Skip to main content
#नेपालको_संविधानबाट_केही_महत्वपूर्ण_प्रश्नोत्तर
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
✍️संविधान सभाबाट संविधान जारी गर्ने नेपाल कति औं राष्ट्र हो?
🔊४४ औं [पहिलो फ्रान्स]

✍️नेपालमा हालसम्म कतिवटा संविधानले संसदीय शासन व्यवस्था अङ्गिकार गरेका थिए?[हालको संविधान भन्दा अघि ]
🔊२ वटा [२०१५ र २०४७]

✍️नेपालका कतिवटा संविधानमा जनतामा सार्वभौमसत्ता निहित रहेको घोषणा गरिएको थियो?
🔊३ वटा [२०४७, २०६३ र २०७२ ]

✍️नेपालको अन्तरिम संविधान, २०६३ कतिपटक संशोधन गरियो?
🔊१२ पटक

✍️संविधान सभाको पहिलो निर्वाचन कहिले भएको थियो?
🔊वि. सं २०६४ चैत २८ गते

✍️संविधान सभाको पहिलो बैठक कहिले बसेको थियो?
🔊वि सं २०६५ जेठ १५
✓गणतन्त्रको स्थापना।।
✓२३८ वर्ष पुरानो राजतन्त्र अन्त्य।।

✍️पहिलो संविधान सभा संविधान नबनाइ कहिले विघटन भयो?
🔊वि सं २०६९ जेठ १५ गते [जेठ १४ गते कार्यकाल समाप्त ]

✍️दोस्रो संविधान सभाको निर्वाचन कहिले भएको थियो?
🔊वि सं २०७० मंसिर ४ गते

✍️नेपाल सरकारले गठन गरेको राज्य पुनसंरचना सुझाव उच्चस्तरीय आयोगले कति वटा प्रदेश बनाउन सुझाव दिएको थियो?
🔊११ वटा

✍️नेपाल सरकारले गठन गरेको राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगका अध्यक्ष को थिए?
🔊मदन प्रसाद परियार

🔊नेपालको संविधान जारी हुदाका बखत संविधान सभामा कति सदस्य रहेका थिए?
🔊५९८ जना

✍️नेपालको संविधान मा भएको मतदानमा कति सदस्यले सहभागिता जनाएका थिए?
🔊पक्षमा ५०७ मत , विपक्षमा २५ मत

✍️नेपालको संविधान मा कति जना सदस्यले हस्ताक्षर गरेका थिए?
🔊५३७ जना

✍️नेपालको संविधान कसले प्रमाणीकरण गरेका थिए?
🔊संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ

✍️जनमतका लागि सार्वजनिक गरिएको नेपालको संविधानमा कति भाग, धारा र अनुसूची थिए?
🔊३७ भाग, २९७ धारा र ७ अनुसूची

✍️संविधान सभामा प्रस्तुत नेपालको संविधान को परिमार्जित मस्यौदामा कति भाग, धारा र अनुसूची थिए?
🔊२७ भाग, ३०२ धारा र ९ अनुसूची

✍️नेपालको संविधानमा कति कति भाग, धारा र अनुसूची रहेका छन् ?
🔊३५ भाग, ३०८ धारा र ९ अनुसूची

✍️संविधान सभामा राजनीतिक संवाद तथा सहमति समितिका सभापति को थिए?
🔊डा. बाबुराम भट्टराई

✍️संविधान सभामा कति दल सहभागी थिए?
🔊स्वतन्त्र सहित ३१ वटा

✍️संविधान सभा मस्यौदा समितिका सभापति को थिए?
🔊कृष्ण प्रसाद सिटौला

✍️संविधान सभाको महासचिव को थिए?
🔊मनोहरप्रसाद भट्टराई

✍️नेपालको संविधान जारी हुदा संविधान सभाको उपाध्यक्ष को थिए?
🔊ओनसरी घर्तीमगर

✍️नेपालको संविधानको विधेयक संविधान सभाको दुई तिहाइ बहुमतबाट कहिले पारित भएको थियो?
🔊वि. सं. २०७२ भाद्र ३०

✍️संविधान सभाबाट दुई तिहाइ बहुमतले पारित भएको संविधानको विधेयकमा सांसदद्वारा कहिके हस्ताक्षर भयो?
🔊वि.सं. २०७२ आश्विन  १ गते

✍️नेपालको इतिहासमा पहिलोपटक संविधान सभाबाट कहिले संविधान जारी भयो?
🔊वि. सं. २०७२ आश्विन ३ गते।

✍️नेपालको संविधान कसले जारी गरेका हुन् ?
🔊तत्कालीन राष्ट्रपति डा. रामवरण यादव

✍️नेपालको संविधान जारी गर्दा नेपालको प्रधानमन्त्री को थिए?
🔊सुशील कोइराला

✍️नेपालको संवैधानिक इतिहासमा नेपालको संविधान (२०७२) कति औं संविधान हो?
🔊सातौं।

✍️नेपालको संविधान (२०७२) को पहिलो संशोधन कहिले भयो?
🔊संशोधन २०७२ माघ ९ गते ,प्रमाणीकरण २०७२ फागुन १६ गते। [२०७२ फागुन १६ गते राजपत्रमा प्रकाशन भएकाले यहि मिति सहि मानिन्छ।]

✍️नेपालको संविधान (२०७२) को पहिलो संशोधन कुन कुन धारामा गरिएको थियो?
🔊धारा ४२, धारा ८४ र धारा २८६

✍️नेपालको संविधानका विशेषताबारे जनतालाइ सुसूचित गराउने उद्देश्यले सरकारले २०७२ मंसिर २१ देखि माघ २१ सम्म सञ्चालन गरेको प्रचार अभियानलाइ के नाम दिइएको थियो?
🔊"जनताको संविधान:जनताकै माझमा"

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...