Skip to main content
#राणाकाल_मल्लकाल_तथा_शाहकालका_महत्वपूर्ण_अड्डा|#व्यवस्थाहरु।। 📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖 १) #पजनी_प्रथा -पृथ्वीनारायण शाहले सुरुवात गरेका, -कर्मचारी/सैनिक प्रशासन हेर्ने २) #मरवट_नीति : -पृथ्वीनारायण शाहले सुरुवात गरेका, -युद्धमा ज्यान गुमाउने सिपाहीका सन्ततिलाई आर्थिक सहायता प्रदान गर्ने नीति ३) #तिलङ्गा : -पृथ्वीनारायण शाहको पालामा सैनिकहरुलाई तिलङ्गा भनिन्थ्यो । ४) #खान्गी_प्रथा -पृथ्वीनारायण शाहले सुरुवात गरेका -सैनिकहरुलाई आर्थिक,भौतिक सहयोग गर्ने ५) #एग्नेट_प्रथा -जंगबहादुर राणाले सुरुवात गरेका, -प्रधानमन्त्रीको रोलक्रम सुरुमा भाइ अनि पछि मात्र छोराहरुमा जाने व्यवस्था । ६) #दौडाहा_प्रथा -वीरशमसेरले सुरुवात गरेका -जिल्लास्तरका कार्यालय र त्यहाँका कर्मचारीहरुको क्रियाकलाप हेर्ने । ७) #मुन्सीखाना -राजा रणबहादुर शाह र प्रधानमन्त्री भिमसेन थापाको पालामा स्थापित अड्डा -परराष्ट्र सम्बन्ध हेर्ने,राहदानी/पासपोर्टको व्यवस्था गर्ने,नेपालको सिमानाको संरक्षण गर्ने काम गर्थ्यो । ८) #कौशीतोषाखाना -जङ्गबहादुर राणाको पालामा स्थापित, -सम्पुर्ण राष्ट्रसेवकहरुको तलव,भत्ता,निवृत्तिभरण प्रदान गर्ने, -राजदरवार,श्री ३ आदिलाई आवश्यक खर्च प्रदान गर्ने, -विकास/निर्माणको लागि बजेटको व्यवस्था गर्ने, -श्री ५ र श्री ३ हरुको मुलुकभित्रको भ्रमणको लागि आवश्यक बजेट व्यवस्था गर्ने ९) #मुलुकीखाना : -जङ्गबहादुर राणाका पालामा स्थापित, -मुलुकको कुल आम्दानीको ढुकुटीको रुपमा रहेको(हालको राष्ट्र बैंकजस्तै) -नोट निष्काशन समेत गरेको, -श्री ३ को मातहतको अड्डा,प्रमुखको रुपमा हजुरिया जनरल हुन्थे । १०) #तेजारथ_अड्डा -प्रधानमन्त्री रणोद्विप सिंहका पालामा स्थापित, -अर्थव्यवस्था संग सम्बन्धित,विशेष गरि कर्मचारीलाई नगद ऋण प्रदान गर्ने उदेश्यले स्थापित ११) #गोश्वारा_अड्डा -वीर शमसेरको पालामा स्थापित -जिल्लास्तरका विभिन्न कार्यालयहरु/निकायहरु गोश्वारा अन्तर्गत पर्थे र गोश्वाराले तिनिहरुको व्यवस्थापन गर्दथ्यो । १२) #कुमारी_चोक -पृथ्वीनारायण शाहको पालामा स्थापित -समग्र देशका सम्पुर्ण कार्यालय,अड्डाहरुको आर्थिक कृयाकलाप(आम्दानी खर्चको हिसाबकिताब),आर्थिक अनियमितता हेरी अनियमितता गर्नेलाई कारवाही समेत गर्दथ्यो । -समग्रमा सम्पुर्ण लेखापरिक्षण गर्ने अड्डा । १३) #कोटिलिङ (कोटलिङ) : -मल्लकालमा स्थापित एक न्यायिक अड्डा , -राणाकालसम्म प्रख्यात ४ अदालत (ईटाचपली,कोटलिङ,टक्सार र धनसार) मध्येको एक अदालत हो । -देवानी र फौंजदारी शुरु मुद्धा हेर्ने र पुनरावेदन गर्ने सर्वाधिकार सम्पन्न अदालत । १४) #कौशल_अड्डा : -जङ्गबहादुर राणाले वि.सं १९०९ तिर यसको स्थापना गरेका थिए । -ऐन कानुन तर्जुमा गर्नलाई विचार विमर्श गर्ने,रायसल्लाह शासक बर्गलाई चढाउने उद्धेश्यसहित स्थापित, -यसै अड्डाले विभिन्न लालमोहर,सनद,सवाल आदिलाई संहिताबद्ध गरि वि.सं १९१० मा नेपालको पहिलो मुलुकी ऐन तयार गरेको थियो । १५) #खड्ग_निशाना_अड्डा -खड्ग,त्रिसुल,धनुको चिन्ह,ईष्टदेवताको नाम तथा श्री ३ को हस्ताक्षर छाप लागेको ऐनसरह मान्यता प्राप्त गरेको कागजलाई खड्ग निशाना भनिन्थ्यो । -वि.सं १९६४ मा चन्द्रशमसेरले यसको प्रचलन चलाएका थिए । -सुरुमा वि.सं १८२५ देखि १९६४ सम्म लालमोहरको प्रयोग हुँदै आएकोमा सोही प्रयोजनको लागि चन्द्रशमसेरले खड्ग निशाना अड्डाको सुरुवात गरेका । -ऐन बनाउने,संशोधन गर्ने,अख्तियार प्रत्यायोजन गर्ने,नियुक्ती,सरुवा/बढुवा गर्ने, राणा परिवारको अंशबण्डा गर्ने इत्यादी कार्य यसले गर्दथ्यो । १६) #बिन्तिपत्र_निक्सारी_अड्डा -चन्द्र शमसेरका पालामा स्थापित, -तत्कालिन न्यायिक निकायहरुबाट भएका देवानी फौंजदारी मुद्धाको अन्तिम पुनरावेदन सुन्ने अधिकार रहेको सर्वोच्च न्यायिक अड्डा । १७) #अपिल अड्डा -वीर शमसेरको पालामा स्थापित अदालत गोश्वारालाई देव शमसेरले १९५७ मा अपील अड्डाको रुपमा पुनर्संरचना गरेका, -अपील सुन्ने र निर्णय लिने काम गर्दथ्यो । १८) #टक्सार_अड्डा -मल्लकालमा सिक्का निष्कासन गर्ने उद्धेश्यले स्थापित यस अड्डालाई चन्द्रशमसेरले टक्साल अड्डाको नाममा पुनर्गठन गरेका थिए । १९) #जंगी_बन्दोबस्त_अड्डा -जङ्गबहादुर राणाले वि.सं १९०८ मा स्थापना गरेका, -सैनिक व्यवस्थापन(भर्ना,प्रशिक्षण,लगत राख्ने) गर्ने । २०) #समरजंग_कम्पनी -रणबहादुर शाहको पालामा दरवारको सुरक्षाको लागि स्थापित सैनिक टुकडि । -यसलाई राणाकालमा ``चप्रासीहरुको कम्पनी" भनेर चिनिन्थ्यो ।

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...