Skip to main content

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू
 
नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।
 
(क) वास्तुकला
• वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  । 
• वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ :
→ प्यागोडा शैली (छाने शैली) 
→ शिखर शैली 
→ मिश्रीत शैली 
 
प्यागोडा शैली (छाने शैली) 
मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  । 
 
शिखर शैली
सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने आमलक, छत्र र गजुरको प्रयोग गरिएको हुन्छ, बाहिर वरिपरि प्रदक्षिणा पथ बनाइएको हुन्छ भने भित्रपट्टि मूर्ति राखिन्छ । यस शैलीका मन्दिरहरू ब्रह्मा मन्दिर,  पाटनको श्रीकृष्णमन्दिर, पाटनको महाबौद्ध मन्दिर, मच्छिन्द्रनाथ मन्दिर, बुङ्गमती, ललितपुर आदि हुन् ।
 
स्तुप शैली 
वौद्ध परम्परा अनुसार तल फुकेको र माथि साँघुरो हुँदै गएको शैलीलाई स्तुपा शैली भनिन्छ, स्तुपा शैलीमा एउटा मात्रै गजुर रहेको हुन्छ । जस्तै : बौद्धनाथ र स्वयम्भुनाथ  । 
 
मिश्रित शैली 
वास्तुकलाका विभिन्न शैलीहरूको मिश्रण गरी निर्माण गरिएको शैलीलाई मिश्रीत शैली भनिन्छ  । भारतको टिकमगढका राजा प्रतापसिंह र रानी वृषभानु कुमारीले वि.स. १८९५ मा निमार्ण कार्य सुरू गरेर १२ वर्ष लगाएर बनाएको जनकपुरको जानकी मन्दिर मिश्रित वास्तु शैलीको उदाहरण हो । राजपुत शैली र मुगल शैली अर्थात शिखर र गुम्बज शैलीको विशिष्ट मिश्रित स्वरूप हो  । 
 
(ख)  चित्रकला 
नौसय वर्षसम्म पूराना प्राचीनबौद्ध ग्रन्थहरूमा चित्रित बौद्ध चित्रहरू नै नेपालका चित्रकलाका प्राचीन नमूना हुन् । चित्रकलालाई निम्न ३ प्रकारले अध्ययन गर्न सकिन्छ : 
 
ग्रन्थचित्र 
छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तकहरू हातैले लेखेर तयार पार्ने गरिन्थ्यो । यस्तै ग्रन्थलाई हस्तलिखित ग्रन्थ भनिन्छ । यी ग्रन्थहरूमा लेखिएका विषयसँग सम्बन्धित चित्रहरू पनि ती ग्रन्थहरूमा बनाउने चलन त्यस बेला थियो । यिनै चित्रहरूलाई ग्रन्थचित्र भनिन्छ  । ग्रन्थचित्रलाई दुई वर्गमा वर्गीकरण गरिएको छ  । 
क) गाताचित्र           
ख) पात्रचित्र 
 
ग्रन्थलाई सुरक्षित रूपमा ढाक्नका लागि तल र माथि राखिएका काठका चिल्ला फल्याकहरूमा भित्रि, बाहिरी भागमा वा दुवैतर्फ कोरिएको चित्र गाताचित्र हुन् भने मूलपाठको दायाँ बाँया बनेका वा मूल पाठलाई दायाँ बायाँ पारी कथावस्तुसँग मिल्ने गरी बनाइएका चित्रहरू पात्रचित्र हुन्  । ग्रन्थचित्रहरू ज्यादै सूक्ष्म रूपमा बन्ने हुँदा   Miniature Painting भनेर पनि उल्लेख गर्ने गरिएको पाइन्छ  । ग्रन्थचित्रहरूमा पञ्चरक्षा, प्रज्ञापारमिता, हरिवंश पूराण आदि यसका उत्कृष्ट उदाहरण हुन्  । 
 
भित्ते चित्र 
• घर, मन्दिर, गुम्वा आदिको भित्ताहरूमा बनाइएको चित्रलाई भित्ते चित्र भनिन्छ  । 
• जस्तै भक्तपुरको ५५ झयाले दरबारमा रामायण, महाभारतका कथाहरू, नल दमयन्ती कथा, कृष्णजन्म र राशलीलाका आर्कषक चित्रहरूका साथै युद्धका लागि तत्पर शस्त्रास्त्रले सुसज्जित सैनिकहरूकको चित्र अङ्कित जयप्रकाश मल्लद्वारा निर्मित जीवित देवी (कुमारी) को घर मानिने कुमारी घरमा रातो र सेतो मच्छिन्द्रनाथको चित्र, पचली भैरव, भीमसेन, हिरण्य कश्यपु वध, महाङ्काल, वज्रयोगिनी, गणेश आदि देवी देवताको र मुगल भेषमा जयप्रकाश मल्लको ६ फिट अग्लो चित्र अङ्कित छ  । 
• मिथिला चित्रकला तराई क्षेत्रमा प्रचलित भित्ते चित्रको सबै भन्दा उत्कृष्ट नमुना हो  । 
 
पौभाचित्र 
विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ । पौभाचित्र पट र मण्डल गरी दुईछन् । ‘पट’ विधिमा देवी देवताका चित्रलाई बीचमा राखी अन्य सहायक देवी देवताहरूलाई वरिपरि राखिन्छ भने ‘मण्डल’ विधिमा क्यानभासको बीचखण्डमा तान्त्रिक वा साङ्केतिक चिन्हहरू राखिन्छन् । पौभाचित्रहरू नेपाली चित्रकलाको विशिष्ट शैलीको रूपमा रहेका छन्  । 
 
(ग)   मूर्तिकला 
विभिन्न प्रकारका ढुङ्गा, माटो, काठ, सिसा, धातु आदिको विभिन्न आकृति बनाउने कलालाई मूर्तिकला भनिन्छ । नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ । मल्लकालमा नेपालको मूर्तिकला निकै फस्टाएको थियो । 
 
(घ)   काष्ठकला 
काठको प्रयोग गरी विभिन्न मूर्ति,भाडा, झयाल, ढोका,फर्निचर आदिको  निर्माण सम्बन्धिकलालाई काष्ठकला भनिन्छ  । नेपालमा काष्ठकलाको उच्चतम विकास मल्लकालमा भएको मानिन्छ  ।  
कलाकृतिका उत्कृष्ट नमूनाका रूपमा रहेका मयूर झयाल, देसेमरू झया, कुमारी घरको झ्यालहरू, ५५ झयाले दरबारका झयालहरू आदि हुन्  ।
 
बस्तुगत प्रश्नोत्तर 
– कलाकार अरनिकोलाई चिनीयाँहरूले के भनेर सम्बोधन गर्दथे ?
आनिक 
 
– काठमाडौं उपत्यकाका महत्वपूर्ण १८ महाविहारहरूमध्ये सबैभन्दा पूरानो महाविहार कुन हो ?
बज्रशीला महाविहार 
 
– नेपालमा प्यागोडा शैलीको सुरुवात कहिलेदेखि भएको मानिन्छ ?
११ औं शताब्दी  (२०६८, लो.से.आ.) 
 
– सम्राट अशोक नेपाल आउँदा नेपालमा बनाउन लगाएका अशोक स्तम्भ कति ओटा छन् ?
३ वटा 
 
– नेपाल ललितकला संघको स्थापना कहिले गरिएको हो ?
वि.सं. २०२२ 
 
– गुतपौ दरबार कुन दरबारको पूरानो नाम हो ?
हनुमान ढोका दरबार 
 
– सिंहदरबारलाई एशियाकै ठूलो (वि.सं. २०३० सम्म मात्र) र सुविधा सम्पन्न महलको रूपमा कहिले घोषणा गरिएको थियो ?
वि.सं. १९६२
 
– स्वयम्भु तथा बौद्धनाथको चैत्य कुन शैलीमा बनेका छन् ?
स्तुप शैली 
 
– वास्तुशास्त्रको मूल आधार कुन वेदलाई मानिन्छ ?
स्थापत्य वेद
 
– फ्रान्सको भर्सेलिज दरबारको अनुकरण गरी नेपालमा बनाइएको दरबार कुन हो ?
सिंह दरबार 
 
– भक्तपुर माटाको भाँडाको लागि प्रसिद्ध छ भने पाटन ढोका केका लागि प्रख्यात छ ?
धातुको भाँडाको लागि 
 
– काठमाडौं उपत्यकामा सबभन्दा बढी कुन शैलीका मन्दिर छन् ?
प्यागोडा 
 
– ललितकला भन्नाले केलाई बुझाउँछ ?
वास्तुकला, मूर्तिकला र चित्रकला 
 
– ईंटाबाट बनेको नेपालको सबैभन्दा ठूलो मन्दिर कसलाई मानिन्छ ?
पाटनको महाबौद्ध मन्दिर 
 
– गुनपौ दरबार कुन दरबारको पूरानो नाम हो ?
हनुमानढोका दरबार 
 
– पाषाण युगमा कलालाई के भनिन्थ्यो ?
जादु
 
– नेपाली वास्तुकलामा कति प्रकारका शैलीको विशेष भूमिका रहेको छ ?
३ 
 
– हिरण्यवर्ण महाविहार कहाँ छ ?
क्वालखु, ललितपुर 
 
– हनुमान ढोका दरबारलाई पहिले के भनिन्थ्यो ?
गुतपौ 
 
– दरबारनेपालको सबैभन्दा अग्लो मन्दिरको रूपमा रहेको भक्तपुरको न्यातपोलको उचाँइ कति छ ?
१०८ फिट 
 
– मुगल सम्राट शाहजहाँले मुमताजको स्मृतिमा निर्माण गराएको भारतको उत्तर प्रदेश आग्रा सहरमा अवस्थित ताजमहलको निर्माण गर्न कति समय लागेको थियो ?
१७ वर्ष
 
– खड्गशमशेरद्वारा आफ्नी महारानी तेजकुमारीको यादमा एउटै विशाल चट्टानको काखमा कुदिएर ढुङ्गाका प्रस्तर कलाकृति झल्कने गरी रानीमहल कति वर्षमा निर्माण गरिएको थियो ?
१० वर्ष  
 
– देहायको मध्ये कुन भनाई ठिक छ ? 
क)  भक्तपुरको मयुर झयाल र काठमाडौँ  नरदेवीमा रहेको देशेमरु झयाल नेपालको उत्कृष्ट काष्ठकला हो  । 
ख)  किरातकालमा सिर्जना भएको विरूपाक्षको प्रस्तर मूर्ति नेपालको पहिलो मूर्तिकला हो  । 
ग)  नेपालमा फेला परेको पहिलो भित्तेचित्र लिच्छविकालीन कैलासकुट भवनमा भेटिएको भित्तेचित्र हो  । 
घ)  माथिका सबै ठिक छन्  ।
 
– पशुपतिनाथको मन्दिरलाई स्वर्णमय बनाउने ब्यक्ति को हुन् ?
भाष्कर बर्मा
 
बिश्वमा प्यागोडा शैलीको विकास कुन देशबाट भएको मानिन्छ  ? 
जापान 
 
– नेपाली वास्तुकलामा कति प्रकारका शैलीको विशेष भूमिका रहेको छ ?
३ 
 
– काभ्रेमा रहेको पलाञ्चोक भगवतीको मन्दिर कसले बनाएको हुन् ?
मानदेव 
 
– लालदरबार र सेतो दरबार कसले बनाएका हुन् ?
बीर शमशेर
 
– घर देवालय बनाउने कलालाई के भनिन्छ ?
स्थापत्य कला
 
– ऐतिहासिक हिल्याङ्ग दरबार कहाँ पर्छ ?
पाँचथर 
 
– उपत्यकाको जगत नारायण मन्दिर कुन शैलिमा निर्माण गरिएको हो ?
शिखर 
 
– प्यागोडा शैलीको सबैभन्दा पूरानो मन्दिर कुन हो ?
चाँगुनारायण 
 
– नेपालको सबैभन्दा पूरानो मन्दिर कुनलाई मानिन्छ ?
स्वयम्भूनाथको मन्दिर 
 
– घर, मन्दिर, पाटी, पौवा, दरबार आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?
वास्तुकला
 
– काठमाडौँको धरहरा कुन शैलीमा निर्माण गरिएको छ ?
मुगल शैली 
 
– कलाको दृष्टिकोणले काठमाडौँ  उपत्यकालाई के को रूपमा लिने गरिन्छ ?
खुला सङ्ग्रहालय 
 
– पाटन संग्रहालयको पुनः निर्माण (धातुकला सङ्ग्रहालय) कुन मुलुकको सहयोगमा भएको हो ?
अष्ट्रिया 
 
– नेपालको सबैभन्दा पूरानो (नौ सय वर्ष अघि) हस्तलिखित प्रज्ञापारमिता नामक ताम्रपत्रको एकापट्टि पञ्च बुद्ध र चार तारा छ भने अर्कोपट्टि के छ ?
बज्रसत्व, देवीहरूका चित्र र प्रज्ञापारमिता  
 
– वास्तुकलाको उच्चतम विकासकाल भनेर कुन काल लाई भनिन्छ ?
मध्य काल
 
– काठमाडौँ  उपत्यकामा विशेष गरी कुन शैलीका मन्दिर, दरबारहरू बनेका छन् ?
प्यागोडाशैली 
 
– जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली कुन हो ?
मुगलरराजपुत शैली  (२०७३,लो.से.आ.)
 
– एकभन्दा बढि छानो बनाई तल फराकिलो र माथि साँघुरिँदै जाने शैलीलाई कुन शैली भनिन्छ ?
प्यागोडा  
 
– पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिर कुन शैलीका मन्दिर हुन् ?
प्यागोडा   (२०७१, लो.से.आ.) 
 
– धनीहरूको घर अर्थ लाग्ने हम्र्य शैलीलाई कुन कालका दरबारहरूको कलात्मक र उत्कृष्ट शैलीका रूपमा लिइन्छ ?
मध्य (मल्ल) काल 
 
– जनकपुरको जानकी मन्दिर कुन शैलीको नमुना हो ?
राजपूत र मुगल मिश्रित शैली 
 
– लुम्बिनीको मायादेवी मन्दिर कुन शैलीमा बनेको मन्दिर हो ?
स्तुप शैली 
 
– छानाविहीन पहाडको चुचुरा जस्तो गरी उँभोतर्फ साँघुरो र चुच्चो पार्दै गएको वास्तुकला सम्बन्धी शैलीलाई के भनिन्छ ?
शिखर शैली 
 
– पुनरेवा दरबार कहाँ छ ?
रौतहट 
 
– नेपालको सबैभन्दा ठूलो दरबार सिंहदरबार हो भने नेपालको सबैभन्दा ठूलो मन्दिर कुन हो ?
जानकी मन्दिर 
 
– नेपालको सबैभन्दा ठूलो घण्टा हनुमान ढोका अगाडि रहेको छ भने नेपालको सबैभन्दा ठूलो नगरा कहाँ छ ?
हनुमान ढोका अगाडि
 
– नेपालको सबैभन्दा पूरानो मन्दिर जसलाई प्राचीन कालमा युयान समेत भनिन्थ्यो कुन हो ?
स्वयम्भुनाथ
 
– विश्वको सबैभन्दा ठूलो थान्का नेपालमा कहिले प्रदर्शन गरिएको थियो ?
वि.सं. २०६९ मा 
 
– लंलितकला अन्तर्गत पर्ने मुख्य ३ पक्षहरू के–के हुन् ?  
वास्तुकला, मुर्तिकला र चित्रकला
 
पौभा चित्र कति प्रकारका हुन्छन् ?
२ (पट र मन्डला) 
 
– पौभा चित्रलाई तिब्बती भाषामा के भनिन्छ ?
थान्का
 
– हनुमान ढोका दरबार,  मरुसत्तल,  नोल्छे दरबार, नौतले दरबार भनेर कुन दरबारलाई चिनिन्छ ?
वसन्तपुर दरबार 
 
– तलको कुन भनाइ ठिक छ ? 
क)  नेपाली चित्रकलालाई ग्रन्थचित्र, पौवाचित्र र भित्तेचित्र गरी तीन भागमा बांडिन्छ 
ख) वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ 
ग) मिति समेत उल्लेख गरेको सबभन्दा पूरानो मूर्तिकला मानदेवद्वारा स्थापित वामनको  त्रिविक्रमको मूर्ति हो 
घ)  माथिका सबै ठिक छन्  ।
 
– घरको भित्तामा कोरिने पुराति चित्र कुन जाती विशेषको पहिचान हो ?
गुरुङ्ग 
 
– सबैभन्दा पूरानो नेपाली हस्तलिखित ग्रन्थचित्र कुनलाई मानिन्छ ?
प्रज्ञा, पारमिता 
 
– भुस, माटो गोबर मिलाई मिहीन बनाएर भित्तामा कोरिएको चित्रलाई के भनिन्छ ?
भित्ते चित्र (२०७०, लो.से.आ.) 
 
– थारु समुदायले घरका भित्तामा कलात्मक रूपमा बनाउने पशुपंक्षी, फुल, वोट, विरुवा आदिको चित्र कोर्ने कार्यलाई के भनिन्छ ?
मोखा
 
– The Last Judgment कसले बनाएको विश्व प्रसिद्ध चित्र हो ?
माइकल एन्जेलो 
 
– नेपालको पहिलो महिला चित्रकार को हुन् ?
डवाला सम 
 
– गुरूङ जातिको घरको भित्तामा कोरिने एक प्रकारको भित्ते चित्रलाई के भनिन्छ ?
पूराति चित्र  (२०६९, लो.से.आ.)
 
– थाङ्का चित्रकलालाई “पौभा चित्र ’’ भनिन्छ भने मिथिला चित्रलाई के भनिन्छ ?
मधुवनी चित्रकला
 
– संसारमा कलाहरू मध्ये सबैभन्दा प्राचिनकला कुन हो ?
चित्रकला 
 
– पुस्तकको पाना वा गातामा लेखिएको चित्रलाई के भनिन्छ ?
ग्रन्थ चित्र 
 
– प्रतिक चिन्ह बीचमा राखी बनाइएको चित्रलाई के भनिन्छ ?
मण्डल चित्र 
 
– माटोलाई तेलमा मिलाइ पकाएर विभिन्न मूर्ति बनाउने प्रविधिलाई के भनिन्छ ?
टेराकोटा 
 
– नेपालमा हालसम्म पाइएको सबैभन्दा पूरानो चित्र कुन हो ?
ग्रन्थ चित्र 
 
– कुनै वस्तु निर्माण, सिर्जना, कार्य सम्पादन, प्रस्तुतीकरणको क्रममा अपनाइने सीप वा कौशललाई के भनिन्छ ?
कला
 
– नेपाली कलाको उत्कर्षकाल भनेर कुन शताब्दीलाई चिनिन्छ ?
११ औं 
 
– आशुकवि भनेर कसलाई चिनिन्छ ?
शम्भु प्रसाद ढुङगेल  (२०७३,लो.से.आ. )
 
– कपडामा बनाएको चित्रलाई के भनिन्छ ?
थाङ्का,  पौवा  
 
– चित्रकलामा कुन कुन पर्दछन् ?
 ग्रन्थ चित्र,  पौभा चित्र र भित्ते चित्र
 
– विश्वप्रसिद्द इटालियन चित्रकार एव मूर्तिकार माइकल एन्जलोले २० वर्ष लगाएर बनाएको प्रसिद्ध चित्र के हो ?
अन्तिम निर्णय (Last Judgement) 
 
– नेपालको सबैभन्दा ठूलो काठको मन्दिर कुनलाई मानिन्छ ?
काष्ठमण्डप 
 
– मन्दिर लगायतका स्मारकहरूको छानालाई थाम्न ४५ को कोणमा राखिने साधा वा कलात्मक काठलाई के भनिन्छ ?
टुँडाल 
 
– मन्दिरहरूमा प्रवेशद्वार माथि रहने अर्ध वृत्ताकार काठका आकृतिहरूलाई के भन्न्छि?
तोरण 
 
.................................
 
संगीत
संगीत भन्नाले गायन, वादन र नर्तनको संगीतलाई बुझिन्छ । संगीतमा, ध्वनिहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ । संगीत धेरै किसिमका छन्  । संगीतको उत्पत्ति समावेदबाट भएको मानिन्छ । मुद्रासहित अभिनय गरी कुनै अवस्थाको भाव प्रदर्शन गर्ने कलालाई नृत्य संगीत भनिन्छ । संगीत मानिसको आवाज वा विशेष उपकरणहरू, जस्तैः सितार, गितार, भायोलिन वा ड्रम आदिबाट धुन निकाल्ने एक कला हो । 
 
नेपालमा नाचिने प्रमुख तथा प्रचलित नृत्यहरू 
धान नाच 
यो नाच लिम्बू जातिमा प्रचलित लोक नृत्य हो  । यस नाचमा गाइने गीतलाई ‘पालम’ भनिन्छ  । यस नाचमा लिम्बू युवायुवतीहरू परस्परमा सवाल जवाफ गर्दै नाच्ने गाउने गर्दछन्  । 
 
घाटु नाच 
घाटुनाच गुरुङ समुदाय र दुरा समुदायमा प्रचलित लोक नृत्य हो  । यो नृत्यमा गाउँकी कुनै बुढी स्वास्नी मान्छेलाई गुरुआमा मानी उनकै नेतृत्वमा अन्य महिलाहरू संलग्न भई पूरानो कथामा आधारित गीत गाई त्यसैको तालमा अन्य नाच्ने गर्दछन्  । यो नाच प्रत्येक वर्ष वसन्त पञ्चमीका दिन सुरु भई बैशाख पूर्णिमाका दिन समाप्त हुन्छ  । 
 
मञ्जुश्री नाच 
काठमाडौँ  उपत्यकामा नाचिने शास्त्रीय नृत्यहरूमध्ये यो पनि प्रख्यात नृत्य हो । मञ्जुश्रीलाई ज्ञानकी देवीको रूपमा पनि मानिन्छ । यो नृत्यमा मञ्जुश्रीले स्वम्भुनाथको प्राथना गर्र्दिछन् । यसमा हात तथा शरीरको चाल प्रयोग गरी मानव आत्माको विभिन्न अवस्थाको प्रदर्शन गरिन्छ  । 
 
सोरठी नाच 
सोरठी नाच गण्डकी अञ्चलका गुरूङ र मगर समुदायमा निकै प्रख्यात छ । पूरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरू भन्ने हुन्थ्यो । यो नाच ठूलो समूहमा नाच्ने गरिन्छ । दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न यो नृत्य गर्ने गरिन्छ । पन्ध्रवटा रानि र एक राजकुमारी गरी सोह्र स्त्रीहरूसँग सम्बन्धित भएकाले सोह्र वटी भन्दा भन्दै सोरठी भएको भन्ने भनाइ छ  । 
 
धिमे नाच 
यो नेवार समुदायमा प्रचलित नाच हो । नेवार समुदायको प्रचलित बाजा धिमेबाट यो नाचको नामाकरण भएको पाइन्छ । इतिहास अनुसार मल्ल राजाहरूको समयमा युद्धको विजय पश्चात यो बाजा बजाइन्थ्यो । यस नृत्यमा नर्तकले बाजाको धुनसँग नाच्दै एकै पटक दुई युवतीलाई आर्किर्षत गर्ने प्रयास गर्दछन्  । 
 
झाँगड नाच 
नेपालको पूर्वी तराई भागमा बसोबास गर्ने झाँगड समुदायमा प्रचलित यो एक लोक नृत्य हो । यो नृत्य खागगरी किसानले बैशाख, जेष्ठ अथवा अषाढमा प्रशस्त पानी पार्नको लागि भगवान इन्द्रलाई खुसी पार्न नाचिने गरिन्छ  । 
 
झ्याउरे नाच
यो नाच नेपालको पश्चिम भागमा प्रचलित छ । यसमा विशेषत युवा युवतीले भाग लिन्छन् । यो नृत्य नाचिने खासै समय छैन् अर्थात यो नाच वर्षैभरि नाचिने गरिन्छ । कुनै पनि जात्रा, पर्वहरूमा मानिसहरू भेला भई मादल बजाएर यो नाच नाचिन्छ । यसमा युवा युवतीहरूले जवाफ फर्काउँदै गीत गाउँछन्  । 
 
भैरब काली 
नृत्य यो पनि काठमाडौँ  उपत्यकाको शास्त्रीय नृत्य हो । यो नाचमा भैरव र काली एक आपसमा रमाइलो गर्दै आफ्नो सुरमा नाच्दछन् भने अरु मानिसहरू पनि भैरव र कालीलाई खुसी पार्न विस्तारै नाच नाच्दछन्  । 
 
बालन नाच 
खासगरी ब्राह्मण, क्षेत्री समाजमा बालन गायन र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पूरानो हो । ब्राह्मण, क्षेत्री समाजमा प्रचलित रहेको हुनाले यसलाई बाहुन नाच पनि भनिन्छ । बालन, नेपाली संस्कृतिको एक महत्वपूर्ण पक्ष हो, यसमा देवीदेवताको गुणगानमा केन्द्रित रहेको पाइन्छ । सृष्टिकालदेखिका भगवानका लीला र अवतारहरूको वर्णन बालनमा हुन्छ । हिन्दू परम्पराका अनुयायी व्रतालुहरू भगवानको विशेष पूजा आराधनाको बेला र खासगरी रीति जाग्राम बसेको बेला बालनका टोली ल्याएर गाउने र नाच्ने गरिन्छ । साथै शिवरात्री, बालाचतुर्दशी, हरिबोधनी एकादशी लगायतका चाडपर्व, जात्रामा र धार्मिक उत्सवमा पनि बालनको आयोजना गरिन्छ । बालन टोलीमा बालन गाउने र नाच्नेको समूह हुन्छ । बालन गायन र नृत्यसँगै भगवानका अवतारहरूमा केन्द्रीत क्रियाकलाप चटकका रूपमा प्रस्तुत गरिन्छ  ।  
 
कात्तिक नाच 
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्र्तिक नाच भनिन्छ । वि.सं. १६९७ मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए । विष्णु पूराणको नरसिंह अवतारको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झयाली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ  । सुरुमा सो नाच कृष्णलीलामा आधारित थियो । त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्र्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो । उनी पछि उनकै छोरा श्री निवास मल्लको पालामा वि.सं. १७३० मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत देखाई पन्ध्र दिनसम्म सो नाच चलाएका थिए । 
 
मारूनी नाच 
मारूनी नाच नेपालको परम्परागत नाच हो । पुरुषलाई महिलाको कपडा पहिराएर मारूनी बनाएर मादलको तालमा पूराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातीको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ । मारुनी नाँचमा दुइ जना मारुनी दुई देखि तिनजना मादले (मादल बजाउने मान्छे), एक जना पुरसिँगे र ६ जना देखि १० जनासम्म गायकहरू हुन्छन् । गायकहरूमा एक जना गुरु हुन्छ जसलाई मारुनी नाचको बारेमा सबै थाहा छ त्यसैलाई मात्र गुरु मानिएको हुन्छ । खास गरेर दशैँ, तिहार, देउसी, भैलीमा यो मारूनी नाँच नाचेको देखिन्छ । 
 
झिझिया नाच
यो नृत्य मैथिली समाजको लोक नृत्य हो  । मिथिलाञ्चलको पहिचान बोकेको यस नृत्यमा महिलाहरूको बढी सहभागिता हुने गर्दछ । उनीहरू घटस्थापना भन्दा अगाडि नै माटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्री प्रारम्भ भए पछि समूहमा रहँदै सो घैंटोहरूमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्दछन्  यो नृत्य घटस्थापना देखि दसैसम्म नाचिन्छ। मिथिलाञ्चलमा व्याप्त बोक्सी प्रथा प्रति तिखो व्यङ्ग गर्दै प्रदर्शन गरिने झिँझिया नृत्यमा महिलाहरूले बत्ती बालेको घैंटो टाउकोमा राखी नाच्दै, गाउंदै गाउँ परिक्रमा गर्छन् । यस नाचमा कलशमाथि राखिएको ढकना आत्माको प्रतीक मानिन्छ भने त्यसबाट निस्कने मुस्लोलाई ज्योति मानिन्छ । बोक्सीरूपी अन्धकारलाई आत्माको प्रकाशबाट नास गर्ने विश्वास गरिन्छ  । 
 
लाखे नाच
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो  । 
 
नृत्यहरू
  • सोरठी नाच – मगर, गुरुङ 
  • स्याब्रु नाच – शेर्पा
  • झिझिया नाच – मैथिली 
  • कटेहर, चाँचर,जटजटिना नाच  – थारू 
  • कर्माधर्मा नृत्य – झाँगड 
  • देउडा नाच – सुदूरपश्चिम क्षेत्र 
  • सेलो नाच –  तामाङ्ग 
  • कौरा, मारूनी, टप्पा नाच – मगर,गुरुङ 
  • चण्डी नाच – किराँत 
  • धान नाच,च्याबु्रङ नाच  – लिम्बु 
  • रोदी –  गुरुङ्ग, मगर 
 
नेपालमा पाइने बाजाहरू
• अवनद्ध बाद्य : छालालाई मोडेर बनाइएका बाजालाई अवनद्ध वा ताल वाद्य भनिन्छ । नायो, कर्नाल, संख, नरसिंहा आदि सुसिर वाद्य हुन्  ।
• धनवाद्य :  हातले ठोकेर वा पिटेर बजाइने बाजालाई धन वाद्य भनिन्छ । धनवाद्यहरू अवनद्ध वाद्यलाई सघाउ पु¥याउने किसिमका हुन्छन् । मुनुरा, मुर्चुङ् गा, झ्याली, घण्टी, गितार आदि धनवाद्य हुन्  । 
 
पञ्चैबाजा
पञ्चै बाजा नेपालको प्रसिद्ध परम्परागत बाजा हुन् ।  पञ्चैबाजा अन्तर्गत पर्ने बाजाहरू :  नरसिँहा, सहनाई, दमाहा, ट्याम्को, झ्याली हुन्  ।
 
नौमती बाजा 
नौमती बाजा नौवटा बाजाहरूको सामुहिक बाजा हो । यो पञ्चे बाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । यस अन्र्तगत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिँगा बाजा हुन्छन् जसमा सहनार्इ र दमाहाका दुई दुई वटा हुन्छन्  । सनही र नरसिङ्गा फकुरे, टूलो  दमाहा,  सानो दमाहा, ढालेक र ट्याम्को ठाकेरे तथा झ्याम्टा र मजुरुा एक आपसमा जधुाएर बजाइन्छ । नाजैना बाद्यवादक लाके कलाकारहरूले सूर  र ताल मिलाएर एकपैटक बजाउने गरकोले  यो बाद्य समहूलार्इ नामैति बाजा भरिएको हो । 
 
सहनाई 
सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ । फुक्दै पौन फेर्दै यसमा मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै बजाइन्छ । एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बजाइने सनईलाई पोथी सनई पनि भनिन्छ । विशेष गरी यो सिल्वर र पित्तलबाट निर्मित हुन्छ  । 
 
ढोलक
मादलजस्तो तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्कातिर सानो लट्ठीले ठोकेर बजाइन्छ । यसले अरू बाजाहरूको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ । ढोलक झण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ ।  
 
दमाहा  
यसैगरी नौमती बाजामध्ये ठूलो बाजाका रूपमा दमाहा पर्दछ । तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ । यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ  । 
 
सानो दमाहा/ बाउँताल 
दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ । यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन्  र  ठूलो दमाहाको तुलनामा यसको घन्काई पनि कम हुन्छ त्यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ । 
 
ट्याम्को 
नौमती अन्तर्गतको ताल दिने अर्को बाजा हो ट्याम्को जसको बनावट झण्डै झण्डै सानो दमाहाजस्तै हुन्छ । यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ । सनईका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ र अरू बजाहरू बज्न थाल्छन् । यसरी ट्याम्को र सानो दमाहा एक अर्काका पूरक बाजाहरू हुन् । 
 
झयाम्टा र झयाली 
बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थालजस्तो आकारको हुन्छ । काँशका दुई थालहरू जस्तै आकारका झयाम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झयाम्टा एक आपसमा जुधाएर काँशे रन्को निकालिन्छ । सनईको सूरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन् त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मीठाससँगै झयाईंझयाईं गर्दै झयाम्टा बजाइन्छ   । 
 
नरसिङ्गा 
यो मुखले फुकेर बजाइन्छ, यसको फुक्ने   ठाउँ सानो तर क्रमशः ठूलो ठूलो हुँदै फुक्दै जान्छ । तामाले बनेको यो बाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ । नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ । पशुको सिङ्ग आकारको यो बाजा बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ । 
 
कर्नाल 
बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठूलो नरसिँगा भन्दा हुन्छ । साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ । यो वाजा तामाले बनेको हुन्छ ।  कर्नाललाई पनि नरसिङ्गालाई जस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ ।
 
बस्तुगत प्रश्नोत्तर 
– धिमे बाजा कुन जातिमा प्रचलित छ ?
नेवारी 
 
– जनकपुरमा सिताराम विवाहको सम्झनामा प्रत्येक वर्ष मनाईने विवाह महोत्सवमा सबैलाई आमन्त्रण गर्न गाईने गीतलाई के भनिन्छ ?
मंगलगित
 
– गीत संगीतका क्षेत्रमा प्रदान गरिने ग्रामी अवार्ड अमेरिकी पप गायक माइकल ज्याकसनले आफ्नो जीवनकालमा कति पटक पाएका थिए ?
१३ पटक 
 
– सुरसुदा केसँग सम्वन्धित छ ?
गीत सङ्गीतसँग 
 
– गायिका आनी छोडङ्ग  डोल्माद्वारा गाइएको गीत फूलको आखाँमा फूलै ससांर ...का रचनाकार को हुन् ?
दुर्गालाल क्षेष्ठ 
 
– वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ ?
ब्राह्मण, क्षेत्री दुवै  (२०६८, लो.से.आ.) 
 
– हरियो डाँडामाथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युँझाउन, प्रजातन्त्रको काफल जस्ता गीतका गायक को हुन् ?
धर्मराज थापा  
 
– List-I/List-II बीच जोडा मिलाउनुहोस् र सही उत्तर छनोट गर्नुहोस् । (२०७१, लो.से.आ.) 
List-I             List-II 
a. कौरा नाच   1. तामाङ 
b. भोटेशेला     2.  मगर 
c. ट्राहोटे पव    3.  व्यासी 
d. बडानी पूजा  4.  गुरूङ्ग
उत्तर  :  a-2, b-1, c-4, d-3 
 
– मृत्यु संस्कारमा दोरा नाच नाच्ने प्रचलन कुन जातिमा रहेको छ ? 
तामाङ
 
– नेपालको वर्तमान राष्ट्रिय गानका रचयिता को हुन् ?
प्रदीपकुमार राई
 
– नेपालमा पहिलो पटक नेपालमा (सन् २००७) मा पियानो बाजा भिœयाउने व्यक्ति को हुन् ?
सन्त बहादुर गौतम 
 
– गाईनेहरूको वाजा सारङ्गीलाई पोथीवाजा भनिन्छ यसको भाले बाजा भनि चिनिने वाजा कुन हो ?
अर्वाजोर 
 
– “शिली”कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ?
चण्डी नाच 
 
– पलेँटी केसँग सम्बन्धित छ ?
गीतसंगित 
 
– प्रथम नेपाली ताराका विजेता को थिए ?
दिपक लिम्बु 
 
– लोकबाजा सङ्ग्रहालय कहाँ रहेको छ ?
त्रिपुरेश्वर, काठमाडौँ 
 
– नेपालमा सर्वप्रथम अन्तर्राष्ट्रिय कला प्रदर्शन कहिले गरिएको थियो ?
वि.सं २०२७ 
 
– रोपाईमा बजाइने बाजालाई के भनिन्छ ?
वेठी
 
– कर्माधर्मा नृत्य कुन जातिको प्रसिद्ध नृत्य हो ?
झागँड
 
– संगीत क्षेत्रको विश्वको सबैभन्दा ठूलो अवार्ड कुन हो ?
ग्रामी अवार्ड
 
– मर्न बरु गाह्रो हुन्न.... लगायतका ४०० भन्दा बढी कालजयीगित गाएका गायक फत्तेमान राजभण्डारीको मृत्यु कहिले भएको थियो ?
२०७० भदौ २५ 
 
– “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछन् ?
नेवार 
 
– बल्ल पर्यो निरमाया माकुरी जालैमा.... लगायतका ४०० भन्दा बढी गीत गाएका २०१० मा तनहुँमा जन्मेका ६० वर्षीय लोकगायक तीर्थबहादुर – गन्धर्वको मृत्यु कहिले भएको थियो ?
२०७०भदौ ८    
 
– ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ बोल गीतका रचनाकार स्रष्टा को हुनुहुन्छ ?
गीतकार रत्न शमशेर थापा 
 
– भगडा नृत्य कुन धर्मसँग सम्बन्धित छ ?
शिख धर्म 
 
– हालको राष्ट्रिय गानमा स्वर दिने गायकहरू कतिजना छन् ?
२० जना 
 
– हालको राष्ट्रिय गान कति समयको छ ?
१ मिनेट ५ सेकेन्ड 
 
– रणबाघ भन्नाले कुन बाजालाई चिनिन्छ ?
धिमे बाजा 
 
– नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन् ?
लिम्वु 
 
– चर्या नृत्य कुन धार्मिक सम्प्रदायसँग सम्बन्धित छ ?
बुद्ध धर्म(बज्रयान) 
 
– संसारमा सबैभन्दा धेरै गाइने गीत कुन हो ?
ह्यापी बर्थ डे... 
 
– नेपालको सैनिक गान ‘रातो र चन्द्र सूर्य....का ’ रचनाकार  गोपालप्रसाद रिमाल र संगितकार तथा गायक अम्बर गुरुङलाई कहिले मानार्थ – महासेनानीको सम्मान प्रदान गरिएको हो ?
वि.सं. २०६८/५/२ 
 
– पसिना र आँशु निकाल्दै अनुहारबाट हाउभाउ प्रकट गरी गर्ने नृत्यलाई कस्तो नृत्य भनिन्छ ?
सात्विक 
 
– नेपालको चर्चित साङ्गीतिक व्यान्ड “नेपथ्य” कहिले स्थापना भएको हो ?
सन् १९९०
 
– नेपाल एकीकरणका क्रममा गोर्खाली लडाकु र तिब्बती सेनाबीचको लडाइँको सम्झना गर्दै छेची पर्वका अवसरमा घोडाचढी नृत्य कुन समुदायमा नाचिन्छ ?
तामाङ 
 
– समूह I र समूह II जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।(२०७१, लो.से.आ.) 
समूह I               समूह II 
क) घाटु नाच       १) मगर 
ख) तबरि नाच    २) गुरुङ  
                         ३) गन्धर्व
उत्तर : क–२, ख–३ 
 
– तराई क्षेत्रमा प्रचलित पौराणिक कथाहरूमा रहेका विभिन्न पात्रहरूको अभिनय गरी गरिने नृत्यलाई के भनिन्छ ?
चरित्र नृत्य 
 
– प्रसिद्ध कार्तिक नाच कहिलेदेखि शुरु भएको हो ?
वि.सं. १६९७ 
 
– लिम्बु जातिमा प्रचलित धान नाचमा गाइने गीतलाई के भनिन्छ ?
पालभ 
 
– दसैंको घटस्थापनादेखि पूर्णिमासम्म दुर्गाको आराधनाका लागि बजाइने धुन कुन हो ? मालश्री  ‘गाउँछ गीत नेपाली.....’ गीतका रचनाकार को हुन् ?
माधव घिमिरे 
 
– वाद्यशिरोमणि भन्नाले कसलाई चिनिन्छ ?
उस्ताद गणेशलाल
 
– नेपालको राष्ट्रिय बाजा कुन हो ?
मादल 
 
– मानिस जन्मेदेखि नमरुञ्जेलसम्मका कृयाकलाप र पशुपक्षिंका कृयाकलाप चित्रण गरी नाचिने किराती समुदायमा प्रचलित नाचलाई के भनिन्छ ?
साकेला सिली
 
– नेपालका पूराना कलाकार मेलवादेवी गुरुङ कलाको कुन क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ ?
गायन 
 
– गीत रेकर्ड गराउने पहिलो नेपाली गायिका को हुन् ?
मेलवादेवी 
 
– सरस्वती नाच कुन जातिसँग सम्बन्धित छ ?
तामाङ 
 
– बोलेर गरिने नृत्यलाई के भनिन्छ ?
नाचिक नृत्य 
 
– होलीको अवसरमा मिथिलाञ्चलमा गाइने मौलिक गीतलाई के भनिन्छ ?
होलैया र जोगिरा 
 
– थान नाच कुन समुदायमा प्रचलित नाच हो ?
गनगाई 
 
– नेपाली सेनका मानार्थ कर्नेल कुन वरिष्ठ सङ्गीतकार हुन् ?
आलोक श्री 
 
– राम्रो भेषभूषा साथै गहना लगाएर गरिने नृत्यलाई के भनिन्छ ?
आहार्य 
 
– थाली नृत्य कुन समुदायमा प्रचलित नृत्य हो ?
मगर 
 
– “म त लालीगराँस भएछु” भन्ने गीतका लेखक क्षेत्रप्रताप अधिकारीको निधन कहिले भयो ?
२०७० चैत्र ३० 
 
– कौरा नाच कुन जातिमा नाचिने प्रचलन छ ?
मगर 
 
– रेडियो नेपालमा पहिलो गायक हरिप्रसाद रिमालले कुन बोलको गीत रेकर्ड गराएका थिए ?
मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ  । 
 
– नेपालको नयाँ राष्ट्रिय गानका रचनाकार को हुन् ?
प्रदिप कुमार राई 
 
– रेडियोमा गाउने प्रथम गायिका कोइली देवी हुन् भने प्रथम गायक को हुन् ?
हरिप्रसाद रिमाल 
 
– सङ्गीतको उत्पत्ति कुन वेदबाट भएको हो ?
सामवेद 
 
– भगवान शिवको नृत्यलाई के भनिन्छ ?
ताण्डव
 
– नृत्यावस्थामा भगवान शिवलाई के भनिन्छ ?
नटराज 
 
– हिन्दु र बौंद्ध धर्ममा चली आएको आध्यात्मिक बाजा कुन हो ?
घण्ट 
 
– “देउडा नाच” नेपालको कुन भौगोलिक क्षेत्रमा बढी प्रचलित छ ?
सुदुरपश्चिमान्चल
 
– नेपालका स्वर सम्राट भनेर कसलाई चिनिन्छ ?
नारायण गोपाल 
 
– सारंगीलाई पोथी वाजा भनिन्छ भने भाले बाजा केलाई भनिन्छ ?
अर्वाजो 
 
– बौद्धमार्गीहरूको शास्त्रीय नाचलाई के भनिन्छ ?
चर्या नाच 
 
– रोदी नाच गुरुङ र मगर समुदायमा, मारुनी नाच मगर समुदायमा बढि प्रचलनमा रहेको छ भने धान नाच कुन समुदायमा बढि प्रचलित छ ?
लिम्बु 
 
– साकेला (चण्डी) नाच कुन कुन महिनामा नाचिन्छ ?
बैशाख शुक्ल पूर्णिमा र मंसिर शुक्ल पूर्णिमा 
 
– स्त्रीको भेषमा पुरुषले नाच्ने नृत्यलार्इ के भनिन्छ ?
मारुनी 
 
– नेपालका मौलिक कर्णप्रिय धुनहरूलाई स्तरीय रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लोकप्रिय बनाउन कार्यरत ३ जना संगीत साधकहरू को को हुन् ?
सितार वादक विजय वैद्य,  तलवा वादक सुरेन्द्र श्रेष्ठ र बाँसुरी वादक प्रेम राना औतारी 
 
– हातले ठोकेर, पिटेर वा आघात गरी बजाइने बाजालाई के भनिन्छ ?
घन वाद्य
 
– संगीत भन्नाले कुन विधालाई समेट्छ ?
नृत्य, गायन र वाद्य वादन 
 
– हालको राष्ट्रिय गान ‘सयौं थूँगा फूलको हामी’मा संगीत दिने संगीतकार अम्बर गुरुङ हुन् भने संगीत संयोजनको काम कसले गरेका छन् ?
शरद गुरुङ  
 
– काठमाडौं उपत्यकाका नेवार सम्प्रदायमा प्रचलित पैंता, पोङा कुन किसिमको बाजा हो ?
सुसिर वाद्य
 
– तामाङ जातिले बजाउने ‘डम्फु’ बाजा कुन जनावरको छालाबाट बनाउने गरिन्छ ?
मृग  (२०६८, लो.से.आ.) 
 
– हिमाली क्षेत्रका बौद्ध मठहरूमा लामाहरूले धार्मिक कार्यमा बजाइने मान्छेको नलि हाडबाट बनाइने बाजा कुन हो ?
काङलिङ
 
– डम्फु मुख्यतः तामाङहरूको बाजा हो भने बिनायो मुख्यतः कुन जातिको बाजा हो ?
राई 
 
– बौद्ध संस्कारमा प्रचलित पंचैताल बाजामा पर्ने दुई बाजा तां, पोगा हुन् भने अन्य तीनमा तलको कुन पर्दैन ?
छुस्या 
 
– धिमे बाजा काठमाडौँ  उपत्यकाका ज्यापू समुदायसँग सम्बन्धित बाजा हो भने सारङ्गी मुख्यत : कुन जातिसँग सम्बन्धित बाजा हो ?
गन्धर्व 
 
– मध्य पश्चिम तथा सूदूर पश्चिमाञ्चलका पहाडी भेगमा बजाइने डमरु जस्तै बाजालाई के भनिन्छ ?
हुड्को 
 
– वीर गाथाले भरिपूर्ण कर्खा गीत मुख्यतया गण्डकी अञ्चलको कुन जिल्लामा प्रचलित छ ?
कास्की 
 
– ब्राह्मण क्षेत्री समुदायमा प्रचलित नाच संगीनी हो भने बालून मुख्यतः कुन जातिको नाच हो ?
थारु
 
– रोइला गीतको उत्पत्ति केन्द्र कुन जिल्लालाई मानिन्छ ?
गुल्मी 
 
– डम्फु नाच, सरस्वती नाच मुख्यतया कुन जातिको नाच हो ?
तमाङ 
 
नेपाली चलचित्र सम्बन्धी जानकारी 
– नेपालमा सर्वप्रथम कहिले नयाँ सडक स्थित जनसेवा हलमा पहिलो पल्ट जनताका निम्ति टिकट लगाई चलचित्र देखाउने कार्य भयो ?
२००६ सालमा 
 
– नेपाली भाषाको पहिलो कथानक चलचित्र कुन हो ?
‘सत्य हरिशचन्द्र’ 
 
– २००८ सालमा दार्जिलिङमा बस्ने केही नेपालीहरूले निर्माण गरेको  नेपाली  कथानक चलचित्र कुन  हो ?
‘सत्य हरिशचन्द्र’
 
– विगतमा प्रचार विभाग (हालको सूचना विभाग)ले सर्वप्रथम आफ्नै साधन र पूँजीमा निर्माण गरेको नेपाली कथानक चलचित्र कुन हो ?
‘आमा’(२०७०, लो.से.आ.) 
 
– सरकारबाट तयार भएको पहिलो नेपाली चलचित्र ‘आमा’ कहिले निर्माण गरिएको थियो ?
वि.सं. २०२१
 
– चलचित्र विकास बोर्डको गठन कहिले भएको हो ?
२०५७ साल असार १६ गते 
 
– चलचित्रको जाँच कुन मन्त्रालयले गर्दछ ?
सूचना तथा सञ्चार मन्त्रालय 
 
– शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र कुन हो ?
मनको बाँध 
 
– नेपालमै डबिङ्ग भएको पहिलो नेपाली चलचित्र कुन हो ?
सिन्दुर
 
– नेपाली चलचित्र सिन्दुरका निर्देशकको हुन् ?
प्रकाश थापा 
 
– नेपाली चलचित्रको आरम्भिक कालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदि कहाँ गरिन्थ्यो ?
भारतमा 
 
– नेपालमै मिक्सिङ् भएको पहिलो नेपाली चलचित्र कुन हो ?
प्रतिक्षा
 
– काठमाडौँ  उपत्यकाका विभिन्न हलहरूमा संयुक्त रूपमा ५२ साता चल्ने पहिलो नेपाली चलचित्र कुन हो ?
सिन्दुर 
 
– नेपाल भाषा (नेवार जातिको भाषा) मा बनेको पहिलो चलचित्र कुन हो ?
सिलु 
 
– रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र कुन हो ?
कुसुमे रुमाल
 
– रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र कुसुमे रुमालका निर्देशकको हुन् ?
तुलसी घिमिरे 
 
– बाँदरको अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ?
गोपीकृष्ण 
 
– कुकुरको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ?
भाउजू 
 
– हात्तीको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र कुन हो ?
माउते दाई  
 
– बालकृष्ण समको कृतिमा आधारित भई बनाइएको पहिलो ऐतिहासिक नेपाली चलचित्र कुन हो ?
प्रेमपिण्ड
 
– पहिलो ऐतिहासिक नेपाली चलचित्र प्रेमपिण्डका निर्देशक को हुन् ?
यादव खरेल 
 
– पहिलो नेपाली गीति चलचित्र कुन हो ?
गौथली 
 
– आदिकवि भानभुक्तको जीवनीमा आधारित पहिलो नपोली गीति चलचित्र कनु हो ?
आदिकवि भानुभक्त
 
– लिम्बु समुदायको रूपौली सुनौली प्रथामा आधारित भई बनाइएको चलचित्र नुमाफुङका निर्देशक को हुन् ?
नवीन सुब्बा   
 
– महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमा आधारित चलचित्रमा मुना र मदनको भूमिको कसले निभाएका थिए ?
क्रमशः दीपक त्रिपाठी र उषा पौडेल
 
– नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्रका निर्देशक को हुन् ?
डीबी परियार 
 
– अभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र कुन हो ?
गोपी कृष्ण 
 
– नेपालमै बनेको पहिलो पौराणिक चलचित्र कुन हो ?
श्री स्वस्थानी 
 
– आधिकारिक रूपमा पहिलो नेपाली चलचित्रका नायक कसलार्ई मानिन्छ ?
शिवशंकर मानन्धर 
 
– आधिकारिक रूपमा पहिलो नेपाली चलचित्रकी नायिका को हुन् ?
भुवनचन्द
 
– निजी क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र कुन हो ?
माइतीघर  (२०७०, लो.से.आ.) 
 
– नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकार को हुन् ?
शान्ति ठटाल (चलचित्र परालको आगो )
 
– नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिलाको हुन् ?
शान्ता नेपाली 
 
– तामाङ भाषाको पहिलो चलचित्र कुन हो ?
सेमरीछोरङान् 
 
– नेपालमा निर्मित पहिलो रंगीन चलचित्र कुन हो ?
कुमारी (२०३४) 
 
– द्वन्द्व निर्देशन गरिएको पहिलो चलचित्र कुन हो ?
जीवनरेखा 
 
– पहिलो सिनेमास्कोप चलचित्र कुन हो ?
राँको  (वि.सं. २०५०)  
 
– ओस्कारको स्पर्धामा छानिने नेपालको पहिलो चलचित्र कुन हो ?
क्याराभान (वि.सं.२०५७) 
 
– नेपालको पहिलो डिचिटल चलचित्र कुन हो ?
कागवेनी (वि.सं. २०६४) 
 
– राष्ट्रिय चलचित्र दिवश कहिले मनाइन्छ ?
असोज १ 
 

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...