Skip to main content

नेपालको संविधान 2072 सम्बन्धी जानकारी


नेपालको इतिहासमा पहिलोपटक संविधानसभाले संविधान बनाई कार्यान्वयनमा ल्याएको पहिलो संविधान हो नेपालको संविधान 2072 । वि सं 2072 असोज 3 गते राष्ट्रपति ( रामवरण यादव) ले घोषणा गरि लागू भएको नेपालको संविधान 2072 मा 35 भाग 308 धारा र 9 वटा अनुसुचीहरू रहेका छन् । प्रजातन्त्रको स्थापनापछि  वि सं 2007 सालदेखि संविधानसभा मार्फत संविधान निर्माण हुनुपर्ने जनताको माग यो संविधान जारी भए सँगै पूरा भएको छ । संविधान जारी गर्नका लागि विसं 2064 चैत्र 28 मा पहिलो पटक संविधानसभाको निर्वाचन भएको थियो । यस सभाले संविधान नबनाई विघटन भएकोले पुनः विसं 2070 मंसिर 4 गते संविधानसभाको निर्वाचन भई गठन भएको संविधानसभाले यो संविधान बनाएको हो ।
#नेपालको संबिधानका मुख्य बिशेषताहरु
संविधानसभाबाट निर्मित संविधान
नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहीत रहने ।
राज्यको एकात्मक स्वरुपलाई अन्त्य गरी संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था स्वीकार गरिएको ।
नेपाललाई धर्म निरपेक्ष राष्ट्रको रुपमा स्वीकार गरिएको ।
आमा र बाबु दुवैको नामबाट वंशजको नागरिकता प्राप्त गर्न सकिने ।
नेपाललाई सात प्रदेशको संघीय संरचनामा विभाजन गरिएको ।
सङ्घ , प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना ।
राष्ट्र अध्यक्ष को रुपमा राष्ट्रपतिको व्यवस्था ।
सुधारिएको संसदीय प्रणाली, मिश्रित निर्वाचन प्रणाली।
संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने।
दुई वर्षसम्म प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने ।
मन्त्रिपरिषद्मा रहने सदस्य संख्या तथा व्यवस्थापिका सभामा रहने सदस्यसंख्याको स्पष्ट किटान गरिएको ।
प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री र राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख हुने । प्रदेशमा प्रदेश सभाका कुल सदस्य को 20% भन्दा नबढ्ने गरी मन्त्रिपरिषद् गठन हुने ।
केन्द्रमा बढीमा 25 सदस्यीय मन्त्रिपरिषद रहने व्यवस्था ।
 संवैधानिक निकायको रुपमा रहने निकायको स्पष्ट किटान गरिएको। जसअनुसार 13 वटा संवैधानिक निकाय रहने ।
केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक संघीय संसद् र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका रहने । सातै प्रदेशमा गरी कुल सांसद 550 रहने ।
केन्द्र प्रदेश र स्थानिय निकायको काम , कर्तव्य र अधिकारको संविधानमा नै उल्लेख भएको ।
राष्ट्रिय महत्वको कुनै पनि विषयमा जनमतसंग्रह गर्न सकिने ।
राज्यका तर्फबाट दिइने उपाधि सम्मान र विभूषण मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रदान हुने ।
संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को व्यवस्था ।
नेपाली सेनाको परिचालनको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा सुरक्षा परिषद्को व्यवस्था ।
राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा जुनसुकै अदालत विशेष अदालत वा निकायबाट भएका सजाय माफी , मुल्तबी परिवर्तन वा कम गर्न सक्ने ।
नागरिकको कर्तव्य उल्लेख भएको ।
नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको रुपमा स्वीकार गरिएको।
मृत्युदण्ड दिने गरी कानुन बनाउन नपाइने ।
नेपाल र नेपाली जनताको राष्ट्रियताको प्रतीक राष्ट्रपतिलाई स्वीकार गरिएको ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन को लागि निर्वाचक मण्डल गठन हुने व्यवस्था ।
बालिग मताधिकारको आधारमा संघीय संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुने  ।
राष्ट्रिय सभालाई स्थायी सदनका रुपमा स्वीकार गरिएको ।
प्रत्येक वर्षको जेठ 15 गते संघको अर्थमन्त्रीले संघीय संसद समक्ष मुलुकको आयब्याय विवरण (बजेट) पेश गर्नुपर्ने व्यवस्था ।
संघ र प्रदेशबीच वा प्रदेश-प्रदेश वीचको विवाद समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रादेशीक परिषदको गठन ।
आमनिर्वाचनमा पराजित भएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था ।
प्रदेशको नामाकरण प्रदेश संसदको दुई तिहाई बहुमतले गर्ने , प्रदेशको सीमांकन संघीय आयोगले टुंगो लगाउने ।
प्रदेश संसदमा 60 प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन गरिने ।
प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन हुने ।
संविधान जारी भएको 7 दिनमा प्रधानमन्त्री  , 20 दिनमा सभामुख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था ।
संविधानमा नै केन्द्र , प्रदेश र स्थानीय सरकारको अधिकार तोकिएको ।
प्रदेशसभाको निर्वाचन र प्रदेश सभा नबन्दासम्म प्रदेशसभाले गर्ने अधिकारको प्रयोग केन्द्र सरकारले गर्ने संक्रमणकालीन व्यवस्था गरिएको ।
एकिकृत न्याय प्रणालीको व्यवस्था केन्द्रमा सर्वोच्च अदालत , प्रत्येक प्रदेशमा उच्च अदालत , प्रत्येक जिल्लामा जिल्ला अदालत र सर्वोच्च अदालतमा संवैधानिक इजलास (constitutional bench  )रहने व्यवस्था ।
नेपाल एक धर्म निर्पेक्ष राष्ट्र (secular state )को रुपमा रहने व्यवस्था । धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म , संस्कृतिको संरक्षण तथा धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता रहने भनी उल्लेख ।
मधेसी आयोग , थारु आयोग, मुस्लिम आयोग र आदिवासी जनजाति आयोगको व्यवस्था ।
सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता प्रदान , सरकारी कामकाजको भाषा देवनागरिक लिपिमा लिपिबद्ध नेपाली भाषालाई स्वीकार गरिएको ।
राष्ट्रिय जनावर गाई , राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत राखिएको ।
जिल्ला प्रशासनिक एकाइको रूपमा रहने , जिल्लामा निर्वाचित जिल्ला सभा रहने ।
सरकारले गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको पुनर्संरचना गर्ने ।
स्थानीय निकायमा अन्तरिम चुनाव गर्ने संक्रमणकालीन व्यवस्था ।
चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यको रुपमा रहने ।










नेपालको संविधानमा भएका महत्वपूर्ण व्यवस्थाहरु:
संविधान देशको मूल कानून (constitution as a fundamental law):
यस संविधानलाई नेपालको मूल कानुन मानिन्छ । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ ।
सार्वभौमसत्ता र राजकीयसत्ता  ( Sovereignty & sovereign power ) :
नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ ।
राष्ट्र ( Nation): बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता भौगोलिक अखण्डता राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।
नेपाल राज्य (Nepal Nation ):
(क)नेपाल एक स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न , धर्मनिरपेक्ष , समावेशी लोकतन्त्रात्मक , समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
(ख)यो संविधान प्रारम्भ हुँदाको बखतको क्षेत्र र संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र नेपालको क्षेत्र मानिने छ ।
नेपालको राष्ट्रिय झण्डा (National Flag of Nepal): सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो  ।
राष्ट्रिय भाषा तथा अन्य राष्ट्रिय चीन : नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्। देवनागरिक लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हो। नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ ।
नेपालको राष्ट्रिय फूल: लालीगुराँस (वैज्ञानिक नाम rhododendron arboreum)
नेपालको राष्ट्रिय रङ्ग: सिम्रिक (crimson)
नेपालको राष्ट्रिय जनावर: गाई (वैज्ञानिक नाम Bos Taurus)
नेपालको राष्ट्रिय पंक्षी: डाँफे
( वैज्ञानिक नाम lophophorus impejanus)
मौलिक हक : मौलिक हक व्यक्ति सर्वाङ्गीण विकासको निमित्त आवश्यक पर्ने मुख्य पूर्बावाश्यकता हो । यसको अभावमा मानव पूर्ण मानवको रुपमा मर्यादित बन्न सक्दैन। मानवीय गुण , विवेक  , बुद्धि र आवश्यकताको विकासकोलागि मानवअधिकारको प्रत्याभूति र यसको निर्वाध उपभोग अनिवार्य मानिन्छ । मौलिक स्वतन्त्रता र मानव अधिकारको प्रत्याभूति गर्न मा इन्कार गर्नुले व्यक्तिको व्यक्तिगत जीवन मात्र दुखान्त नपरि राज्यको राजनीतिक पद्धति तथा सामाजिक पक्षमा समेत अशान्ति र उपद्रव को स्थिति उत्पन्न गराई दिने निश्चित हुन्छ । यस कुरालाई मनन गरी सबै प्रजातान्त्रिक राज्यले संवैधानिक रुपमा मौलिक हकको व्यवस्था गरेको पाइन्छ ।
नेपालको संविधानको भाग 3 मा धारा 16 देखि 46 सम्म निम्नानुसारका 31 वटा मौलिक हकहरुको व्यवस्था गरिएको छ  :

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने