेमा वा कुनै व्यक्ति मुलुकी शासनको दृष्टिमा राम्रो सावित भएमा उसलाई ‘वृत्ति’ स्वरूप प्रदान गरिने जग्गालाई विर्ता जग्गा भनिन्छ । नेपालमा विशेषगरी राणाशासन कालमा यस्तो जग्गा बाँड्ने चलन थियो । ब्राह्मणलाई दान स्वरूप प्रदान गरिने जग्गालाई कुश विर्ता, कुनै सरकारी कर्मचारीलाई राम्रो कार्य गरेबापत प्रदान गरिने जग्गालाई फिकदर विर्ता, युद्ध गर्दागर्दै मरेको सैनिकका परिवारलाई दिने जग्गालाई मरवट विर्ता भनिन्थ्यो । राणाकालमा उनीहरूको अनुयायी जुनसुकै व्यक्तिलाई पनि विर्ताका रूपमा जग्गा दिने प्रचलन थियो । यसले गर्दा करिब ३५ प्रतिशत कृषियोग्य भूमि विर्ताका रूपमा वितरण भएको थियो । वि.स. २०१६ सालमा विर्ता उन्मूलन ऐन जारी गरी सम्पूर्ण विर्ता जग्गाहरूलाई रैकरमा परिणत गरियो । ३.गुठी भूमि कुनै विषेश सार्वजनिक वा सामूहिक उद्देश्य पूर्तिका लागि कुनै ट्रष्टका रूपमा प्रयोग भएको संस्थागत जग्गालाई गुठी जग्गा भनिन्छ । गुठी शब्दको उत्पत्ति संस्कृत शब्दको ‘गोष्ठी’ बाट भएको हो । यसको अर्थ ‘परिषद्’ भन्ने जनाउँदछ । नेपालमा मठ मन्दिर वा देवालयमा पूजाआजा गर्नका लागि तथा धार्मिक धरोहरहरूलाई संरक्षण गर्नका लागि आवश्यक स्रोतका रूपमा उपलब्ध गराइएको जग्गा गुठीको रूपमा रहेका छन् । नेपालमा विशेष गरी पशुपतिनाथ, जयबागेश्वरी, रामजानकी मन्दिरजस्ता धेरै मठमन्दिरहरूका गुठी जग्गाहरू छन् । यस्ता जग्गाबाट नियमित रूपमा आम्दानी प्राप्त भइरहने भएकाले धार्मिक क्रियाकलापहरू सञ्चालन गर्न तथा मठ मन्दिर बनाउन एवं जिर्णोद्वार गर्न सजिलो हुन्छ । यस्ता गुठीमा खासगरेर राजगुठी, दुनियाँ गुठी, पिलकराना गुठी, बकस गुठी आदि बढी मात्रामा पाइन्छन् । नेपालमा भूमिसुधार ऐन, २०२१ अनुसार सबै किसिमका गुठीलाई नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि गुठी संस्थानको स्थापना गरिएको छ । ४.किपट भूमि नेपालको पूर्वीपहाडी भागमा यस्तो भूमि प्रथा प्रचलित थियो । यस्ता जग्गामा प्रयोगकर्ताले कर तिर्नुपर्दैन । पृथ्वीनारायण शाहले पूर्वका राई तथा लिम्बू जातिहरूलाई किपट जग्गा प्रदान गरेका थिए । यसरी किपट जग्गा प्राप्त गरेका ती क्षेत्रका जनताले आवश्यक परेको बखत सरकारलाई वा राजालाई सहयोग प्रदान गर्नुपर्दथ्यो । यस्तो जग्गा अन्य व्यक्तिलाई बेच्न मनाही गरिएको थियो । तर वि.सं. २०२१ मा भूमिसुधार लागू भएपछि यस्तो जग्गा रैकर जग्गा सरह किनबेच गर्न पाउने व्यवस्था गरियो । नेपालमा अभ्यास गरिएका केही भुमि व्यवस्था (क) पाँगो माटो तराई प्रदेश र बेसीमा पाँगो माटो पाइन्छ । नदीले थुपारेको माटो र बालुवामा कुहिएको झारपातसमेत मिली बन्ने यो माटोमा बालुवा र चिम्टे माटोको मात्रा करिब बराबर हुन्छ । यस किसिमको माटोमा चुन, फस्फोरस र पोटास आदि खनिज तत्वको मिश्रण हुन्छ । यसैले यो माटो कृषि कार्यको लागि उत्तम मानिन्छ । धान, सनपाट, उखु, सुर्ती, तेलहन आदि यो माटोमा ज्यादै सप्रिन्छ । (ख) बलौटे पत्थरिलो माटो भाबर प्रदेश, भित्री मधेश र चुरे पहाडमा यस किसिमको माटो पाइन्छ । यो माटो नदीद्वारा जम्मा भएका बालुवा, कन्कड, पत्थरजस्ता खुकुला खस्रा पदार्थ मिली बनेको हुन्छ । मलिलो माटोको अनुपात र जैविक पदार्थ कम हुने यो माटोमा पानी अड्दैन र माटोको उर्वरा शक्ति पनि अति कम हुन्छ । यस्तो माटोमा सिँचाइ गर्न कठिन हुन्छ । यो कृषि कार्यका लागि तल्लो स्तरको माटो हो, तर साल, सिसौ आदि आर्थिक दृष्टिले महत्वपूर्ण रूखहरू यस्तो माटोमा ज्यादै सप्रिने हुँदा यस्तो माटोको अधिकांश भाग जङ्गलले ढाकिएको छ । (ग) रातो फुस्रो माटो महाभारतका ठाडा भीरहरूमा टुक्रिएका चट्टानमा सडेका झारपात मिलेर बनेको माटोलाई रातो फुस्रो माटो भनिन्छ । किनकी यस माटोको जैविक पदार्थ र ओजनीकृत फलामको मात्रा कम हुनेहुँदा यस क्षेत्रको माटोको रङ्ग रातो, फुस्रो वा पहेँलो हुन्छ । चून, नाइट्रोजन र फोस्फोरसजस्ता खनिज तत्व कम हुने र माटोको गहिराइ पनि कम हुनेहुँदा यस किसिमको माटोमा धान, उखु, सनपाट, सूर्ती आदि खेती प्रायः गरिँदैन । तर यस्तो माटोमा अम्ल, फलामजस्ता खनिज तत्व हुनेहुँदा फलफूल, चिया, आलु, मकै, कोदोको खेती गर्न यो उपयोगी हुन्छ । (घ) तलैया माटो उपत्यकाका ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ । यस किसिमको माटोमा प्रशस्त सडेका झारपात मिलेको हुँदा माटोको रङ्ग कालो हुन्छ । माटोको गहिराइ बढी हुनका साथै जैविक पदार्थ पनि प्रशस्त हुनेहुँदा तलैया माटो कृषिका लागि सर्वोत्तम मानिन्छ । खासगरी यो माटोमा धान, गहुँ, सागपात राम्ररी सप्रिन्छन् । यस किसिमको माटोमा कम वर्षामा पनि खेती गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा यस्तै माटो पाइन्छ । (ङ) हिमाली माटो हिमनदीले थुपारेको माटो, बालुवा, कङ्गड, पत्थर आदि मिलेर हिमाली माटो बन्दछ । खासगरी नेपालको भित्री र उच्च हिमाली क्षेत्रको फेदीमा यस किसिमको माटो पाइन्छ । हावापानी ठण्डा र शुष्क हुने तथा माटोको गहिराइ एवं जैविक पदार्थ कम हुने हुदाँ यसको उर्वरा शक्ति न्यून हुन्छ । यो माटोमा मकै, जौ, आलु,फापरजस्ता बालीमात्र लगाइन्छ । नेपालमा उपलब्ध माटोका प्रकार कुनै ठाँउको भूधरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित गर्दछन् । हावापानीले वनस्पतिलाई प्रभावित गर्ने हुदाँ यी दुईबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वन सम्पदाको महत्वपूर्ण स्थान छ । २०७४/७५ काे अार्थिक सर्वेक्षण अनुसार नेपालकाे कुल क्षेत्रफलकाे ४४.८ प्रतिशत भुभाग वन क्षेत्रले अाेगटेकाे छ । नेपालको भू–धरातल तथा वनजङ्गलको विविधताको आधारमा नेपालको वनस्पति जगतलाई निम्न ५ समूहमा वर्गीकरण गर्न सकिन्छः (क) उष्णप्रदेशीय सदाबहार जङ्गल तराई, भावर, दुन, चुरे पर्वतको १,२०० मिटरसम्मको उचाइमा पाइने उष्ण प्रदेशीय सदाबहार जङ्गलमा गर्मी र वर्षा यथेष्ट मात्रामा हुनेहुँदा यहाँका रूखहरू अग्ला, मोटा, बलिया र सँधै हरियाभरिया हुन्छन् । पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा रहेको यो जङ्गल पहिले चार कोशसम्म फैलिएकोले यसलाई चारकोशे झाडी पनि भनिन्छ । यहाँ साल, सिसौँ, खयर, सिमल आदि प्रमुख वनस्पतिका साथै साँवे, ढड्डी, गाँज पनि पाइन्छन् । यस जङ्गलमा हात्ती, गैँडा, बाघ, भालु, मृग आदि वन्यजन्तु पाइने हुदाँ यो क्षेत्र आर्थिक तथा जैविक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । (ख) समशितोष्ण पतझर जङ्गल नेपालमा १,२०० मिटरदेखि २,१०० मिटरसम्मको उचाइसम्म चुरे पहाडको माथिल्लो भाग, मध्यभाग र महाभारत पर्वतको तल्लो भागको समशितोष्ण पतझर जङ्गलमा पाइने रूख अग्ला र मोटा हुन्छन् । तल्लो भाग सघन छायाँदार भए पनि माथिल्लो भाग चिसो हुनुका साथै तुसारो पर्ने भएकाले अधिकांश पातपतिङ्गर झर्ने हुँदा यो वन शृङ्खलालाई पतझर भनिएको हो । उच्च भागमा केही मात्रामा पतझर र कोणधारी रूखहरूको मिश्रित जङ्गल पाइन्छ । यहाँ पाइने कडा र नरम जातका सदाबहार, पतझर र कोणधारी रूखमध्ये साल, सल्ला, देवदारू, चाँप, कटुस, ओखर,ज्ञड÷नेपाल परिचय गुराँस, पिपल, चिलाउने, वर, बाँस, सिमल, उत्तिस, पलाँस, लाँकुरी, चाँप प्रमुख छन् । यस्तो वन उष्णप्रदेशीय सदाबहार जङ्गलभन्दा कम गुणस्तरको मानिन्छ । (ग) समशीतोष्ण सदाबहार कोणधारी जङ्गल महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाल पर्वतको तल्लो भागमा २,१०१ मिटरदेखि ३,३५० मिटरसम्मको उचाइमा कोणधारी जङ्गल पाइन्छ । यहाँ वर्षैभरि चिसो हुने र हिमपात भैरहने हुँदा रूख र रूखका पातहरू कोणजस्तै चुच्चो परेका हुन्छन् । यँहाको माटो सेपिलो हुनेहुँदा सदाबहार जङ्गल हुन्छ । यहाँ मझौला नरम जातका रूख पाइने र यसमा पनि चाँप, सल्ला, देवदारू, कटुस, धुपी, सीमल, चिलाउने, वेतबाँस, उत्तिस, बाँस, गुँरास, भोजपत्र आदि उल्लेख्य मात्रामा रहेका छन् । (घ) लेकाली वनस्पति नेपालमा ३,३५१ मिटरदेखि ५,००० मिटरसम्मको उचाइमा कम तापक्रम र कम वर्षा हुने पहाडी तथा तल्लो हिमाली क्षेत्रमा पाइने वनस्पतिलाई लेकाली वनस्पति भनिन्छ । यो उचाइमा चिसो र शुष्क जलवायु पाइने हुदाँ यहाँ अग्ला, मोटा र कडा जातका रूखहरू सप्रिन सक्दैनन् । लेकाली वनस्पतिमध्ये कम उचाइका गुराँस, निगाले र केही झाडीजस्ता रूखहरू ३,६०० मिटरसम्मको उचाइमा पाइन्छन् भने त्योभन्दामाथि घाँसका ठूला ठूला फाँटहरू पाइन्छन् । माथिल्लो भागमा रङ्गविरङ्गका बुकीफूल, जडीबुटीहरू पाइन्छन् । (ङ) शीत मरूभूमिको वनस्पति नेपालमा ५,००० मिटरको उचाइभन्दामाथि हिँउ पर्नेहुँदा यहाँ वनस्पतिहरू उम्रिन नसक्ने भएकाले हिउँ नअड्ने भिरालो ठाँउमा काई र लेउमात्र पाइन्छन् । उम्रिन र हुर्कन नसक्ने यस्तो ठाँउमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा वनस्पति वा शीत मरुभूमिको वनस्पति भनिन्छ । नेपालमा खनिज पदार्थ खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउटा महŒवपूर्ण स्रोत हो । पृथ्वीभित्र रहेका तामा, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्याँस, खरी, गेरु, शिशा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनिन्छ । नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक हो । नेपालमा खनिजको उत्खननका लागि गरिएको प्रयासको इतिहास त्यति लामो छैन । खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि वि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरियो । यद्यपि, देशको भूगर्भमा रहेका खनिज पदार्थलाई उपयोग गर्न सकिएको छैन । नेपालमा खनिज साधनका सम्भाव्य क्षेत्र फलाम: फूलचोकी, ठोसे, चितवन, कुलेखानी, भैँसे, प्यूठान, बझाङ,डोटी, जन्तर, लब्धी, फर्पिङ तामा: तामाखानी, सीमाखानी, कुलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङ्गा, इलामडाँडा, म्याग्दी । अभ्रक: भोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाँउ, रसुवा, बझाङ, लमजुङ, गोसाईकुण्ड, सुन्दरीजल चुनढुङ्गा: चोभार, भैंसे, धनकुटा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत सीसा: गणेशहिमाल, फूलचोकी, मकवानपुर, बाग्लुङ, मार्फु, गल्कोट, तिप्लीङ, बैतडी जस्ता: गणेशहिमाल, फूलचोकी, माजेर खोला, नाम्पाद्दण्÷नेपाल परिचय गन्धक: चिसापानी गढी, गोसाइकुण्ड, बराहक्षेत्र खरी: सिन्धुपाल्चोक, खोटाङ, भोजपुर स्लेट: बन्दीपुर, बाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर मार्वल: गोदावारी, महाभारत पर्वत शृङ्खला गेरु: सिन्धुपाल्चोक, चौतारा कोइला: दाङ, सल्यान, चौतारा, चितवन, मकवानपुर, काठमाडौँ उपत्यका पेट्रोलियम: कोइलाबास, नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, दैलेख, प्यूठान, दाङ र तराई, चुरे पहाड, महाभारतको विस्तृत क्षेत्रफलमा पाइने सम्भावना निकै रहेको । ग्याँस: तराईको विस्तृत भू– भाग, मुस्ताङ क्षेत्र र काठमाडौँ उपत्यका सुन: सुनकोशी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको बगर, बेरिङ, कोशी नदीमा प्लेसर सुन पाइएको छ । चाँदी: चिसापानी गढी, बाग्लुङ, फूलचोकी कोवाल्ट: पाल्पा, गुल्मी, अर्घाखाँची, धनकुटा सोडा: सल्यान, डोटी सिधेनून, वीरेनून: रसुवा, स्याप्रुबेँसी निओवेरस र अन्य पत्थर (दुर्लभ धातु): गोरखा, डडेल्धुरा, जाजरकोट निकेल: खोकलिङ, नाम्पा, टुङथाङ, भोर्ले म्याग्नेसाइट: दोलखाको खरिढुङ्गा, उदयपुरको कम्युघाट, मुस्ताङको नूनखानी हावापानीकाे अाधारमा नेपालकाे विभाजन नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गर्न सकिन्छ । (क) उष्ण मनसुनी हावापानी अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भावर, दून र चुरे क्षेत्रको १,२०० मिटर (४,००० फिट) सम्मको उचाइमा पाइन्छ । गृष्मयाममा यहाँको तापमान ३८ देखि ४२ डिग्री सेन्टिग्रेडसम्म पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ । वर्षा सामान्यता पूर्वबाट पश्चिम घट्दै जाने र उत्तरबाट दक्षिण बढ्दै जाने भएबाट पूर्वी तराईभन्दा पश्चिमी तराई प्रदेशमा अधिक गर्मी हुन्छ । विषेशत भैरहवा, नेपालगञ्ज तथा कैलालीलगायतका तराई क्षेत्रमा अधिक गर्मी हुन्छ । यसैगरी दाङ, सुर्खेतजस्ता भित्री मधेशमा पनि गर्मी धेरै नै हुन्छ । (ख) न्यानो समशीतोष्ण हावापानी चुरे पहाड र महाभारत पर्वतको १,२०० देखि २,१०० मिटर (४,०००–७,००० फिट) सम्मको उचाइमा पाइने यस प्रकारको हावापानीमा ग्रीष्म याममा न्यानो हुन्छ भने शिशिरमा बढी ठण्डा हुन्छ । गृष्म ऋतुमा तापक्रम २४ देखि ३० डिग्री सेन्टिग्रेडसम्म पुग्छ भने हिउदँमा ० डिग्री से. सम्म ओर्लिन्छ । नेपालमा पानी पार्ने मनसुनी हावा दक्षिणी भागबाट बग्ने हुदाँ दक्षिणको भिरालो ठाँउमा २५० सेन्टिमिटरसम्म वर्षा हुन्छ भने उत्तरतर्फको भिरालो पाखामा १०० सेन्टिमिटरसम्म वर्षा हुन्छ । (ग) ठण्डा समशीतोष्ण हावापानी महाभारत पर्वत शृङ्खलाको २,१०० देखि ३,३५० मिटर (७,०००–११,००० फिट) सम्मको उचाइमा पाइने यस्तो हावापानीमा ग्रीष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ । यहाँको तापक्रम गृष्ममा १५० देखि २०० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ०० सेन्टिग्रेडसम्म ओर्लिन्छ । यहाँ वर्षमा १० सेन्टिमिटरसम्म पानी पर्दछ भने हिउँदमा हिँउ वर्षिन्छ । न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ । यहाँको जनजीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ । (घ) लेकाली हावापानी नेपालमा समुन्द्रसतहदेखि ३,३५० देखि ५,००० मिटर (११,०००–१६,००० फिट) उचाइसम्मको हिमाली क्षेत्रको ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ । यहाँको तापक्रम चैत, वैशाख, जेठमा १०० सेन्टिग्रेडसम्म पुग्दछ भने अरू समयमा (९ महिनाजति) ० डिग्री सेन्टिग्रेडभन्दा तल नै रहन्छ । यहाँ वर्षामा ३० मिलिमिटरसम्म वर्षा हुन्छ । यहाँ खेतिपाति हुँदैन, तर यहाँका ठूला हिमाली फाँटहरूमा पशुचरन गराइने हुँदा यो ठाउँ पशुपालन र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त छ । (ङ) ध्रुवीय वा हिमाली हावापानी हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली, ध्रुवीय वा टुण्ड्रा हावापानी भनिन्छ । यहाँ सँधैजसो हिमपात भइरहन्छ भने वर्षाका रूपमा हिउँ नै पर्दछ । ५,००० हजार मि.(१६०००फिट) भन्दा माथिको भू–भागको तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा कम हुनेहँुदा यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ । यहाँको हावापानीलाई हिमाली मरूभूमि जलवायु पनि भन्ने गरिन्छ । नेपालका केही प्रसिद्ध ताल, कुण्ड र पोखरीहरू रारा ताल: मुगु, फेवा ताल: कास्की, रूपा ताल: कास्की, मैदी ताल: कास्की, बेगनास ताल: कास्की, शे–फोक्सुण्डो वा रिग्म ताल: डोल्पा, बीसहजार ताल, नन्दभाउजू ताल: चितवन, गैडहवा ताल: रूपन्देही, लौसा ताल: रूपन्देही, सग्रहवा ताल: रूपन्देही जाखिरा ताल: कपिलवस्तु, घोडाघोडी ताल: कैलाली, बुलबुले ताल: सुर्खेत, जगदीशपुर ताल: कपिलवस्तु, रानी ताल: कञ्चनपुर, झिलमिला ताल: कञ्चनपुर, तिरीछो (तिलिचो) ताल: मनाङ, खप्तड दह: अछाम, गोसाईकुण्ड:रसुवा, इन्द्रसरोवर: मकवानपुर, टौदह: काठमाडौँ, रानीपोखरी: काठमाडौँ, नागदह: काठमाडौँ, गङ्गासागर: धनुषा, महाराजा सुन्वर्षी पोखरी: मोरङ, माइदिया पोखरी: पर्सा, सुर्मा सरोवर: बझाङ, पञ्चासे ताल: स्याङ्जा, पर्वत र कास्की, गिरी दह: जुम्ला, सुना दह: डोल्पा र बाग्लुङ जिल्लाको सीमा क्षेत्र, गुफा पोखरी, सभापोखरी: सङ्खुवासभा, माई पोखरी इलाम ।

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने