Skip to main content

पशुपतिनाथ मन्दिर

पशुपतिनाथ मन्दिर

केही सटीक जानकारीहरु
दक्षिण मुख 🔜🔯'अघोर',
पूर्व मुख 🔜🔯'तत्पुरुष',
उत्तर मुख 🔜🔯 'अर्धनारीश्वर',
पश्चिमी मुख 🔜🔯'सद्योजात' तथा माथिल्लो मुख 'ईशान' मुख

 पशुपतिनाथको मन्दिर बनाउने🔜🔯 प्रचण्डदेव पशुपतिनाथमा महास्नान गर्ने चलन चलाउने मल्ल राजा🔜🔯 अभय मल्ल
पशुपतिलाई raj मान्यता दिने  🔜🔯अंशुवर्मा
 पशुपतिनाथलाई स्वर्ण मय बनाउने 🔜🔯भाष्कर वर्मा

पशुपतिनाथमा सुनको छाना चढाउने🔜🔯 शिवदेव
 पशुपतिनाथमा देवलहरू बनाउने 🔯🔜सुपुष्प
 पशुपतिनाथमा भट्ट पुजारी राख्ने चलन चलाउने 🔜🔯 यक्ष मल्ल
पशुपतिनाथको वर्तमान मूर्ति बनाउने 🔜🔯जय शिंहदेव

पशुपतिनाथ नेपालको निकै प्राचिन मन्दिर हो। स्कंदपुराणमा गरिएको वर्णनअनुसार मन्दिरभित्र रहेको विग्रह कालो पारस ढुङ्गो महिष रूपधारी भगवान शिवको शिरोभाग र पछिल्लो भाग केदारनाथमा रहेको ठानिएको छ। पशुपतिनाथको पाँच वटा मुख छ,चार मुख दृष्य छन् एक मुख शिरोभाग लुप्त मानिएको भएपनि ती पाँचै मुखमध्ये शिरोभाग जो देखिन्न,लाई नै मुख्य मानिएको छ। यी प्रत्येक मुखले पशुपतिको अलग-अलग गुण प्रकट गरेको शास्त्रीय वयान छ। जसमध्ये दक्षिण मुख 'अघोर', पूर्व मुख 'तत्पुरुष', उत्तर मुख 'अर्धनारीश्वर', पश्चिमी मुख 'सद्योजात' तथा माथिल्लो मुख 'ईशान' मुख भनेर चिह्निएको छ।

पशुपतिनाथ तन्त्रविद्याको सबैभन्दा मुख्य मन्दिर पनि हो। तन्त्रअनुसार पशुपति’ शब्दमध्ये पशुको अर्थ ‘जीवन’ र पतिको अर्थ 'अधिपति' अर्थात 'जीवनको अधिपति' भन्ने बुझिन्छ। कुरुक्षेत्रको युद्ध सकिएपछि स्वजनको मृत्युबाट पिडित हुन पुगेका पाण्डवहरु बंधु हत्या र गोत्र हत्याको पापबाट मुक्त हुन पश्चाताप गर्दै यहाँ आउँदा पशुपतिनाथले उनीहरुले गरेको जघन्य अपराधबाट सजिलै मुक्त गर्ने चाहना नदेखाउँदा उनी राँगो वा साँढेको स्वरुप लिएर चर्न हिंडेको र पांडवहरुमध्येको अर्जुनले यो कुरो थाहा पाएर समाउन जाँदा शिवजी जमिनभित्र लुकेको र पुनः अवतरित हुँदा उनको शरीरको भाग बेग्लाबेग्लै ठाउँमा स्थापित हुन पुगेको पौराणिक वर्णन छ। शिवजीको तान्त्रिक शरीरको टाउको नेपालमा स्थापित हुन पुगेको कारण विश्वको हजारौं शिवलिङ्गमध्ये नेपालको ज्योतिर्लिङ्गलाई अर्थपूर्ण मानिन्छ।

पशुपतिनाथ मन्दिर हाम्रो आस्थाको धरोहर हो, सम्पूर्ण हिंदूहरुको पवित्र स्थल हो, जहाँ दर्शन नगरे आफ्नो जीवनको सार्थक सपना समेत पूरा हुन नसक्ने विश्वास गरिन्छ। प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको भन्ने गरिए तापनि यहाँ मन्दिर सबैभन्दा पहिले राजा प्रचण्डदेबले निर्माण गरेको मानिन्छ। त्यसपछि सो मन्दिरको आकार दिने काम राजा सुपुष्प देवले गरेकाे मानिएको छ। पशुपतिमा सुनको छाना राख्न लाउने काम राजा शिवदेवले गरेका थिए भने मन्दिरको ज्योतिर्लिङ्गलाई पञ्चामृतले स्नान गराई पूजा गराउने नियम बडामहाराज पृथ्वीनारायण शाहले गराएका थिए। पशुपतिनाथको नित्य महास्नान गराउने नियम राजा अभय मल्लले बाँधिदिएका थिए। मन्दिरमा भट्ट राखेर पूजा गराउने चलनको सुरुवात राजा यक्ष मल्लले शुरु गरेको मानिन्छ र पशुपतिनाथलाई राष्ट्रिय देउताको सम्मान दिने लिच्छवी राजा चाहिं अशुंबर्मा थिए। मन्दिरलाई स्वर्णमय बनाउने काम राजा भाष्कर बर्माले गरेका थिए।

हिन्दू धर्मग्रन्थ, विभिन्न वंशावली, वेद र पुराणमा पशुपतिनाथको उत्पत्तिका विषयमा थुप्रै भनाईहरु छन् तापनि स्कन्द पुराणको हिमवतखण्ड र शिव पुराणअनुसार पशुपतिनाथको मन्दिर परिसरमा ज्वाला निस्किएपछि भगवान् विष्णु आफै उपस्थित भै उक्त ज्वालामाथि शिवलिंग स्थापना गरेको कथा पढ्न पाइन्छ भने गोपाल वंशावलीमा  पशुपतिनाथको मन्दिर प्रथम लिच्छवी राजा सुपुष्पदेवले निर्माण गरेको  भनिएको छ। यस बाहेक पशुपतिनाथ मन्दिर प्रांगणभित्रकै जयदेव द्वितीयको वि.सं.७८० को शिलापत्रमा मानदेव प्रथम राजाभन्दा ३९ पुस्ताअगाडि उक्त मन्दिर निर्माण गरिएको उल्लेख छ। पशुपतिनाथको अहिलेको मन्दिर १७औं शताब्दीमा भुपालिन्द्र मल्ल र रिद्धिलक्ष्मीले ६ महिनासम्म मन्दिर परिसरमै बसेर संयुक्त रूपमा निर्माण गराएको इतिहास रहेको छ। अहिले दुई तल्लामा सीमित गरिएको पशुपतिनाथ मन्दिर पहिले ५ तल्लाको रहेको थियो । पछि मन्दिरमा अमरसिंह थापाले चाँदीको ढोका र राजा त्रिभुवनले मन्दिरको स्वर्णछाना हाल्न लाएका थिए। नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर २६४ हेक्टर (४,७९२ रोपनी) को जग्गामा फैलिएको छ भने सन् १९७९ देखि यूनेस्कोले यो मन्दिरलाई सांस्कृतिक सम्पदा अन्तर्गत यूनेस्कोको विश्वसम्पदा सूचिमा सूचिकृत गरेको छ।

केही सटीक जानकारीहरु

 पशुपतिनाथको मन्दिर बनाउने🔜🔯 प्रचण्डदेव पशुपतिनाथमा महास्नान गर्ने चलन चलाउने मल्ल राजा🔜🔯 अभय मल्ल
पशुपतिलाई raj मान्यता दिने  🔜🔯अंशुवर्मा
 पशुपतिनाथलाई स्वर्ण मय बनाउने 🔜🔯भाष्कर वर्मा

पशुपतिनाथमा सुनको छाना चढाउने🔜🔯 शिवदेव
 पशुपतिनाथमा देवलहरू बनाउने 🔯🔜सुपुष्प
 पशुपतिनाथमा भट्ट पुजारी राख्ने चलन चलाउने 🔜🔯 यक्ष मल्ल
पशुपतिनाथको वर्तमान मूर्ति बनाउने 🔜🔯जय शिंहदेव

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...