Skip to main content

समसामयिक जानकारीहरु

२०७६ बैशाख
बैशाख १ गते:
  • समृद्धिसँग जोडौँ नाता, सबैनेपालीको बैङ्ख खाता अभियान
  • ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुको स्वास्थ्य बीमा कार्यक्रम
  • सगरमाथा सरसफाई अभियान शुरु
  • लुक्लामा समिट एअरको विमान दुर्घटना । (चालक सहित ३ को मृत्यू)
बैशाख २ गते: वर्ल्ड बुक अफ रेकर्डस लण्डनले समता स्कुललाई प्रमाणपत्र प्रदान गरेको ।
बैशाख ५ गते: प्रमुख निर्वाचन आयुक्तमा दिनेश कुमार थपलियालाई सर्वसम्मत अनुमोदन ।
नेपाली स्याटेलाईट प्रक्षेपण (१.५ किलोग्रामको)
बैशाख १४ गते: नेपाल र संयुक्त अरब इमिरेट्सबीच सुन्य लागतमा कामदार लैजान सम्झौता ।
बैशाख १६ गते: राष्ट्रपतिद्वारा संसद्को चौथो अधिवेशन आह्वान् ।
बैशाख १७ गते:
  • नेपाल र चीनबीच यातायात तथा पारवाहनसम्बन्धी प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर ।
  • नेपाल प्रहरिको पहिलो फर्म्ड पुलिस युनिट (एफपीयु) मिसन बन्द भएको ।
बैशाख २० गते: राष्ट्रपतिद्धारा नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ।
बैशख २२ गते: पारिश्रमिकमा आधारित कामका लागि सामुदायिक आयोजना सञ्चालन सम्बन्धी कार्यविधी मन्त्री परिषदले पारित गरेको ।
बैशाख २६ गते: प्रधानमन्त्री कम्बोडिया र भियत्नामको भ्रमण प्रस्ता जेठ १ गते स्वदेश फर्किने ।
बैशाख २८ गते: नेपालकै पहिलो विज्ञान सङ्ग्राहलय सञ्चालन रोवर्टले सहायता गर्ने । त्रि.वि. कीर्तिपुरमा रहेको ।
बैशाख  २८-२९ गते: मेचे जातिको पहिलो साहित्य सम्मेलन ।
बैशाख ३० गते:
  • १३ ‍औँ साग खेलकुदको लोगो र मस्कट सार्वजनिक  ।
    • नेपाल र कम्बोडियाबीच व्यापार तथा लगानी सम्बन्‍धी सहमतिमा हस्ताक्षर ।
    • प्रदेश ३ नेपाल र चीनको गेन्सु प्रान्तबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर ।
२०७६ जेठ:
जेठ १ गते:
  • कामिरिता शेर्पाले सगरमाथाको २३ औँ पटक सफल आह्रोहण गरेका ।
  • प्रदेश ५ नेपाल र चीनको कान्छु प्रान्तबिच द्धिपक्षीय सहयोग र साझेदारीका लागि समझदारिपत्रमा हस्ताक्षर ।
  • उद्योग विभागद्धारा एकल विन्दु सेवा केन्द्र सञ्चालन ।
जेठ २ गते : माथिल्लो त्रिशुली थ्रि एबाट ६० मेगावाट विद्युत उत्पादन शुरु, राष्ट्रिय प्रसारणमा जोडियो ।
जेठ ४ गते: लुम्बिनी भ्रमण वर्ष २०७६ को सुभारम्भ । (बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ ।)
जेठ ५ गते:
  • २१७९ कि.मि. लामो अप्टिकल फाइबर ओछ्याउन शूरु धादिङ्को गल्छिबाट । (प्रधानमन्त्री उद्घाटन गरेका)
  • विपद् व्यवस्थापन सम्बन्धी विभिन्न देशका सैनिकहरुको तालिम शुरु (५-१२ गते सम्म)
जेठ ७ गते: कामिरिता शेर्पाले सगरमाथाको २४ औँ पटक सफल आरोहण गरेका ।
जेठ १० गते: खाद्य संस्थानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीका रुपमा सञ्चालन गर्ने सरकारको निर्णय  ।
जेठ १३ गते: मिङ्मा शेर्पा सबैभन्दा कम समयमा सगरमाथा आह्रोहण गरेका ६ घण्टा १ मिनेटमा शिखर पुग्न सफल ।
जेठ १५ गते: राष्ट्रपतिद्धारा गणतन्त्र स्मारक उद्घाटन । नारायणहिटी दरबार परिसरमा ।
जेठ १६ गते: ११०६ जनालाई संविधानसभा पदकबाट विभुषित गरेको ।
जेठ १७ गते:
  • त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पटक सफलरुपमा कलेजो प्रत्यारोपण ।
  • परराष्ट्र मन्त्रालयमा ब्रेन गेन सेन्टर सञ्चालन । (विदेशमा रहेका नेपाली विज्ञबाट देशको सामाजिक-आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य ।)
जेठ १८ गते: रेडियो नेपालले प्रदेश नं. २ मा प्रादेशिक प्रसारण शुरु गरेको ।
जेठ २२-२३ गते: सार्क स्तरीय युवा वैज्ञानिक सम्मेलन । त्रि.वि.को जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको ।
जेठ २३-२६ गते: तेस्रो हिमालय मार्टको आयोजना: नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व सामु स्थापित गर्ने ।
जेठ २५ गते: प्रधानमन्त्री युरोप भ्रमणम प्रस्थान गरेका ।
जेठ २६ गते: मकवानपुरको भिफेदी स्थित सानुटारमा खुलेखानी तेत्रो जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु गरेको ।
जेठ २७-२८ गते: विपद व्यवस्थापन, पुन:निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भुमिका विषयमा दक्षिण एसियाली सम्मेलन काठमाडौँमा सम्पन्न ।  
जेठ २७ गते: धुलिखेल नगरपालिका वडा नं. १० लाई बालमत्री वडा घोषणा गरेको ।
जेठ २८ गते: नेपालसँग अफ्रिकी मुलुक मौरिससले श्रम  सम्झौता गरेको । सन् २०१९ जुन ११ मा
जेठ ३१ गते:
  • नेपाल र संयुक्त अरब इमिरेटबीच सुन्य लागतमा श्रमिक लैजाने सम्झौता (MOU) सम्पन्न ।
  • पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन ।
२०७६ असार:
असार १ गते:
  • सात वटै प्रदेश सरकारद्धारा आ.व. २०७६/७७ को बेजेट प्रस्तुत ।
  • काठमाडौ महानगरपालिकाले प्रविधिमा आधारित स्मार्ट पार्किङ्को शुरुवात गरेको ।
असार २ गते: नेपालको पहिलो भु-उपग्रह (Nepsat-9) ले पृथ्वीको परिक्रमा थालेको । (१७ जुन २०१९)
असार १० गते: विनियोजन विधेयक २०७६ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको ।
असार १२ गते:
  • नेपाल उड्यन प्राधिकरणको महानिर्देशकमा राजन पोख्रेल नियुक्त भएका ।
  • पूर्व मुख्य सचिव बलराम सिं मल्लको निधन ।
असार १३ गते:
  • आर्थिक विधेयक २०७६ प्रतिनिधि सभाबाट बहुमतले पारित ।
  • नेपाल भ्रमण वर्ष २०२० को कोडिङ् सहितको लोगो सार्वजनिक ।
असार १४ गते: मालपोत कार्यालय कलंकीलाई नमूना सरकारी कार्यालय घोषणा गरेको । नेपाल सरकारले ।
असार १५-१६ गते: सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गरेको ।
असार १६ गते:
  • प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वनिक ।
  • सरकारको नयाँ स्वास्थ्य नीति सार्वजनिक (स्वस्थ्यप्रति व्यक्ति, परिवार र समाजलाई जिम्मेवार बनाउँदै लैजनाने मुख्य लक्ष्य ।)
असार १८ गते:
  • राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना ।
  • नेपालमा पर्यटन सूचा केन्द्रको स्थापना । ठमेल काठमाडौं ।
असार २१ गते: मोरङ् साक्षर जिल्ला घोषणा ।
असार २४ गते: प्रदेन नं ३ ले प्रदेश खेलकुद विकास परिषद गठन गरेको ।
असार २७ गते: नेपालमा उत्पादित विजुली भारत निकासीको सुरुवात भएको । (इजनर्जी बैङ्किङ्को अवधारणा अनुसार)
२०७६ साउन:
साउन १ गते:
  • मालबाहक सावरीमा भेइकल एण्ड कन्साइन्मेन्ट ट्रेकिङ् प्रणाली (VCTS) वेभ पोर्टलको कार्यान्वयन भएको ।
  • न्यायपालिकाको चौथो रणनीतिक योजना लागू (सबैका लागि न्याय सुनिश्चित गर्ने मूल लक्ष्य)
  • सामाजिक सुरक्षाकोषको कार्यान्वयनमा आयो ।
साउन २ गते: सिभिल बैङ्कले ISO 9001-2015 को प्रमाणपत्र प्राप्त गरेको ।
साउन ६ गते: विश्व स्वास्थ्य सङ्गठनले तिलगंगा आँखा अस्पताललाई आफ्नो सहकार्य केन्द्र (Collaborating Centre) को मान्यता दिएको ।
साउन १५ गते: संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा योगेश भट्टराई ।
साउन १६ गते: उप निर्वाचन मंसिर १४ मा गर्ने निर्वाचन आयोगको निर्णय ।
साउन २८ गते:
  • प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा डिलाराम भट्टराई नियुक्त ।
  • नेपाल खाद्य संस्थानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनायो ।
साउन ३० गते: बरिष्ठ साहित्यका र तथा पत्रकार मदमणी दिक्षितको निधन ।
साउन ३२ गते: वरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको निधन ।
२०७६ भदौ :
भदौ २ गते: निर्वाचन आयोगले पञ्चवर्षिय रणनीतिक योजनाको मस्यौदा सार्वजनिक गरेको ।
भदौ २-६ गते: एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियमाकहरुको महानिर्देशकहरुको सम्मेलन भएको ।
भदौ ५ गते:
  • नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक सम्पन्न भएको । काठमाडौँमा ।
  • प्रदेश नं. २ को लोक सेवा आयोगको अध्यक्षमा सुरेन्द्र प्रसाद यादव नियुक्त भएका ।
भदौ ७ गते: हरित प्रदेश अभियानकव शुभारम्भ भएको ।
भदौ ९ गते: भिडियो टेलिप्रिजेन्समार्फत पहिलो पटक मन्त्रीपरिषद्को बैठक बसेको ।
भदौ १२ गते: नेपाल वायु सेवा निगमले बाह्र वर्षपछि जापानको ओसाकामा पुन: उडान सुरु गरेको ।
भदौ २३ गते: काठमाडौँ उपत्यकामा विद्युतिय बस सेवाको शुरुवात भएको ।
भदौ २५-२६ गते: तेस्रो पुर्वाधार सम्मेलन सम्पन्न भएको ।
भदौ २८ गते: नेपालको पहिलो भु-उपग्रह नेपाली स्याट-१ ले काठमाडौँ स्थित ग्राउण्ड स्टेशनसाग संवादको थालनी गरेको ।
भदौ २८-३० गते: कैलालीको टिकपुरमा डल्फिन महवत्सव सम्पन्न भएको ।
भदौ २९ गते:
  • नेपाल राष्ट्र बैङ्कले कारोबार भएको वास्तिविक समयमै भुक्तानी हुने प्रणाली () को औपचारिक रुपमा लागु गरेको ।
  • लामो समयदेखि मलेसियाको श्रम स्वीकृति बन्द रहेकोमा खुला भएको ।
  • नेपाल फिल्म क्याम्पसको स्थापना ।
भदौ २९-३१ गते: प्रथम नमूना बाल नगर सभा सम्पन्न । ललितपुर महानगरपालिकामा ।
भदौ ३१ गते: काठमाडौ महानगरपालिका खुला दिशामुक्त भएको ।
२०७६ असोज
असोज १ गते:
असोज ३ गते:
  • संविधान दिवस
  • राष्ट्रिय बीमा संस्थानले “बिमा संस्थान” नामक मोलाइल एप्स सार्वजनिक गरेको ।  
असोज ७-९ गते: एसियाली प्रहरी सम्मेलन सम्पन्न काठमाडौँमा । नेपाल प्रहरी र इन्टरनेशनल अफ द रेडक्रसको संयुक्त आयोजनामा ।
असोज ११ गते: नेपाल क्रिकेट संघ (क्यानको) नयाँ अध्यक्षमा चतुर चन्द नियुक्त भएका ।
असोज १३ गते:
  • नेपाल दक्षिण यसियाकै पहिलो खुला दिसा मुक्त देश घोषणा ।
  • नेपाल र अष्ट्रेलियाबीच हवाइ सम्झौता भएको । (३० सेप्टेम्बर २०१९)
  • सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजिनामा दिएको ।
असोज १५ गते: नेपालको ३२ जिल्लामा 4G सेवा विस्तार भएको ।
असोज २५-२६ गते: चीनका राष्ट्रपति सि जिन् पिङ्को नेपाल भ्रमण । (अक्टोबर १२-१३, २०१९)
असोज २७ गते:
            सांसद प्रभु साहद्धारा बुद्ध एयरको काउन्टर तोडफोड ।  
आइसीसीले नेपाली क्रिकेटको निलम्बन फुकुवा गरेको ।
असोज २८ गते: राष्ट्रिय क्रीकेट टीमका कप्तान पारस खड्काले कप्तान पदबाट राजिनामा दिएका ।
 असोज २९ गते:
  • राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण पस्थान ।
  • अर्काको मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पुल्चोक स्थित निदान अस्पतालको प्रमुख कार्यकारी अधिकृत पक्राउ ।
२०७६ कार्तिक
कार्तिक १ गते: गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को अध्यक्षमा कुमार पन्त निर्वाचित ।
कार्तिक २ गते: चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको । उपत्यकामा अध्ययन गर्न ४० लाख २३ हजार २५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ लाग्ने ।
कार्तिक ४ गते:
  • नागढूङ्गा-सिस्नेखोला सुरुङ्मार्गको सिलान्यास । नेपालका प्र.म. ओली र नेपालका लागि जापानी राजदुत मासामिची साइगोले संयुक्तरुपमा शिलान्यास गरेका ।
कार्तिक ६ गते: प्रधानमन्त्री ओली अजरबैजानको बाकुमा हुने नामको १८ औँ खिशर सम्मेलनमा भाग लिन गएका ।
कार्तिक ७ गते: चर्चित र्‍यापर भिटेन भनिने समीर लामा घिसिङ् पक्राउ ।
कार्तिक १५ गते: भारतद्धारा जिबुटीमा लगाईएको प्रतिबन्ध फुकुवा ।
कार्तिक १७:
  • राष्ट्रपति द्धारा नेपाल सरारको सिफारिसमा सातै प्रदेशको प्रदेश प्रमुख पदमुक्त भएका ।
  • मन्त्रिपरिषद्‍द्धारा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त ।
  • मेडिया काउन्सिलको अध्यक्षमा भगवान कोइराला नियुक्त ।
कार्तिक १८ गते:
  • राष्ट्रपति भण्डारीद्धारा मन्त्रिपरिषद्‍को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त ।
  1.       प्रदेश नं. १ सोमनाथ अधिकारी “प्यासी”
  2.       प्रदेश नं. २ तिलक परियार
  3.      प्रदेश नं. ३ विष्णुप्रसाद प्रसाइँ
  4. प्रदेश नं. ४ अमिक शेरचन
  5.      प्रदेश नं. ५ धर्मनाथ यादव
  6.       प्रदेश नं. ६ गोविन्द कलौनी
  7.       प्रदेश नं. ७ शर्मिला कुमारी पन्त ।
  •       नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बन ।
कार्तिक १९ गते: राष्ट्रपति भण्डारीद्धारा सातै प्रदेशका प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ ।
कार्तिक २१ गते: पूर्व अर्थसहायक मन्त्री तथा उद्योगपति रुप ज्योति ठगी अभियोगमा पक्राउ ।

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...