Skip to main content

नेपालका भाशाभाशि

 भाषाभाषी
दुई वा सोभन्दा बढी पक्षहरूवीच सम्पर्क स्थापित गर्ने माध्यम नै भाषा हो । जसको सहायताले आफ्ना कुराहरू अर्को  पक्षलाई बुझाउन सकिन्छ । नेपाल बहुभाषी देश हो । नेपालको संविधान, २०७२ ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिएको छ । नेपाली भाषा सरकारी कामकाजको भाषा हो  । नेपालमा विभिन्न जातजाति समुदायले छुट्टा–छुट्टै भाषा बोल्दछन् । त्यस्ता भाषाहरू ४ भाषा परिवारमा वर्गीकृत गरिएको हुन्छ । जुन निम्न छन्, 
क)  भारोपेली भाषा परिवार  
ख)  चिनीया तिब्बती/भोट बर्मेली भाषा परिवार 
ग)  द्रबिड भाषा परिवार 
घ) आग्नेयाली भाषा परिवार 
 
क)  भारोपेली भाषा परिवार 
• यो संसारमा सबैभन्दा बढी फैलिएको र बोलिने भाषा परिवार हो  ।
• भारतदेखि युरोपसम्म बोलिने भएकाले भारतेली र युरोपेली दुई शब्दबाट भारोपेली शब्दको प्रचलन भएको मानिन्छ  ।
• संसारका प्रशिद्ध भाषाहरू अंग्रेजी, फ्रेन्च, हिन्दी, मिस्रियन आदि यसै परिवारभित्र पर्दछन्  । 
• नेपालमा सबैभन्दा बढी जनसंख्याले बोल्ने भारोपेली परिवारको भाषा नेपाली हो । नेपालमा भारोपेली भाषा परिवारका नेपाली लगायत अन्य धेरै भाषाहरू रहेका छन् । जस्तैः नेपाली, मैथिली, भोजपुरी, थारू, दनुवारी, माझी, कुमाले/दरै, अवधि, बोडे, राजवंशी आदि  । 
 
ख)  चिनीया तिब्बती/भोट बर्मेली भाषा परिवार 
• विश्वमा भारोपेली परिवारपछि सबैभन्दा बढी बोलिने भाषा परिवार भोटबर्मेली भाषा परिवार हो  ।
• यसलाई मंगोल मूलका जातिको भाषा पनि भनिन्छ  । 
• नेपालमा बोलिने भाटेबमर्लेी परिवारका भाषाहरूमा तामाङ, शपोर्, गरुङ, मगर, राइर्, लिम्बु, नवोर, थकाली, सनुवुार, भोटे, चपोङ, थामी, धिमाल, पहरे, जिरेली, लाप्चे, मेचे, तिब्बते र खालिङ आदि हुन्  । 
 
ग)  द्रबिड भाषा परिवार 
• द्रबिड जातिले बोल्ने सम्पूर्ण भाषा समूहलाई द्रबिड भाषा परिवार भनिन्छ  ।
• यस अन्तर्गतका भाषाहरू बोल्ने मानिसहरुमा सबैभन्दा बढी मानिसहरू भारतमा छन्  । 
• नेपालमा द्रबिड परिवार अन्तर्गत झाँगड भाषा बोलिन्छ  ।
 
 घ)  आग्नेली भाषा परिवार वा आग्नेय भाषा परिवार 
• आग्नेय परिवारभित्र एउटा मात्र भाषा सतार (सन्थाल) पर्दछ  । 
• सतार भाषाको मुख्य थलो मानिने भारतका आसाम, बंगाल र बिहार जस्ता ठाउँहरूमा आग्नेय परिवार अन्तर्गतको सतार भाषा बोल्ने जातिको बसोबास रहेको पाइन्छ  । 
• नेपालमा आग्नेली भाषा परिवार अन्तगर्तको सतार भाषा पूर्वी तरार्इमा बस्ने सतार जातिले बालेको  पाइन्छ । 
 
११ औं राष्ट्रिय जनगणना, २०६८ अनुसार मातृभाषाका आधारमा धेरै जनसंख्या रहेका प्रमुख मातृभाषीहरू
 
 
नेपालमा बोलिने मुख्य भाषाहरू (राष्ट्रिय जनगणना २०६८ अनुसार)
 
विश्वका प्रमुख भाषाहरूको वर्णमाला संख्या
 
 
वस्तुगत प्रश्नोत्तर 
 
– जनगणना २०६८ अनुसार नेपालमा कतिवटा भाषाहरू बोलिन्छन् ?
१२३ भाषा (२०७२, लो.से.आ.) 
 
– मैथिली भाषाको विकास कुन समयमा भएको मानिन्छ ?
डोय राज्यकालमा 
 
– नेपाली भाषाको प्राचीनकाल जसलाई अभिलेख काल भनेर पनि चिनिन्छ कति समयको अवधिलाई मानिन्छ ?
११ औं देखि १५ औं शताब्दीसम्म
 
– नेपाली भाषाको मध्यकाल भन्नाले कुन समयलाई बुझिन्छ ? 
क) २२ से २४ से राज्यको उदयदेखि नेपाल एकीकरण पूर्वसम्म 
ख) १६ देखि १८ औ‌ं शताब्दीसम्मको अवधि  
ग) दुवै हुन् 
 
– नेपाली भाषाको आधुनिक काल कुनलाई मानिन्छ ?
वि.सं. १९५८ देखि हालसम्म 
 
– नेपालमा बोलिने भोजपुरी, ताजपुरीया, दनुवारी, कुमाल, दरै, थारु, अवधि, वोटे जस्ता भाषाहरू कुन भाषा परिवार अन्तर्गत पर्दछन् ?
भारोपेली  
 
– नेपालमा कुन भाषिकाले मानक भाषाका  रूपमा मान्यता पाएको छ ?
पूर्वेली नेपाली भाषिका 
 
– नेपाली भाषा भारतको संविधानको कति औं अनुसूचीमा सूचीकृत भएको छ ?
आठौं अनुसूची 
 
– झँगड भाषा कुन भाषिक परिवार भित्र पर्दछ ?
द्रबिड
 
– विभिन्न स्थानहरूमा फरक फरक तरिकाले बोलिने भाषालाई के भनिन्छ ?
भाषिका 
 
– नेपालमा सबैभन्दा थोरै जनाले बोल्ने मातृभाषी कुन हो ?
नागमेसे (५ जना) 
 
– सन्थाल भाषा कुन भाषा परिवारमा पर्दछ ?
आग्नेय
 
– संसारमा सबैभन्दा बढी फैलिएको भाषा परिवार कुन हो ?
भारोपेली 
 
– नेपालका कति वटा जिल्लाहरू नेपाली भाषा भाषीहरूको संख्या प्रथम  स्थानमा छ ?
५४ जिल्ला 
 
– नेपाली भाषाको जन्म कहाँबाट भएको मानिन्छ ?
कर्णाली प्रदेशको सिंजा प्रान्तबाट 
 
– नेवार भाषाको लिपिलाईके भनिन्छ ?
रञ्जना 
 
– नेपालमा वोलिने विभिन्न भाषालाईकति भागमा विभाजन गरिएको छ ?
४ 
 
– नेपाली भाषालाईराज भाषाको रूपमा प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ?
नागराज 
 
– सतार अर्थात सन्थाल भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
आग्नेय
 
– वाटुलो अनुहार, थेप्चो नाक भएका मंगोल मूलका मानिसहरूले वोल्ने भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
भोटवर्मेली 
 
– नेपाली भाषालाई कुन लिपिमा लेखिन्छ ?
देबनागरिक 
 
– नेपाली भाषाको जननी भाषा कुन हो ?
संस्कृत 
 
– नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ?
जे.ए एटन 
 
– जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ?
प्राकृत व्याकरण 
 
– नेपालको राष्ट्र भाषा भन्नाले केलाईबुझउँछ ?
नेपालमा वोलिने सबै मातृभाषा  
 
– लिम्बु भाषाको लिपिलाई के भनिन्छ ?
सिरिजंगा 
 
– जोडा मिलाउनुहोस् : (२०७३, लो.से.आ) 
1. देउनिया  a. द्रविड 
2.  राउटे      b. भोट बर्मेली 
3. थकाली   c. राजवंशी 
4.  झाँगड    d. उन्नत 
उत्तरः 1-c, 2-b, 3-d, 4-a 
 
– हालसम्मको नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश कुन हो ?
नेपाली शव्दसागर 
 
– कागते भाषा बोल्ने वासिन्दा नेपालको कुन ठाउँमा रहेका छन् ?
सिन्धुपाल्चोक 
 
– मैथिली भाषाको लिपिलाईतिरहुता लिपि भनिन्छ भने, ब्राहमी लिपि कुन भाषाको लिपि हो ?
पाली 
 
– सतार जातिले वोल्ने भाषालाईके भनिन्छ ?
मुण्डा   
 
– भारोपेली भाषा परिवारमा कति वर्गमा विभाजन गर्ने गरिन्छ ?
२ वर्ग (शतम र केन्तुम ) 
 
– भारोपेली भाषा परिवारमा हाल विद्यमान कति शाखा छन् ?
८ शाखा
 
– नेपाली भाषालाई भारतले कहिले संवैधानिक मान्यता दिएको थियो ?
२०४९ भाद्र ४ 
 
– तामाङ्ग भाषाको लिपि कुन हो ?
तामयिक
 
– खडिया भाषा कुन भाषा परिवार भित्र पर्दछ ?
आग्नेय परिवार
 
– नेपालका मध्य तराईका जिल्लाहरूमा छरिएर बसेका उराउहरूले बोल्ने भाषालाई के भनिन्छ ?  
क) उराउ
ख) धाँगड 
ग) झागड
घ) माथिका सबै 
 
– विश्वमा सबैभन्दा धेरै व्यक्तिले बोल्ने भाषा कुन हो ?
चाइनिज मन्दरिन
 
– जापानी भाषाको प्रचलित लिपि कुन हो ? 
क) खाञ्जी 
ख) हिराकाना
ग)    नाकाकाना
घ) माथिका सबै 
 

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :-

महानगरपालिका ,उप-महानगरपालिका र नगरपालिका गठन हुन चाहिने आधारहरु :- ===========¥¥============ 1.महानगरपालिका गठनका आधारः- + कम्तीमा 3 लाख जनसंख्या + कम्तीमा वार्षिक रु 40 करोड आम्दानी + विद्युत्,खानेपा नी, सञ्चारको उपयुक्त सुविधा + नगरको प्रमुख सडकका साथै अन्या शाखा सडकहरु समेत पक्की भएको हुनु पर्ने + स्वास्थ्य सेवा सम्बन्धी विशिष्ठ प्रकृतिको सेवाको उपलब्धता + अन्तराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनाका लागि आवश्यक पूर्वाधारको उपलब्धता + उच्च शिक्षाका लागि विभिन्न विषयहरुमा पर्याप्त अवसरको उपलब्धता र कम्तीमा एउटा विश्वविद्यालयको गठन + उच्च थप पर्याप्त शहरी सुविधाको उपलब्धता 2. उप-महानगरपालिका गठनका आधारः- + कम्तीमा 1 लाख जनसंख्या +कम्तीमा रु 10 करोड रुपैयाँ वार्षिका आम्दानी + नगरका प्रमुख सडकहरु पक्की भैसकेको हुनुपर्ने + विद्युत्, खानेपानी र सञ्चारको उपयुक्त सुविधा + उच्च गुणस्तरीय शिक्षा तथा सेवाको सुविधाको उपलब्धता + राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागि सामान्य व्यवस्था + सार्वजानिक उद्यानहरु र नगर सभागृहको व्यवस्था + अन्य अत्यावश्यक

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने