Skip to main content

Important


•नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने चार जना को को हुन् ?
उत्तर:   क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा.सन्दुक रुईत र महाबीर पुन हुन्।

नेपालमा कति प्रकारका गुराँसहरु पाईन्छन्??   
उत्तर:  ३२ प्रकारका

जोखिमयुक्त घर भत्काउन सरकारले काठमाण्डौ उपत्यकाका ३ जिल्लालाई कहिले एक वर्षको लागि संकटग्रस्त क्षेत्र घोषणा गर्यो ?   
उत्तर:  २०७२ जेठ ३१

 नेपाल सरकारले आयोजना गरेको नेपालको पुननिर्माणकालागी अन्तराष्ट्रीय सम्मेलनमा अन्तराष्ट्रीय समुदायबाट चार खर्बभन्दा बढी सहयोगको प्रतिबद्धता भएको कार्यक्रम कहाँ र कहिले सम्पन्न भयो ?   
उत्तर:  काठमाण्डौ, २०७२ असार १०

 वि•सं• २०७२ असार १० राष्ट्रीय खेलकुद परिषदको सदस्य सचिवमा को नियुक्त भए ?   
उत्तर:  केशवकुमार विष्ट

 काठमाण्डौको मुलपानीमा आयोजित रोपाई कार्यक्रममा सहभागी हुने महिलामाथी दुर्व्यवहार गरेको आरोप पछि कृषि मन्त्री हरि प्रसाद पराजुलिले कहिले राजिनामा दिए ?     उत्तर: २०७२ असार १७

वि•सं• २०७२ जेठ २४ गते राष्ट्रीय पत्रकारिता पुरस्कार -२०७१ र ´वरिष्ठ पत्रकार सम्मान-२०७१` क-कसलाई प्रादन गरियो ?   
उत्तर:  क्रमश:- धर्मेन्द्र झा र कुसुकेशव पराजुली(कास्की) ,तेजप्रकास पण्डित(तनहुँ), मेघराज शर्मा(पाल्पा)

 सरकारले आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रम कहिले सार्वजनिक गर्यो ?   
 उत्तर:  २०७२ असार १३

 प्रधानन्यायधिस कल्याण श्रेष्ठले कहिले पदभार ग्रहण गरे ?     उत्तर:  २०७२ असार २३

 संयुक्त राष्ट्र संघद्धारा सन २०१५ जुलाईमा सार्वजनिक प्रतिवेदन अनुसार हाल विश्वव्यापी चरम गरिबी कति भएको अनुमान छ ?   
 उत्तर: १२%

 विश्वको उदयिमान अर्थतन्त्र भएका राष्ट्रहरुको संगठन BRICS को सातौ शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?     उत्तर:  उफा(रुस)

 सन २०१५ जुन २२ मा युनेस्कोको मुख्यालय पेरिसमा कसको मुर्ती स्थापना गरिएको छ ?   
उत्तर:  गौतम बुद्ध

 हेफर इन्टरनेसनल द्धारा स्थापित अन्तराष्ट्रीय स्तरको ´स्वर्णिम प्रतिभा पुरस्कार- २०१४` बाट सम्मानित हुने नेपाली महिला को हुन ?   
उत्तर:  दिल कुमारी पौडेल, टिटिहिरिया-०९ बाँके

 सन २०१५ जुनमा फ्रान्समा सम्पन्न ८० किलोमिटर दुरिको अल्ट्राम्याराथुनमा प्रथम स्थान हासिल गर्न सफल महिला को हुन ?   
उत्तर:  मिरा राई, भोजपुर

 ईन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस द्धारा सन २०१५ जुनमा सार्वजनिक ग्लोबल पिस इन्डेक्स -२०१५ अनुसार विश्वको शान्त मुलुक कुन हो ?   
उत्तर:  आइसल्याण्ड

 मिसाइल म्यान समेत मानिने भारतका पुर्व राष्ट्रपति ए पी जे अब्दुल कलाम को मृत्यु कहिले भयो?   
उत्तर: सन् २०१५ जुलाई २७

 नेपाल र भूटान विचको न्यूनतम दुरी कति छ?   
उत्तर: ३२ किलोमिटर

 नेपालका नदिहरुको कुल लम्बाई कति मानिन्छ?   
उत्तर: ४५०० किलोमिटर

 तलका मध्ये कुन मिल्दैन? (अरुण, तमोर, सुनकोशि ,त्रिशुली )   
उत्तर: त्रिसुली

 विश्वको सर्वाधिक उचाइमा रहेको ताल कुन हो?   
उत्तर: तिलिचो ताल

 नेपालको पहिलो राष्ट्रिय निकुंज चितवन राष्ट्रिय निकुंज को क्षेत्रफल कति छ?   
उत्तर: ९३२ किलोमिटर

 2068 को गणना अनुसार कति % जनताको मातृभाषा नेपाली छ?   
उत्तर: ४४.६%

नेपालबाट सबैभन्दा बढ़ी (मुल्यमा) विदेश निकासी हुने बस्तु के हो?   
उत्तर: उनि कार्पेट

 दाजुको मृत्यु पछि राजा हुने शाहवंशीय अधिराजकुमार कति जना थिए?   
उत्तर: २ जना (राम शाह र ज्ञानेन्द्र शाह)

 गरीवी निवारण कोष कुन मंत्रालय अंतर्गत पर्दछ?   
उत्तर: प्रधानमन्त्री तथा मन्त्रि परिषद कार्यालय

 सर्वाधिक नगरपालिका भएको जिल्ला काठमाण्डौ मा जम्मा कति नगरपालिका छन?   
उत्तर: ११ वटा

 नेपालको सबभन्दा ठुलो हिमताल कुन हो?   
उत्तर: छो-रोल्पा हिमताल

 विश्वको सर्वाधिक उचाइमा रहेको राष्ट्रिय निकुंज कुन हो?     उत्तर: सगरमाथा रा.नि

 बैदिक मत अनुसार नेपाल नामाकरण अघि यो (नेपालको) स्थानको नाम के थियो?   
उत्तर: हिम्वत्खंड

 महात्मा गौतम बुद्ध अगाडि कति जना बुद्ध भएको मानिन्छ?     उत्तर: ६ जना

 नेपाल आउने प्रथम बुद्ध को थिए?   
उत्तर: विपस्वी बुद्ध

 खस जातिको आदीपुरुस कसलाई मानिन्छ?   
उत्तर: कश्यप ऋषि

 महाभारतको युद्ध कुन किराती राजाको पालामा भएको विश्वास गरिन्छ?   
उत्तर: जितेदास्ती

 GPS को पूरा रूप के हो?   
उत्तर: Global Positioning System

 एसियाको निलो मुटु भनेर चिनिने विश्वको सबैभन्दा गहिरो ताल कुन देशमा पर्छ?   
उत्तर: रसिया

 कुन किराती राजालाई गलिजंग पनि भनिन्थ्यो?   
उत्तर: गस्ती

 राजा मानदेवका बाबु को थिए?   
उत्तर: धर्मदेव

 नेपालमा दैध शासनको सुरुवात कुन राजाको पालामा भएको मानिन्छ?   
उत्तर: बसंतदेब

 नेपालमा इतिहासमा स्वर्णकाल मानिएको लिच्छवीकालमा कुन राजाको शासनकाललाई स्वर्ण काल मानिएको हो?     उत्तर: अंशुवर्मा

 लिच्छवी वंशका अन्तिम राजा को हुन्?   
उत्तर: जयकामदेव

 राजा समसुद्दिनले टुक्रा टुक्रा पारि फुटाएको पशुपतिको मुर्तिको पुन:प्रतिस्थापन कुन राजाको पालामा भएको थियो?   
उत्तर: जयार्जुनदेब (वि.स १४०६ मा राजा जयराजदेबको पालामा फुटाएको)

 पाटन र कांतिपुर राज्यका २१ जना प्रजालाई देवताको मन्दिरमा बलि दिने भक्तपुरका राजा को थिए?   
उत्तर: जगत प्रकाश मल्ल

 महामारिमा परि मर्ने मल्ल राजा को थिए?   
उत्तर: भाष्कर मल्ल

 शाह कालमा नेपाल सरकारको सट्टा श्री ५ को सरकार लेख्न कहिले देखि सुरु गरिएको थियो?   
उत्तर: वि.स २०१५ वैसाख २ गते

 प्रोटिनको निर्माण कुन अम्ल बाट भएको हुन्छ?   
उत्तर: एमिनो एसिड

 लेख्न प्रयोग गरिने पेन्सिलको भाग के बाट बनेको हुन्छ?     उत्तर: ग्रफाइट

 रोबोटको स्त्री रूपलाई के भनिन्छ?   
उत्तर: रोबोट्रइक्स

 भारतका ११ औं राष्ट्रपती तथा वैज्ञानिक एपिजे अब्दुल कलामको निधन कहिले भयो ?   
उत्तर:  २०१५ जुलाई २७

 बिबादित लिपुलेक (दार्चुलाको व्यास गाविस) बारे चीन र भारतबिच कहिले सम्झौता भयो ?   
उत्तर: २०१५ मे ५

 अ्मेरिकि सरकारले समलींगि विवाहलाई कानुनी मान्यता कहिले प्रदान गरिएको हो ?   
उत्तर: २०१५ जुलाई ५

 वि•सं• २०७२ जेठ २७ गते देखि असार २ गते सम्म सञ्चालित प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रीकेट प्रतियोगिताको उपाधी कसले जित्यो ?   
उत्तर:  क्षेत्र नं• ३ जनकपुर

 फोर्ब्सले सन २०१५ मा प्रकाशित गरेको शुचि अनुसार विश्वका सबैभन्दा धेरै कमाउने खेलाडी को हुन ?     उत्तर:  फ्लोइड मेवेदर, अ्मेरिकी बक्सर

 मदर टेरेसाकी उत्तरधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ?   
उत्तर: २०७२ असार ८

 भुकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी अध्यादेश- २०७२`,२०७१ ´सार्बजनिक खरिद (पहिलो संसोधन) अध्यादेश-२०७१` र सहकारी (दोश्रो संसोधन)-२०७१` लाई कहिले व्यवस्थापिका संसदको बैठकले स्वीकृत गर्यो ?   
उत्तर: २०७२ असार १९

राष्ट्रिय खेलकुद परिषद्को वि.सं २०७२ साउन १ मा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले गर्ने निर्णय गरेको छ ?   
उत्तर:  वि.सं २०७२ मंसिर ११ देखि १८ सम्म ( पूर्वाञ्चल )

 भुकम्पबाट शिथिल अर्थतन्त्रलाई गतिशिल बनाउँदै ६ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले आर्थिक बर्ष २०७२\७३ को बजेट कहिले प्रस्तुत गरियो ?

उत्तर:  वि.सं २०७२ असार २९ गते ( कुल बजेट ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार रुपैयाँ )

 फोब्र्सद्धारा सन् २०१५ जुलाई १५ मा सार्वजनिक विश्वका मूल्यवान क्लबहरुमा पहिलो स्थानमा रहन सफल क्लब कुन हो ?   
उत्तर: रियल म्याड्रिड

 रेपुटेसन इन्स्च्यिुटले सन् २०१५ जुलाईमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार वातावरणीय विविधता,राजनीति एवं आर्थिक तत्वलाई आधार मानी तयार पारिएको प्रतिवेदन अनुसार विश्वकै प्रशंसायोग्य मुलुक कुन हो ?   

उत्तर:  क्यानाडा

 इरान तथा पी फाइब प्लस वान मुलुक चीन, फ्रान्स, रुस, अमेरिका, बेलायत तथा जर्मनी ) बीच इरानको पारमाणविक क्षमतालाई असैनिक उद्येश्यमा सीमित बनाउने एकिकृत सम्झौता कहिले भयो ?   
उत्तर:  सन् २०१५ जुलाई १

 रुपन्देही,नवलपरासी र लमजुङ पूर्ण साक्षर जिल्ला कहिले घोषित भए ?   
उत्तर: वि.सं २०७२ असार ३१

 मोबाइलमा प्रयोग हुने SIM को पूरा रूप के हो?   
उत्तर: Subscriber Identity Module

 4 युग मध्ये कुन युगलाइ iron age पनि भनिन्छ?   
उत्तर: कलियुग

 चार्ल्स डार्विन र अब्राहम लिंकन मा के कुराको समानता थियो?   
उत्तर: जन्म दिन एकै (सन् १८०९ फेब्रुअरी १३)

 कुन जलप्राणि लाइ गंगाको अवतार मानिन्छ?   
उत्तर: डल्फिन

 मानव शरीरको तापक्रम 30 डिग्री भन्दा कम भएको अवस्था लाई के भनिन्छ?   
उत्तर: हाइपोथर्मिया

 तलका मध्ये कुन जीवमा भाले र पोथी दुबै अंग हुन्छ? (गड़्यौला, भ्यागुता, सर्प, माछा)     
उत्तर: गड्यौला

 कुनै पनि बच्चा जन्मिदा आफनु पुर्खा मा नभएको नयाँ गुण लिएर जन्मन्छ भने त्यस्तो प्रक्रिया लाइ के भनिन्छ?   
उत्तर: उत्परिवर्तन

 मंदाकिनी बर्ष भनेको के हो?   
उत्तर: सुर्यले आफ्नु कक्षमा एक पल्ट पार गर्न लाग्ने समय

 चंद्रमा को सतहमा रहेको सबैभन्दा अग्लो शिखरलाई के नाम दिईएको छ?   
उत्तर: डार्फल पिक

 कुन यौगिकको कारणले गर्दा सिस्नु छुदा हात पोल्छ?     उत्तर: फर्मिक एसिड (मीथानोइक् एसिड)

 सर्वप्रथम इंटरनेटमा राखिएको नेपाली पत्रिका कुन हो?     उत्तर: जन्मभूमि साप्ताहिक

 कति डिग्री तापक्रममा पानीको आयतन सबैभन्दा बढ़ी हुन्छ?   
उत्तर: ४ डिग्री

 वायुमंडलमा सबैभन्दा बढ़ी पाउने तत्व नाइट्रोजन भए सबैभन्दा कम पाइने तत्व कुन हो?   
उत्तर: राडन

 पृथ्वी को आन्द्रा र माटोको इंजिनियर भनेर कुन जीवलाइ चिनिन्छ?   
उत्तर: गड्यौला

 इंटरनेट प्रविधिको क्षेत्रमा प्रयोग हुने ADSL को पूरा रूप के हो?   
उत्तर: Asymmetric Digital Subscriber Line

 जन्म देखि मृत्यु सम्म बढिरहने हाड कुन हो?   
उत्तर: Beauty Bone

 पृथ्वीको सतहमा सर्वाधिक पाइने तत्व कुन हो?   
उत्तर: अक्सिजन

 रेविज विरुद्धको सुइका आविस्कारक को हुन?   
उत्तर: लुइ पास्चर

 पार्वती बोकेर हिडेको रावण लाइ पार्वती फर्काउन उत्प्रेरित गर्ने विष्णु भगवानको अवतार कुन थियो?   
उत्तर: मोहिनी अवतार

 ज्योतिष शास्त्र अनुसार ग्रह कतिवटा छन्?   
उत्तर: नवग्रह

 गणेशको उत्पत्ति के बाट भएको थियो?   
उत्तर: शिवजीको मयल बाट

 हिन्दू धर्मवालम्वि का देवता विष्णुका 4 हातमा के के छन?     उत्तर: संख, चक्र, गधा र पद्म

 दैत्य गुरु सुक्रचार्य थिए भने देव गुरु को थिए?   
उत्तर: बृहस्पति

_______सिद्धर्थ शर्मा______

 मान्छे मरेर घाटमा लैजादा बाटोमा फाल्ने अन्नलाई वुर्कि भनिन्छ भने पैसा लाई के भनिन्छ?   
उत्तर: टिला

 भगवान शिबले आफ्नु जटाबाट उत्पत्ति गरेका देवदेवी को को हुन्?   
उत्तर: वीरभद्र र महाकाली

 सतिदेवीको अंगहरु पतन भई बनेका पीठहरुको संख्या कति छन?   
उत्तर: ७ करोड ५० लाख

#siddhartha #sharma

 शुक्ल यजुर्वेद मा नभएको देवनगरिक अक्षर कुन हो?     उत्तर: झ

 विश्वकै पहिलो महाकाब्य भनेर कुन कृतिलाई लीने गरिन्छ?     उत्तर: रामायण

 महाभारतलाई कस्ले लिपिवद्ध् गरेको मानिएको छ?     उत्तर: गणेश

 इस्लाम धर्म अनुसार फतवा भनेको के हो?   
उत्तर: मृत्युदण्ड

 बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक भित्र रहेका 3 पक्ष के के हुन?   
उत्तर: सुक्तिपिटक, विनयपिटक र अभिधम्मपिटक

 गौरा पर्वको बेला खाइने गेडागुडिको मिश्रणलाई के भनिन्छ?     उत्तर: विरूडा

 कलाकार अरनिकोलाई चीनया भाषामा के भनीन्थ्यो?     उत्तर: आनीक

 हिन्दू धर्म अनुसार पहिलो पुरुष मनु हुन भने पहिलो महिला को हुन?   
उत्तर: शतरुपा

 नेपालका चार धाम भनेर कुन कुन ठाउँ लाई चिनिन्छ?     उत्तर: मुक्तिक्षेत्र, रुरुक्षेत्र, पाशुपातक्षेत्र र बराहक्षेत्र

 गौतम बुद्धको मावली गाउँको नाम के हो?   
उत्तर: रामग्राम

 कुन चाडमा खाइने प्रसादलाई छेमार र खानालाई कुथुक भनिन्छ?   
उत्तर: ल्होसार

 सौर्य बर्षअनुसार को विक्रम संवत को प्रयोग अडडा अदालतमा समेत गर्ने घोषणा गर्ने प्रधानमंत्री को हुन ??    उत्तर: चंद्रशम्सेर (वि.स.१९६० देखि)

 महागुरु फाल्गुनंद को जन्म कहाँ भएको हो?   
उत्तर: इलाम

 सिख धर्मवालम्वि हरुको पवित्र पंक्षी कुन हो:?   
उत्तर: बाज

 "परोपकार पुण्याय पापाय पर पिडनम"लाई वेदब्यास द्वारा रचित कुन शास्त्रको सार मानिन्छ?   
उत्तर: १८ पुराण

 गुरु नानकको जन्म कहाँ भएको थियो?   
उत्तर: पाकिस्तानस्थित पन्जाबको तलवन्डी भन्ने ठाउँमा

 मसुलमान धर्मावलंबि कमसेकम एक पटक गर्नु पर्ने मक्का तीर्थ यात्रा लाई के भन्ने गरिन्छ?   
उत्तर: हज (तीर्थयात्री:हाजी)

 जीसस क्राइस्ट लाइ कुन पहाड़ मा किला ठोकेर मारिएको थियो?   
उत्तर: Calvary

 वेदब्यासका बाबू र आमाको नाम के के हो?      उत्तर: बाबु: पराशर र आमा: मत्स्यगन्धा

 झूमा प्रथा कुन सम्प्रदायमा प्रचलित छ?   
उत्तर: शेर्पा(बौद्ध)

 आर्यसमाजको प्रवर्तक कसलाई मानिन्छ?   
उत्तर: स्वामी दयानन्द सरस्वति

 प्रसिद्द तीर्थस्थल गोसाइकुण्ड कुन पहाड़को फेदिमा अवस्थित छ?   
उत्तर: निलाद्री

 यज्ञ अनुष्ठान विधि उल्लेख भएको वेद कुन हो?   
उत्तर: यजुर्वेद

 लट्ठी लौरो बाजा कुन सिमान्तकृत जातिको लोकबाजा हो?     उत्तर: राउटे

 हिन्दू धार्मिक मान्यता अनुसार मानव शरिर को लम्वाइ कति हुने विश्वास छ?   
उत्तर: ९६ अंगुल (यसैलाई आधार मानेर जानेमा ९६ कवच रहने मान्यता छ)

 कुम्भकर्णकी श्रीमतीको नाम के थियो?   
 उत्तर: बज्रमाला

 धान नाचमा गाइने गितलाई के भनिन्छ?     
उत्तर: पालम

 राष्ट्रिय आरोग्य दिवस कहिले मनाइन्छ?     
उत्तर: काग तिहारको दिन

 मानिस जन्मे देखि बचुँजेल सम्मका क्रियाकलाप चित्रण गर्ने किरात जातिको नाच लाई के भनिन्छ?   
 उत्तर: साकेला शिली

 36 किलोमीटर लामो नगुम्पा हिमनदीको उद्गम बिन्दू कुन हिमालमा रहेको छ?     
उत्तर: चोयु हिमाल

 प्रसिद्द पथिभरा भगवतीको मंदिर कुन जिल्लामा रहेको छ?   उत्तर: ताप्लेजुंग

 प्रसिद्द मुक्तिनाथ मंदिर कुन जिल्लामा रहेको छ?     
उत्तर: मुस्तांङ

 चेपांग जातिलाइ प्रजा नामाकरण कहिले गरिएको हो?      उत्तर: वि.स. २०३४

 कुन जातिलाइ पाल्की बोक्ने जात पनि भनिन्छ?     
उत्तर: झागड

 मालश्री धुनको विशेस सम्बन्ध कुन चाड संग रहेको छ?      उत्तर: दसैँ

 गाइको पुच्छरलाई शेष नागको प्रतिक मानिन्छ भने सिंग लाई के को प्रतिक मानिन्छ?     
उत्तर: सुमेरु र कुमेरु पर्वत

 नागा जाति कुन देशका आदिवासी जाती हुन?     
उत्तर: भारत

 पशुपतिमा भारतीय भट्ट पुजारी राख्ने प्रचलन कस्ले चलाएका हुन?     
उत्तर: आदि शंकराचार्य (८ औ शताब्दीमा)

 कुन साहित्यकार लाई कृष्ण द्वैपायन पनि भनिन्छ?     
उत्तर: वेदब्यास

 लक्ष्मी प्रसाद देवकोटाको पुस्तक मुनामदन पहिलो पटक कहिले प्रकाशित भएको थियो?     
उत्तर: वि.स. १९९६

 शब्द् विद्या र चंद्र ब्याकरणका का रचनाकार को हुन?      उत्तर: अंशुवर्मा

 नेपाली साहित्यमा वेदब्यास उपनामले चिनिने साहित्यकार को हुन?     
उत्तर: हेमांग दीक्षित

 3 पटक मदन पुरस्कार पाउन सफल सत्यमोहन जोशीको सबैभन्दा पाहिले सो पुरस्कार जित्न सफल कृति कुन हो?     

उत्तर: हाम्रो लोक संस्कृति (वि.स. २०१४)

 प्रथम पटक प्रकाशित हुँदा गोरखापत्रको मूल्य कति राखिएको थियो?     
उत्तर: ४ मोहोर

 रामयणमा काण्ड, महाभारतमा पर्व भए झै पूराणमा के हुन्छ?     
उत्तर: स्कन्द

 भूपी शेरचनको नवारान्को नाम के थियो?     
उत्तर: भाग्यमान शेरचन

 तुलशिलाई आध्यात्मिक भाषामा के भनिन्छ?     
उत्तर: विष्णुप्रिया

 नेपाली भाषा साहित्यको पहिलो नारी सिर्जना मानिने "राजधर्म" की रचयिता को हुन?     
उत्तर: ललितत्रिपुरासुन्दरी

 शिलालेख सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ?      उत्तर: इपिग्राफी

 कुन लिपिलाई नेपालकै पहिलो लिपि मानिन्छ?     
उत्तर: ब्राह्मी लिपि

 नेवारी साहित्यका महाकवि भनेर कसलाई चिनिन्छ?      उत्तर: सिद्दिदास अमात्य

 नेपाली साहित्यकार "घटोत्कच" को वास्तविक नाम के हो? 
उत्तर: बालमुकुन्ददेब पाण्डे

 सबैभन्दा बढ़ी अर्थ लाग्ने अंग्रेजी शब्द कुन हो?   
उत्तर: SET

 तिब्बती भाषामा ल्होसारको अर्थ के हुन्छ?     
उत्तर: नयाँ बर्ष

 let's visit to Nepal कृति कसको रचना हो?     
उत्तर: आंग सांग सुची

 साहित्यकार धुस्वा सायमिको वास्तविक नाम के हो?      उत्तर: गोविन्दबहादुर मानन्धर

 स्वर्गको दरबार पुस्तकका लेखक को हुन?     
उत्तर: सुक्रराज शास्त्री

 सेतो गुराँस लाई के भनिन्छ?     
उत्तर: चिमाली

 द्वन्द कालीन परिस्थिति मा आधारित उपन्याश "पल्पशा क्याफेका" लेखक को हुन?   
 उत्तर: नारायण वाग्ले

 भूतको भिनाजु भनेर कसलाई चिनिन्छ?     
उत्तर: बासुदेब लुइँटेल

 कोइलिको स्वरलाई के भनिन्छ?     
उत्तर: पंचम

 नेपाली साहित्यका सताब्दी पुरुष को हुन?     
उत्तर: सत्यमोहन जोशी

 सबैभन्दा पहिले गित रेकर्ड गराउने नेपाली गायक को हुन्?    उत्तर: सेतुराम

 आयमेली कवी भनेर कसलाई चिनिन्छ?     
उत्तर: तिलविक्रम नेम्वांग

 राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा बढी बोलिने ५ मातृभाषा कुन कुन हुन्?     
उत्तर: नेपालि, मैथिली, भोजपुरी, थारु र तामांग

 कानुनि रुपमा नेपाली खस भाषाले नेपालको राष्ट्रभाषाको मान्यता कहिले प्राप्त गर्यो?     
उत्तर: वि.स २०१५ मा

 नेपालमै प्रकाशित नेपाली भाषाको पहिलो पत्रिका कुन हो?      उत्तर: सुधासागर

 “वेदमा के छ” नामक पुस्तकका लेखक को हुन्?     
उत्तर: स्वामी प्रपन्नाचार्य

 नेवारी साहित्यको उर्वर काल भनेर कुन समयलाई चिनिन्छ?     
उत्तर: मल्ल काल

 नेवारी भाषाको पहिलो कवी कसलाई मानिन्छ?     
उत्तर: महेन्द्र मल्ल

 साझा पुरस्कारको स्थापना कहिले भएको हो?     
उत्तर: वि.स. २०२६ साल

 पृथ्वी प्रज्ञा पुरस्कार कति कति बर्षमा प्रदान गरिन्छ?      उत्तर: ४/४ बर्षमा

 युवा बर्ष मोति पुरस्कार कति बर्षभन्दा कम उमेरका भाषा एवं साहित्यसेवीलाई प्रदान गरिन्छ?     
उत्तर: ४० बर्ष

 मदन पुरस्कार प्राप्त गर्ने एकै परिवारका सदस्य को को हुन्?     
उत्तर: धनुषचन्द्र गौतम (२०३५, घामका पाइलाहरु) र ध्रुवचन्द्र गौतम (२०४०, अलिखित)

 सिंह दरबार कुन विदेसी दरबारको अनुकरण गरि बनाइएको मानिन्छ?     
उत्तर: भर्सिलेज दरबार

 रोजर फेडेरर कुन खेल संग सम्बन्धित छन्?     
उत्तर: टेनिस

 कुन देशलाई क्रिकेटको घर भनि चिनिन्छ?     
उत्तर: बेलायत

 विश्वको सबैभन्दा पुरानु मानिने पोलो खेलको सुरुवात कुन देशबाट भएको हो?     
उत्तर: इरान

 राजस्व चुहावट ऐन. २०५२ अनुसार राजस्व भन्नाले के बुझिन्छ?     
उत्तर: कानुन बमोजिम सरकारलाई तिर्नु वा बुझाउनु पर्ने भन्सार, महसुल, अन्त-सुल्क, आयकर, मुल्य अभिब्रिद्दी कर, सवारी साधन कर, घर जग्गा बहाल कर, सम्पत्ति कर वा घरजग्गा रजिस्ट्रेसन दस्तुरका साथै प्रचलित कानुन बमोजिम लाग्ने अन्य कर तथा गैरकर राजस्व

 विद्युतधाराको आधारभूत एकाइ एम्पियर हो भने तापक्रमको आधारभूत एकाइ के हो?     
उत्तर: केल्भिन

 प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा दुइ माध्यम छुट्टिने बिन्दुमा बांगीएर जाने क्रियालाई के भनिन्छ?   
 उत्तर: प्रकासको आवर्तन

 “कुशल शासकहरु भविष्यको सोचाइ गर्छन, तर नेताहरुलाई चुनावको मात्र चिन्ता हुन्छ” यो भनाइ कसको हो?     
उत्तर: अब्राहम लिंकन

 सगरमाथा राष्ट्रिय निकुन्जलाई विश्वसम्पदा सुचिमा कहिले सुचिकृत गरिएको हो?     
उत्तर: सन् १९७९

 लामो समयको तयारि पछी पशुपति क्षेत्रमा विद्युतीय शवदाह गृह संचालन कहिले देखि सुरु भयो?     
उत्तर: वि.स. २०७२ माघ १० गते

 नेपालको संविधान २०७२ ले निर्वाचन क्षेत्रको सम्बन्धमा कस्तो व्यवस्था गरेको छ?     
उत्तर: जनसंख्यालाई मुख्य र भूगोललाई दोश्रो आधार मानि संघीय कानुनबमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गरिने र प्रदेशभित्र रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र रहने

 तेश्रो जीवनस्तर मापन सर्वेक्षण अनुसार नेपालमा कृषिमा आश्रित जनसंख्या कति % रहेको छ?     
उत्तर: ७४%

 प्रसिद्द रानी महल दरबार कहाँ रहेको छ?     
उत्तर: पाल्पा

 नेपालमा निशुल्क प्रशुती सेवा कहिले देखि प्रदान गर्न थालिएको हो?     
उत्तर: वि.स २०६५ माघ १ गते

 हाल नेपाल राजपत्रमा कति भाग छन्?     
उत्तर: ६ भाग

 सबैभन्दा बढी गुम्बा भएको जिल्ला कुन हो?     
उत्तर: सोलुखुम्बु

 नेपालको पहिलो दुतावास कहाँ खोलिएको थियो?     
उत्तर: बेलायत

 सार्वजनिक प्रशासनमा O and M को पुरा रुप के हो?      उत्तर: Organization and Management

 बालबालिका हकहितका लागि परिलक्षित बालअधिकारसम्बन्धि महासन्धिलाई नेपालले कहिले अनुमोदन गर्यो?     
उत्तर: वि.स. २०४७ भदौ २९ गते

 सुर्यबाट सबैभन्दा नजिक रहेको ग्रह कुन हो?     
उत्तर: बुध

 सूर्यलाई सम्पूर्ण रुपमा ढाक्ने ग्रहणलाई खग्रास सुर्यग्रहण भनिन्छ भने सुर्यको केहि अंश मात्र ढाक्ने ग्रहणलाई के भनिन्छ?     
उत्तर: खण्डग्रास सुर्यग्रहण

 पृथ्वीको उत्पत्ति सम्बन्धि वायवीय राशी(The gaseous theory) प्रस्तुत गर्ने विद्वान को हुन्?     
उत्तर: इमानुयल कान्ट

 विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो?     
उत्तर: म्याग्दीमा कालिगण्डकीनदीले बनाएको गल्छी

 अस्ट्रेलियामा पाइने घासे मैदानलाई के भनिन्छ?     
उत्तर: डाउन्स

 नेपाल कति डिग्री अक्षांश र देशान्तर विच अवस्थित छ?      उत्तर: २६ डिग्री २२ मिनट देखि ३० डिग्री २७ मिनट उत्तरी अक्षम्श सम्म र ८० डिग्री ४ मिनट देखि ८८ डिग्री १२ मिनट पूर्वी देशान्तर सम्म

 कोशी नदीको औशत जलप्रवाह कति रहेको छ?     
उत्तर: १५६४ क्युविक मिटर प्रतिसेकेन्ड

 इन्द्र सरोवर कहाँ रहेको छ?     
उत्तर: मकवानपुर

 सन् २०१६ जनवरीमा सम्पन्न बंगबन्धु गोल्डकप उपाधि कसले जित्यो?     
उत्तर: नेपाल

 कुसुमपुरी कुन जिल्लाको पुरानो नाम हो?     
उत्तर: पर्वत

 प्रथम विश्वयुद्धको सुरुवात कहिले भएको थियो?     
उत्तर: सन् १९१४ जुलाई २८

 गोपालवंशीहरु पछी नेपालमा कुन वंशको शासन चलेको थियो?     
उत्तर: अहिरवंशी

 भगवान बुद्धले पहिरने गेरुवा रंगको वस्त्रलाई के भनिन्छ?      उत्तर: चिवर

 नेपालि कविताको क्षेत्रमा प्रयोगवादी धारको सुत्रपात गर्ने कवी को हुन्?     
उत्तर: मोहन कोइराला

 प्रथम विश्वयुद्ध पछी गठन भएको अन्तराष्ट्रिय स्तरको संगठन कुन थियो?     
उत्तर: राष्ट्र संघ

 UNO को सुधार सम्बन्धि Quiet Revolution नामक प्रतिवेदन पेस गर्ने संयुक्त राष्ट्र संघका महासचिव को हुन्?      उत्तर: कोफी अन्नान

 आनुवंशिक विविधता भनेको के हो?     
उत्तर: कुनै जीवको आफ्नै समुहभित्र एकापसबीच देखिने वंशानुगत विविधता र यसै जीवको एउटा समूहदेखि अर्को समूह अर्थात् समूह समुह बीच देखिने समुहगत विविधता

 नेपालको बुद्ध एयर र बंगलादेशको नोभो एयरविच विमान मर्मतसम्भार सम्झौता कहिले भयो?     
उत्तर: सन् २०१६ जनवरी २२

 हाल नेपाल सरकारले प्रयोग गर्ने निसाना छाप कसले तयार परेको हो?     
उत्तर: नबिन्द्रमान राज भण्डारी, हिमालय गौतम र कृष्ण श्रेष्ठ

 वरिस्ठ साहित्यकार मिर्जा गालिव कुन भाषा संग सम्बन्धित छन्?     
उत्तर: उर्दु

 लिच्छविकालमा प्रधान न्यायाधिसलाई के भनिन्थ्यो?      उत्तर: महासर्वदण्डनायक

 बेडेन पावेल स्काउट पिक कुन जिल्लामा छ?     
उत्तर: रसुवा

 मसिने चौर विमानस्थल कुन जिल्लामा पर्छ?     
उत्तर: डोल्पा जिल्ला

 परियोजनाका रुपमा स्थापित नेपाल टेलिभिजन कहिले सस्थानमा रुपान्तरित भयो?     
उत्तर: २०४२ पौष १२ गते

 विश्व प्रसिद्द पुस्तक गिनिज बुकको पहिलो प्रकाशन कहिले भएको थियो?     
उत्तर: सन् १९५५ अगस्त २७

 वि.स. २०१६ साल भन्दा अगाडी नेपाली नोट प्रकाशनको कार्य कहाँ बाट गरिन्थ्यो?     
उत्तर: सदर मुलुकीखानाबाट

 मगर जातिमा रहेको छोराछोरी बेच्ने तथा भाउजु, सानिमा बेहोर्ने चलनमाथि प्रतिबन्ध लगाउने प्रधानमन्त्री को हुन्?      उत्तर: भीमसेन थापा

 नेपाल संयुक्त राष्ट्र संघको सदस्य कहिले भएको हो?      उत्तर: १९५५ डिसेम्बर १४

 चीन भ्रमण गर्ने पहिलो प्रधानमन्त्री को हुन्?     
उत्तर: टंक प्रसाद आचार्य

 वेद पाठ गर्दा ब्राह्मणको मुखबाट निस्केको थुकको छिटालाई के भनिन्छ?     
उत्तर: ब्रह्मबिन्दु

 रोमन संख्यामा कुन अंक हुदैन?     
उत्तर: सुन्य

 खाने आहार पाएपछि आशु खसाल्ने जीव कुन हो?      उत्तर: गोही

 माथिल्लो जातकी केटि र तल्लो जातको केटाबीच हुने विवाहलाई के भनिन्छ?     
उत्तर: प्रतिलोम

 पियानोको आविस्कार कुन देशमा भएको हो?     
उत्तर: इटाली

 सर्वप्रथम “जय नेपाल” शब्द प्रयोग गर्ने व्यक्ति को हुन्?      उत्तर: सुक्रराज शास्त्री

 नेपाललाइ द्वापरयुगमा के भनिन्थ्यो?     
उत्तर: मुक्तिसोपान

 धरान-विराटनगर सडकखण्डको नाम के राखिएको छ?      उत्तर: भक्ति मार्ग

 नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज कुन हो?     
उत्तर: सेफोक्सुण्डो राष्ट्रिय निकुन्ज

 कर्णका पिता सुर्य हुन् भने माता को हुन्?     
उत्तर: कुन्ती

 चिकित्सा विज्ञानको लागि महत्वपूर्ण मानिएको एक्स-रेका अविस्कारक को हुन्?     
उत्तर: Wilhelm Rontgen

 विधवाले लगाउने धातुको चुरालाई के भनिन्छ?     
उत्तर: रैया

 RED GIANTS भन्नाले के बुझिन्छ?     
उत्तर: अन्त्य अवस्थामा पुगेको तारा

 वि.सं २०७२ असारसम्मको तथ्यांकअनुसार नगद प्रवाहमा आधारित सरकारी खर्च कति पुगेको छ? 
उत्तर:  रु ४४० अर्ब ९९ करोड

 भूकम्पपछिको पुननिर्माण अभियानमा सहयोग पुर्याउन र ६ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य भेट्टाउने योजनासहित नेपाल राष्ट्र बैंकले आ.व २०७२\७३ को मौद्रिक नीति कहिले सार्वजनिक गर्यो ?     
उत्तर:  वि.सं २०७२ साउन ७ गते

 निजामती कर्मचारी कल्याणकारी कोष नियमावली,२०७२ अनुसार हरेक महिना कर्मचारीको तलबबाट कति प्रतिशत रकम कट्टा गरी जम्मा गरिने व्यवस्था छ ?     
उत्तर:  ०.५ प्रतिशत

 नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) द्धारा वि• सं• २०७२ मा प्रदान गरिने उत्कृष्ट लेखा प्रस्तुती सम्मानबाट सम्मानित हुने बाणिज्य बैंक कुन हो ?     
उत्तर:  नेपाल बैंक लिमिटेड

 नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) द्धारा वि• सं• २०७२ मा प्रदान गरिने विकास बैंक तथा वित्त कम्पनी समुहमध्येको उत्कृष्ट वित्तिय प्रतिवेदन पुरस्कार “बेस्ट प्रीजेन्टेड एकाउन्टस अवार्ड- २०१४” कुन संस्थाले प्राप्त गर्यो ?   
उत्तर: कैलाश विकास बैंक

 ग्लोबल फाईनान्सद्धारा सन २०१५ जुलाई २० मा अ्मेरिकाको न्युयोर्कमा घोषणा गरिएको एसिया प्रशान्त क्षेत्रीय समूह अन्तर्गत ´कन्जुमर डिजिटल बैंक अवार्ड` कसले प्राप्त गर्यो ?   
उत्तर: स्टान्डर्ड चार्टर बैंक, नेपाल

 आ•व• २०७१/७२ को आर्थिक सर्बेक्षण अनुसार चालू आ•व•को यथार्थ कूल गार्ह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?   
उत्तर: ३३•१ %

 वि•सं• २०७२ साउन १२ मा बितरित राष्ट्रीय चलचित्र पुरस्कार मा उत्कृष्ट चलचित्रको उपाधी कुन चलचित्रले प्राप्त गर्यो ?     उत्तर:  कबड्डी

 नेपाल वायु सेवा निगम द्धारा वि•सं• २०७२ बैशाख १८ मा ल्याएको दोश्रो एयरबस ए -३२० लाई के नामाकरण गरिएको छ ?   
उत्तर: लुम्बिनि

सन २०१५ अप्रील ९-११ सम्म अ्मेरिकामा भएको पानी प्रशोधन सम्बन्धी उत्कृष्ट हुने वैज्ञानिक को हुन ?     उत्तर: एमपि भट्ट

 निजामती सेवा ऐन २०४९ को चौथो संसोधन कहिले भएको हो ?   
उत्तर: वि•सं• २०७२ असार २९

 लोकसेवा आयोगले कहिले बाट लागू हुनेगरि अप्राविधिक तर्फ राजपत्र अनङिकत प्रथम श्रेणी (नायब सुब्बा) र द्धितिय श्रेणी (खरिदार) पदको लागि कहिले देखि प्रवेस परिक्षाको व्यवस्था गरेको छ ?   
उत्तर: आ•व• २०७२/७३

 क्याटो वर्ल्ड वाटर ग्रान्ड प्राईज-२०१५ (राशी २० हजार अ्मेरिकी डलर ) बाट सम्मानित हुने संस्था कुन हो ?     उत्तर: वातावरण तथा जनस्वास्थ्य सघंठन (एन्फो)

 रुपन्देहिको भैरहवामा डिजास्टर रिकभरी सेन्टरको स्थापना कहिले भयो ?   
उत्तर: वि•सं• २०७१ साउन ११

 हाल नेपालमा ´क`, ´ख`, ´ग` र ´घ` वर्गका वैंक तथा वित्तिय संस्थाहरु कति रहेका छन ?   
उत्तर: क्रमश ३०, ७६, ४८ र ३९

 राष्ट्रीय प्रतिभा पुरस्कारबाट सम्मानित हुने खेलाडी को- को हुन ?   
उत्तर: विमला तामाङ्ग (कराते) ,सोमपाल कामी (क्रीकेट), दिवाश श्रेष्ठ (बक्सिङ्ग), ज्ञानी चुनारा( तेक्वान्दो), विनिता बुढाथोकी (भलिबल),विक्रम बहादुर रानामगर, केशरी चौधरी, प्रमिला चौधरी र सुनिल चौधरी (एथलेटिक्स)

 भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्रीसहितका शीर्ष नेता एवं चर्चित कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल कहिले भयो ?   
उत्तर:  वि.सं २०७२ जेठ २३

 सन् २०१५ मे २९ मा फिफाको अध्यक्षमा निर्वाचित भएका सेप ब्लाटरले एक साता नबित्दै कहिले आफ्नो पदबाट राजिनामा दिए ?   
उत्तर: सन् २०१५ जुन २

 सन् २०१५ जुन ११ देखि जुलाई ४ सम्म चिलीमा सम्पन्न कोपा अमेरिका फुटबल– २०१५ को उपाधि कसले जित्यो ?   
उत्तर: चिली

 राष्ट्रिय सहकारी सङ्घ द्वारा प्रदान गरिएको २०७१ सालको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित हुने संस्था कुन हो ?   
उत्तर:  ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी

 नेपाल उद्योग वाणिज्य महासङ्घको वि.सं. २०७२ असार १८ मा राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न विशेष साधारण सभाले अध्यक्ष पदमा कसलाई चयन गर्यो ?   
उत्तर:  पशुपति मुरारका

 वैदेशिक ऋण (बेल आउट प्याकेज) लिने कि नलिने भन्ने सम्बन्धमा सन् २०१५ जुलाई ५ मा ग्रीसमा सम्पन्न जनमत सङ्ग्रहमा ऋण लिनु हुँदैन भन्ने पक्षमा कति प्रतिशत मत प्राप्त भएको छ ?   
उत्तर: ६० प्रतिशात

Comments

Popular posts from this blog

नेपालमा जातजाति

नेपालमा जातजाती नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  ।    आदिवासी/जनजाति  आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः  • जसको छुट्टै आफ्नै ...

नेपालका कलाकृतिहरु

नेपालका कलाकृतिहरू   नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला  ।   (क) वास्तुकला • वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ । प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन्  ।  • वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाइ निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ : → प्यागोडा शैली (छाने शैली)  → शिखर शैली  → मिश्रीत शैली    प्यागोडा शैली (छाने शैली)  मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ । यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ । पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन्  ।    शिखर शैली सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गर...
Single Phase Preventer Connection | Circuit Diagram, Working & Price Guide अगर आप  3 phase motor  चलाते हैं – चाहे वो borewell pump हो या industrial motor – तो single phasing fault सबसे खतरनाक fault होता है। ऐसे में motor coil जल सकती है। इसी से बचाने के लिए हम इस्तेमाल करते हैं  Single Phase Preventer (SPP) Single phase preventer  एक smart    relay  device होती है जो 3-phase supply continuously monitor करती है। जैसे ही कोई phase गायब होता है (R, Y, या B), ये motor को automatically trip कर देती है ताकि motor damage न हो। आज के blog में हम detail में समझेंगे  कि एक  Single Phase Preventer  कैसे काम करता है और इसे सही तरीके से connect कैसे किया जाता है। हम step-by-step देखेंगे इसका  connection diagram , समझेंगे इसका  working principle , और जानेंगे  Single Phase Preventer Price Range  – ताकि आप best model चुन सकें। साथ ही, हम discuss करेंगे  GIC Single Phase Preventer Wiring Example ,  installation precauti...