नेपाल विशेष
नेपालकाे भाैगाेलिक जानकारी
नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक हो । यो समुद्रदेखि करीब ११२७ कि.मि. टाढा छ । यो एसियाका दुई विशाल मुलुकहरू भारत र चीनको बीचमा पर्दछ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात ५६,८२७ वर्गमाइल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ । नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशाान्तरसम्म फैलिएको छ । नेपालले विश्वको कूल भूभागको ०.०३ प्रतिशत र एसिया महादेशको ०.३ प्रतिशत भाग ओगटेको छ । यसको दक्षिणमा भारतको विहार र उत्तर प्रदेश राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल, सिक्किम राज्य र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रीनबीच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो । विश्वका ८,००० मिटरभन्दा अग्ला २० चुचुराहरूमध्ये नेपालमा १४ ओटा पर्छन् । ६,००० मिटर र सोभन्दा अग्ला चुचुराहरू १,३०० भन्दा बढी छन् । मुस्ताङ इलाकामा मात्र यस्ता लगभग ३०१ चुचुराहरू रहेका छन् । नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता महानदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन् । नेपालको भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेश्रो ध्रुवको देश तथा विशिष्ट झण्डाको देशको रूपमा समेत परिचित छ ।
धरातलीय स्वरुपकाे अाधारमा नेपालकाे विभाजन
नेपालको भौगोलिक विभाजन विभिन्न आधारमा विभिन्न किसिमले गरिएको पाइन्छ । धरातलको आधारमा नेपालको भूभागलाई उत्तरदेखि दक्षिणसम्म क्रमशः तीन बृहत् प्रदेशमा विभाजन गर्न सकिन्छ ।
(क) हिमाली प्रदेश
नेपालको उत्तरी भेगमा दाँतका लहरजस्तै पङ्तिबद्ध रूपमा अवस्थित हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तर–दक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुन्द्र सतहदेखि करिब ३,३०० मिटरमाथिको उचाइमा अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टिमात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमाली शृङ्खला देखिने नेपालका धेरै भूभागहरू छन् । जस्तैः अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङ, मुस्ताङ आदि नेपालका क्षेत्र पर्छन् । धवलागिरि चुरेन हिमालयको उत्तरमा मुस्ताङ तथा डोल्पाका भूभाग पर्छन् । ती क्षेत्रहरूबाट हिमालय दक्षिणतिर देखिन्छ ।
(अ) मुख्य हिमाली क्षेत्र
हिमालयअन्तर्गतका उच्चतम चुलीहरू केन्द्रित मुख्य हिमालयमा ८,००० मिटरभन्दा अग्ला चुलीहरू पर्छन् । नेपालका कूल ७७ मध्ये २० जिल्ला हिमाली प्रदेशमा पर्दछन् ।
(आ) भित्री हिमाली क्षेत्र
मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ । नदी निर्मित उपत्यकाहरू उच्च हिमाली क्षेत्रमा निकै रहेका छन् । यहाँ पुराङ्ग, हुम्ला, मुगु, लाङगु, बूढी खोटाङ, केरूङ, न्यानम, रोङ्गसार, खुम्बु, कर्मा आदि हिमवेष्टित उपत्यकाहरू छन् । उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका २,४००–५,००० मिटरसम्मका उचाइमा रहेका छन् ।
(इ) सिमान्त हिमाली क्षेत्र
यो अन्तरहिमाली शृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलोमिटर उत्तरसम्म फैलिएको छ । सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र) को पानी ढलो क्षेत्रका रूपमा रहेको छ । उच्च हिमशृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी आदि) हिमालयभन्दा पुराना मानिन्छन् ।
(ख) पहाडि प्रदेश
उत्तरमा हिमाल र दक्षिणमा तराइर्बीच रहेको मध्यभाग पूर्वदेखी पश्चिमसम्म अग्लोहोँचो पहाडहरू, फराकिला–सागूँरा उपत्यका, दून, बँेसी तथा टार र गरायूक्त पाखाहरूले घनीभूत छ । समुन्द्रि सतहदेखी करिब ६०० देखी ३३०० मिटरको उचाईसम्म पहाडी प्रदेश रहेको छ । नेपालमा कुल ७७ जिल्ला मध्ये ३६ वटा जिल्ला पहाडी प्रदेशमा पर्दछन् ।
(अ) महाभारत पर्वत
पूर्व–पश्चिम फैलिएको समुन्द्र सहतदेखि १५०० मिटर देखी ३३०० मिटरसम्मको उचाइमा रहेको यो पहाडी भाग नेपालको महŒवपूर्ण भाग हो । यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ । ठूलाठूला चार नदी कडा चट्टाने पहाड छेडेर बगेका छन् । कर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा, त्रिशूलीले जुगरीमा र कोशीले चतरामा छेडो बनाएको छ । ठाउँठाउँमा टार (पालुङटार, सल्यानटार, रुम्जाटार) र उपत्यका बनेका छन् । होचो हिमालय ९ीभककभच ज्ष्mबबिथब० को नामले पनि यो पर्वत चिनिने गर्छ । यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुनेहुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको ज्ष्िि(क्तबतष्यल पनि भनिन्छ । सैलुङ्ग, ट्याम्के, जैथक, फूलचोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्वर्गद्वारी, साकिने डाँडा, खोंचे आदि यहाँका प्रमुख शिखर हुन् । पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ ।
(आ) मध्यभुमी श्रेणी
मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४,३५०,३०० हेक्टर) जमिन ढाकेको छ । यहाँको जलवायु वर्षैभरि कृषिको लागि उपयुक्त छ । तापक्रम न बढी न घटी मध्यम प्रकारको छ । जनसङ्ख्या वृद्धिले गर्दा भूमिमाथि बढी चाप परेको छ । यहाँ ८७ प्रतिशत खेतीयोग्य भूमि पर्वतीय पाखाका रूपमा रहेका छन् । मध्यपहाडी भूमिको गराखेती प्रविधि नै स्थापित प्रविधि हो । कृषि, वन र बागबानीबाट यसलाई सघाउ हुनेगरेको छ । यो श्रेणी समुन्द्र सहतदेखी करिब १५०० मिटरको उचाईसम्म रहेको छ ।
(इ) चुरे श्रेणी
नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमाला भन्दा निकैपछि विकसित रहेको समुद्रसतहदेखि ६१० देखि १८७२ मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ । यो पश्चिमदेखि कोशी नदीसम्म महाभारत पर्वतमालाको समानान्तर रूपमा लम्बिएको छ भने त्योभन्दा पूर्व खण्डित हुँदै ढिस्का वा थुम्कोको रूपमा रहेको छ । यसलाई सामान्यतः चुरिया वा चुरे पर्वत भनिन्छ । चुरे पर्वत नेपालको ३६ जिल्लामा फैलिएको छ भने चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा संचालित छ ।
(ग) तरार्इ प्रदेश
पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व–पश्चिम फैलिएको नेपालको समतल भू–भाग तराई प्रदेश हो । यसलाई मधेश पनि भनिन्छ । यस प्रदेशको चौडाइ २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म छ । तराईको सिरान भावर र चुरे हो । उत्तरबाट दक्षिणतिर होचो हुँदै जानु तराईको लक्षण हो । यो क्षेत्र उष्ण क्षेत्र हो । यहाँको जमिन प्रायः समथल छ । सन् १९६० सम्म यो क्षेत्रमा थारूहरूको बोलबाला थियो । औलो उन्मुलनपछि दून उपत्यका पहाडलगायत अन्य क्षेत्रका जनताको पनि केन्द्रस्थल भई यो क्षेत्र बहुजातीय क्षेत्र बन्यो । समुन्द्रसतहबाट ६० देखि ६०० मिटरको उचाइमा पर्ने यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत भूभाग ओगटेको छ । यसलाई नेपालको अन्नभण्डार पनि मानिन्छ । यस क्षेत्रमा नेपालका २१ जिल्ला पर्दछन् ।
(अ) भावर क्षेत्र
खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा समुन्द्रसतहदेखि ३८० मिटरको उचाइसम्म फैलिएको साँगुरो पेटीलाई भावर क्षेत्र भनिन्छ । १० देखि १५ किलोमिटरसम्म चौडाइ भएको भावर प्रदेशले मुलुकको कुल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग ओगटेको छ ।
(आ) भित्रि मधेश
चुरे र महाभारत पर्वत श्रेणीको बीचमा समुन्द्रसतहदेखि ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएका विशाल फाँटलाई भित्री मधेश वा दून क्षेत्र भनिन्छ । ३२ देखि ६४ कि.मि.सम्म लम्बाइ र १६ कि.मि. सम्म चौडाइ भएको यो क्षेत्रले मुलुकको कुल क्षेत्रफलको ८.५ प्रतिशत भूभाग समेटेको छ । भित्रीमधेशलाई चार क्षेत्रमा बाँडिएको छ । यसमा उदयपुर र सिन्धुली उपत्यकालाई पूर्वी भित्रीमधेश; मकवानपुर, चितवन र नवलपरासीपूर्वलाई मध्यभित्रीमधेश; दाङ देउखुरीलाई पश्चिमी भित्रीमधेश र सुर्खेत उपत्यकालाई मध्यपश्चिम भित्रीमधेश भनिन्छ ।
(इ) मुख्य तरार्इ
देशको दक्षिणी भागमा दक्षिणतर्फ होचिँदै गएको भूभागलाई खास तराई भनिन्छ । मिहिन पाँगो माटोले बनेको यो क्षेत्र उर्वर रहेको छ । चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डुण्डुवा पर्वतमालाले काटेकोले खास तराईलाई तीन भाग (पूर्वी, मध्य र पश्चिम) मा बाँड्ने पनि गरिएको छ । झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्साको दक्षिण, नवलपरासीको पश्चिम दक्षिण, रूपन्देही र कपिलवस्तुको दक्षिण र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रलाई नेपालको खास तराई भनिन्छ । समुन्द्री सतहदेखी करीब ५९ देखी २०० मिटरको उचाईसम्म यो क्षेत्र रहेको छ ।
नदिकाे अाधारमा नेपालकाे विभाजन
(क) काेशी प्रदेश
पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइस्थान) बीचको क्षेत्रलाई कोशी प्रदेश भनिन्छ । तमोर, अरुण, लिखू, दूधकोशी, तामाकोशी, सुनकोशी र इन्द्रावती मिलेर सप्तकोशी नदी बनेको छ । यो नेपालको सबैभन्दा ठूलो नदी हो । यो नदी ७२० कि.मि. लामो छ भने जलप्रवाह क्षमता औसत १,५६४ क्यूविक मिटर प्रति सेकेण्ड रहेको छ । यस नदीबाट २२,००० मेघावाटसम्म विद्युत् निकाल्न सकिने अनुमान गरिएको छ । कोशी प्रदेशको प्रभाव क्षेत्र झण्डै ६० हजार वर्ग कि.मि. रहेको छ । सप्तकोशी नदीको सबैभन्दा ठूलो सहायक नदी अरुण हो भने सबैभन्दा सानो नदी लिखू हो ।
(ख) गण्डकी प्रदेश
पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धौलागिरी हिमालसम्मको गण्डकी नदी प्रभावित क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ । गण्डकी नदीका सात प्रमुख सहायक नदीहरू त्रिशुली, बुढीगण्डकी, दरौदी, मादी, मस्र्याङ्दी, सेती र कालीगण्डकी हुन् । गाण्डव ऋषिको नामबाट नामाकरण गरिएको मानिएको यस नदीलाई चितवन जिल्लामा आएपछि (देवघाटभन्दा तल) नारायणी नदीको नामले चिनिन्छ । यो नदी मध्यनेपालमा बहन्छ, जसको प्रवाह क्षेत्र करिब ३८,००० वर्ग कि.मि रहेको छ । करिब ३३८ कि.मि. लामो यस नदीको विद्युत् क्षमता करीब २१,००० मे.वा. रहेको मानिएको छ । यसका सहायक नदीहरूमध्ये कालिगण्डकी सबैभन्दा ठूलो र मादी सबैभन्दा सानो हो । नेपालको सबैभन्दा गहिरो यो नदीले प्रतिसेकेण्ड औषत १७१३ क्यु.मि. पानी प्रवाह गर्दछ ।
(ग) कर्णाली प्रदेश
पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा व्यास हिमालबीच कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ । कर्णाली नदीका सात प्रमुख सहायक नदीहरू हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा र सेती नदी हुन् । यसलाई नेपालको सबैभन्दा लामो नदी पनि भनिन्छ । यो नदी मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा बहने नदी हो, जुन भारतमा पुगेपछि घाघँरा र कहीँकहीँ सरयू नामले समेत चिनिन्छ । यो नदी करिब ४२,००० व.कि.मि. क्षेत्रफल समेटेर बग्दछ । करिब ५०७ कि.मि. लामो यस नदीको विद्युत् उत्पादन क्षमता ३२,००० मे.वा.रहेको मानिएको छ । यो नदीको औषत जलप्रवाह क्षमता प्रतिसेकेण्ड १३१६ क्यु.मि. रहेको छ ।
नेपालमा वनकाे अवस्था
नेपालका प्राकृतिक स्रोत र साधनहरूमध्ये भूमि एक महत्वपुर्ण स्रोत हो । नेपालको धरातल र वनस्पतिमा भिन्नता भएझैँ यहाँको माटोको अवस्था र गुणमा पनि धेरै भिन्नता छ ।
१. रैकर भूमि
रैकर शब्दको उत्पत्ति दुई अर्थबाट भएको हो । ‘रै’ भन्ने शब्दले राज्य र ‘कर’ भनेको सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी हो । त्यसैले रैकर भूमि वा जग्गा भन्नाले सरकारी स्वामित्वमा रहेको र भोगचलन गर्ने व्यक्तिले मालपोत तिर्नुपर्ने जग्गालाई जनाउँदछ । यस्तो जग्गा आफ्नो अधीनमा राखेर प्रयोग गर्ने व्यक्तिले सरकारी राजस्वका रूपमा मालपोत सरकारलाई बुझाउनुपर्दछ ।
२.विर्ता भूमि
कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरेमा वा कुनै व्यक्ति मुलुकी शासनको दृष्टिमा राम्रो सावित भएमा उसलाई ‘वृत्ति’ स्वरूप प्रदान गरिने जग्गालाई विर्ता जग्गा भनिन्छ । नेपालमा विशेषगरी राणाशासन कालमा यस्तो जग्गा बाँड्ने चलन थियो । ब्राह्मणलाई दान स्वरूप प्रदान गरिने जग्गालाई कुश
विर्ता, कुनै सरकारी कर्मचारीलाई राम्रो कार्य गरेबापत प्रदान गरिने जग्गालाई फिकदर विर्ता, युद्ध गर्दागर्दै मरेको सैनिकका परिवारलाई दिने जग्गालाई मरवट विर्ता भनिन्थ्यो । राणाकालमा उनीहरूको अनुयायी जुनसुकै व्यक्तिलाई पनि विर्ताका रूपमा जग्गा दिने प्रचलन थियो । यसले गर्दा करिब ३५ प्रतिशत कृषियोग्य भूमि विर्ताका रूपमा वितरण भएको थियो । वि.स. २०१६ सालमा विर्ता उन्मूलन ऐन जारी गरी सम्पूर्ण विर्ता जग्गाहरूलाई रैकरमा परिणत गरियो ।
३.गुठी भूमि
कुनै विषेश सार्वजनिक वा सामूहिक उद्देश्य पूर्तिका लागि कुनै ट्रष्टका रूपमा प्रयोग भएको संस्थागत जग्गालाई गुठी जग्गा भनिन्छ । गुठी शब्दको उत्पत्ति संस्कृत शब्दको ‘गोष्ठी’ बाट भएको हो । यसको अर्थ ‘परिषद्’ भन्ने जनाउँदछ । नेपालमा मठ मन्दिर वा देवालयमा पूजाआजा गर्नका लागि तथा धार्मिक धरोहरहरूलाई संरक्षण गर्नका लागि आवश्यक स्रोतका रूपमा उपलब्ध गराइएको जग्गा गुठीको रूपमा रहेका छन् । नेपालमा विशेष गरी पशुपतिनाथ, जयबागेश्वरी, रामजानकी मन्दिरजस्ता धेरै मठमन्दिरहरूका गुठी जग्गाहरू छन् । यस्ता जग्गाबाट नियमित रूपमा आम्दानी प्राप्त भइरहने भएकाले धार्मिक क्रियाकलापहरू सञ्चालन गर्न तथा मठ मन्दिर बनाउन एवं जिर्णोद्वार गर्न सजिलो हुन्छ । यस्ता गुठीमा खासगरेर राजगुठी, दुनियाँ गुठी, पिलकराना गुठी, बकस गुठी आदि बढी मात्रामा पाइन्छन् । नेपालमा भूमिसुधार ऐन, २०२१ अनुसार सबै किसिमका गुठीलाई नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि गुठी संस्थानको स्थापना गरिएको छ ।
४.किपट भूमि
नेपालको पूर्वीपहाडी भागमा यस्तो भूमि प्रथा प्रचलित थियो । यस्ता जग्गामा प्रयोगकर्ताले कर तिर्नुपर्दैन । पृथ्वीनारायण शाहले पूर्वका राई तथा लिम्बू जातिहरूलाई किपट जग्गा प्रदान गरेका थिए । यसरी किपट जग्गा प्राप्त गरेका ती क्षेत्रका जनताले आवश्यक परेको बखत सरकारलाई वा राजालाई सहयोग प्रदान गर्नुपर्दथ्यो । यस्तो जग्गा अन्य व्यक्तिलाई बेच्न मनाही गरिएको थियो । तर वि.सं. २०२१ मा भूमिसुधार लागू भएपछि यस्तो जग्गा रैकर जग्गा सरह किनबेच गर्न पाउने व्यवस्था गरियो ।
नेपालमा अभ्यास गरिएका केही भुमि व्यवस्था
(क) पाँगो माटो
तराई प्रदेश र बेसीमा पाँगो माटो पाइन्छ । नदीले थुपारेको माटो र बालुवामा कुहिएको झारपातसमेत मिली बन्ने यो माटोमा बालुवा र चिम्टे माटोको मात्रा करिब बराबर हुन्छ । यस किसिमको माटोमा चुन, फस्फोरस र पोटास आदि खनिज तत्वको मिश्रण हुन्छ । यसैले यो माटो कृषि कार्यको लागि उत्तम मानिन्छ । धान, सनपाट, उखु, सुर्ती, तेलहन आदि यो माटोमा ज्यादै सप्रिन्छ ।
(ख) बलौटे पत्थरिलो माटो
भाबर प्रदेश, भित्री मधेश र चुरे पहाडमा यस किसिमको माटो पाइन्छ । यो माटो नदीद्वारा जम्मा भएका बालुवा, कन्कड, पत्थरजस्ता खुकुला खस्रा पदार्थ मिली बनेको हुन्छ । मलिलो माटोको अनुपात र जैविक पदार्थ कम हुने यो माटोमा पानी अड्दैन र माटोको उर्वरा शक्ति पनि अति कम हुन्छ । यस्तो माटोमा सिँचाइ गर्न कठिन हुन्छ । यो कृषि कार्यका लागि तल्लो स्तरको माटो हो, तर साल, सिसौ आदि आर्थिक दृष्टिले महत्वपूर्ण रूखहरू यस्तो माटोमा ज्यादै सप्रिने हुँदा यस्तो माटोको अधिकांश भाग जङ्गलले ढाकिएको छ ।
(ग) रातो फुस्रो माटो
महाभारतका ठाडा भीरहरूमा टुक्रिएका चट्टानमा सडेका झारपात मिलेर बनेको माटोलाई रातो फुस्रो माटो भनिन्छ । किनकी यस माटोको जैविक पदार्थ र ओजनीकृत फलामको मात्रा कम हुनेहुँदा यस क्षेत्रको माटोको रङ्ग रातो, फुस्रो वा पहेँलो हुन्छ । चून, नाइट्रोजन र फोस्फोरसजस्ता खनिज तत्व कम हुने र माटोको गहिराइ पनि कम हुनेहुँदा यस किसिमको माटोमा धान, उखु, सनपाट, सूर्ती आदि खेती प्रायः गरिँदैन । तर यस्तो माटोमा अम्ल, फलामजस्ता खनिज तत्व हुनेहुँदा फलफूल, चिया, आलु, मकै, कोदोको खेती गर्न यो उपयोगी हुन्छ ।
(घ) तलैया माटो
उपत्यकाका ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ । यस किसिमको माटोमा प्रशस्त सडेका झारपात मिलेको हुँदा माटोको रङ्ग कालो हुन्छ । माटोको गहिराइ बढी हुनका साथै जैविक पदार्थ पनि प्रशस्त हुनेहुँदा तलैया माटो कृषिका लागि सर्वोत्तम मानिन्छ । खासगरी यो माटोमा धान, गहुँ, सागपात राम्ररी सप्रिन्छन् । यस किसिमको माटोमा कम वर्षामा पनि खेती गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा यस्तै माटो पाइन्छ ।
(ङ) हिमाली माटो
हिमनदीले थुपारेको माटो, बालुवा, कङ्गड, पत्थर आदि मिलेर हिमाली माटो बन्दछ । खासगरी नेपालको भित्री र उच्च हिमाली क्षेत्रको फेदीमा यस किसिमको माटो पाइन्छ । हावापानी ठण्डा र शुष्क हुने तथा माटोको गहिराइ एवं जैविक पदार्थ कम हुने हुदाँ यसको उर्वरा शक्ति न्यून हुन्छ । यो माटोमा मकै, जौ, आलु,फापरजस्ता बालीमात्र लगाइन्छ ।
नेपालमा उपलब्ध माटोका प्रकार
कुनै ठाँउको भूधरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित गर्दछन् । हावापानीले वनस्पतिलाई प्रभावित गर्ने हुदाँ यी दुईबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वन सम्पदाको महत्वपूर्ण स्थान छ । २०७४/७५ काे अार्थिक सर्वेक्षण अनुसार नेपालकाे कुल क्षेत्रफलकाे ४४.८ प्रतिशत भुभाग वन क्षेत्रले अाेगटेकाे छ । नेपालको भू–धरातल तथा वनजङ्गलको विविधताको आधारमा नेपालको वनस्पति जगतलाई निम्न ५ समूहमा वर्गीकरण गर्न सकिन्छः
(क) उष्णप्रदेशीय सदाबहार जङ्गल
तराई, भावर, दुन, चुरे पर्वतको १,२०० मिटरसम्मको उचाइमा पाइने उष्ण प्रदेशीय सदाबहार जङ्गलमा गर्मी र वर्षा यथेष्ट मात्रामा हुनेहुँदा यहाँका रूखहरू अग्ला, मोटा, बलिया र सँधै हरियाभरिया हुन्छन् । पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा रहेको यो जङ्गल पहिले चार कोशसम्म फैलिएकोले यसलाई चारकोशे झाडी पनि भनिन्छ । यहाँ साल, सिसौँ, खयर, सिमल आदि प्रमुख वनस्पतिका साथै साँवे, ढड्डी, गाँज पनि पाइन्छन् । यस जङ्गलमा हात्ती, गैँडा,
बाघ, भालु, मृग आदि वन्यजन्तु पाइने हुदाँ यो क्षेत्र आर्थिक तथा जैविक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।
(ख) समशितोष्ण पतझर जङ्गल
नेपालमा १,२०० मिटरदेखि २,१०० मिटरसम्मको उचाइसम्म चुरे पहाडको माथिल्लो भाग, मध्यभाग र महाभारत पर्वतको तल्लो भागको समशितोष्ण पतझर जङ्गलमा पाइने रूख अग्ला र मोटा हुन्छन् । तल्लो भाग सघन छायाँदार भए पनि माथिल्लो भाग चिसो हुनुका साथै तुसारो पर्ने भएकाले अधिकांश पातपतिङ्गर झर्ने हुँदा यो वन शृङ्खलालाई पतझर भनिएको हो । उच्च भागमा केही मात्रामा पतझर र कोणधारी रूखहरूको मिश्रित जङ्गल पाइन्छ । यहाँ पाइने कडा र नरम जातका सदाबहार, पतझर र कोणधारी रूखमध्ये साल, सल्ला, देवदारू, चाँप, कटुस, ओखर,ज्ञड÷नेपाल परिचय गुराँस, पिपल, चिलाउने, वर, बाँस, सिमल, उत्तिस, पलाँस, लाँकुरी, चाँप प्रमुख छन् । यस्तो वन उष्णप्रदेशीय सदाबहार जङ्गलभन्दा कम गुणस्तरको मानिन्छ ।
(ग) समशीतोष्ण सदाबहार कोणधारी जङ्गल
महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाल पर्वतको तल्लो भागमा २,१०१ मिटरदेखि ३,३५० मिटरसम्मको उचाइमा कोणधारी जङ्गल पाइन्छ । यहाँ वर्षैभरि चिसो हुने र हिमपात भैरहने हुँदा रूख र रूखका पातहरू कोणजस्तै चुच्चो
परेका हुन्छन् । यँहाको माटो सेपिलो हुनेहुँदा सदाबहार जङ्गल हुन्छ । यहाँ मझौला नरम जातका रूख पाइने र यसमा पनि चाँप, सल्ला, देवदारू, कटुस, धुपी, सीमल, चिलाउने, वेतबाँस, उत्तिस, बाँस, गुँरास, भोजपत्र आदि उल्लेख्य
मात्रामा रहेका छन् ।
(घ) लेकाली वनस्पति
नेपालमा ३,३५१ मिटरदेखि ५,००० मिटरसम्मको उचाइमा कम तापक्रम र कम वर्षा हुने पहाडी तथा तल्लो हिमाली क्षेत्रमा पाइने वनस्पतिलाई लेकाली वनस्पति भनिन्छ । यो उचाइमा चिसो र शुष्क जलवायु पाइने हुदाँ यहाँ अग्ला, मोटा र कडा जातका रूखहरू सप्रिन सक्दैनन् । लेकाली वनस्पतिमध्ये कम उचाइका गुराँस, निगाले र केही झाडीजस्ता रूखहरू ३,६०० मिटरसम्मको उचाइमा पाइन्छन् भने त्योभन्दामाथि घाँसका ठूला ठूला फाँटहरू पाइन्छन् । माथिल्लो
भागमा रङ्गविरङ्गका बुकीफूल, जडीबुटीहरू पाइन्छन् ।
(ङ) शीत मरूभूमिको वनस्पति
नेपालमा ५,००० मिटरको उचाइभन्दामाथि हिँउ पर्नेहुँदा यहाँ वनस्पतिहरू उम्रिन नसक्ने भएकाले हिउँ नअड्ने भिरालो ठाँउमा काई र लेउमात्र पाइन्छन् । उम्रिन र हुर्कन नसक्ने यस्तो ठाँउमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा वनस्पति
वा शीत मरुभूमिको वनस्पति भनिन्छ ।
नेपालमा खनिज पदार्थ
खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउटा महŒवपूर्ण स्रोत हो । पृथ्वीभित्र रहेका तामा, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्याँस, खरी, गेरु, शिशा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनिन्छ । नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न
मुलुक हो । नेपालमा खनिजको उत्खननका लागि गरिएको प्रयासको इतिहास त्यति लामो छैन । खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि वि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरियो । यद्यपि, देशको भूगर्भमा रहेका खनिज पदार्थलाई उपयोग गर्न सकिएको छैन ।
नेपालमा खनिज साधनका सम्भाव्य क्षेत्र
फलाम: फूलचोकी, ठोसे, चितवन, कुलेखानी, भैँसे, प्यूठान, बझाङ,डोटी, जन्तर, लब्धी, फर्पिङ
तामा: तामाखानी, सीमाखानी, कुलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङ्गा, इलामडाँडा, म्याग्दी ।
अभ्रक: भोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाँउ, रसुवा, बझाङ, लमजुङ, गोसाईकुण्ड, सुन्दरीजल
चुनढुङ्गा: चोभार, भैंसे, धनकुटा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत
सीसा: गणेशहिमाल, फूलचोकी, मकवानपुर, बाग्लुङ, मार्फु, गल्कोट, तिप्लीङ, बैतडी
जस्ता: गणेशहिमाल, फूलचोकी, माजेर खोला, नाम्पाद्दण्÷नेपाल परिचय
गन्धक: चिसापानी गढी, गोसाइकुण्ड, बराहक्षेत्र
खरी: सिन्धुपाल्चोक, खोटाङ, भोजपुर
स्लेट: बन्दीपुर, बाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर
मार्वल: गोदावारी, महाभारत पर्वत शृङ्खला
गेरु: सिन्धुपाल्चोक, चौतारा
कोइला: दाङ, सल्यान, चौतारा, चितवन, मकवानपुर, काठमाडौँ उपत्यका
पेट्रोलियम: कोइलाबास, नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, दैलेख, प्यूठान, दाङ र तराई, चुरे पहाड, महाभारतको विस्तृत क्षेत्रफलमा पाइने सम्भावना निकै रहेको ।
ग्याँस: तराईको विस्तृत भू– भाग, मुस्ताङ क्षेत्र र काठमाडौँ उपत्यका
सुन: सुनकोशी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको बगर, बेरिङ, कोशी नदीमा प्लेसर सुन पाइएको छ ।
चाँदी: चिसापानी गढी, बाग्लुङ, फूलचोकी
कोवाल्ट: पाल्पा, गुल्मी, अर्घाखाँची, धनकुटा
सोडा: सल्यान, डोटी
सिधेनून, वीरेनून: रसुवा, स्याप्रुबेँसी
निओवेरस र अन्य पत्थर (दुर्लभ धातु): गोरखा, डडेल्धुरा, जाजरकोट
निकेल: खोकलिङ, नाम्पा, टुङथाङ, भोर्ले
म्याग्नेसाइट: दोलखाको खरिढुङ्गा, उदयपुरको कम्युघाट, मुस्ताङको नूनखानी
हावापानीकाे अाधारमा नेपालकाे विभाजन
नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गर्न सकिन्छ ।
(क) उष्ण मनसुनी हावापानी
अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भावर, दून र चुरे क्षेत्रको १,२०० मिटर (४,००० फिट) सम्मको उचाइमा पाइन्छ । गृष्मयाममा यहाँको तापमान ३८ देखि ४२ डिग्री सेन्टिग्रेडसम्म पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ । वर्षा सामान्यता पूर्वबाट पश्चिम घट्दै जाने र उत्तरबाट दक्षिण बढ्दै जाने भएबाट पूर्वी तराईभन्दा पश्चिमी तराई प्रदेशमा अधिक गर्मी हुन्छ । विषेशत भैरहवा, नेपालगञ्ज तथा कैलालीलगायतका तराई क्षेत्रमा अधिक गर्मी हुन्छ । यसैगरी दाङ, सुर्खेतजस्ता भित्री मधेशमा पनि गर्मी धेरै नै हुन्छ ।
(ख) न्यानो समशीतोष्ण हावापानी
चुरे पहाड र महाभारत पर्वतको १,२०० देखि २,१०० मिटर (४,०००–७,००० फिट) सम्मको उचाइमा पाइने यस प्रकारको हावापानीमा ग्रीष्म याममा न्यानो हुन्छ भने शिशिरमा बढी ठण्डा हुन्छ । गृष्म ऋतुमा तापक्रम २४ देखि ३० डिग्री सेन्टिग्रेडसम्म पुग्छ भने हिउदँमा ० डिग्री से. सम्म ओर्लिन्छ । नेपालमा पानी पार्ने मनसुनी हावा दक्षिणी भागबाट बग्ने हुदाँ दक्षिणको भिरालो ठाँउमा २५० सेन्टिमिटरसम्म वर्षा हुन्छ भने उत्तरतर्फको भिरालो पाखामा १०० सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
(ग) ठण्डा समशीतोष्ण हावापानी
महाभारत पर्वत शृङ्खलाको २,१०० देखि ३,३५० मिटर (७,०००–११,००० फिट) सम्मको उचाइमा पाइने यस्तो हावापानीमा ग्रीष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ । यहाँको तापक्रम गृष्ममा १५० देखि २०० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ०० सेन्टिग्रेडसम्म ओर्लिन्छ । यहाँ वर्षमा १० सेन्टिमिटरसम्म पानी पर्दछ भने हिउँदमा हिँउ वर्षिन्छ । न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ । यहाँको जनजीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ ।
(घ) लेकाली हावापानी
नेपालमा समुन्द्रसतहदेखि ३,३५० देखि ५,००० मिटर (११,०००–१६,००० फिट) उचाइसम्मको हिमाली क्षेत्रको ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ । यहाँको तापक्रम चैत, वैशाख, जेठमा १०० सेन्टिग्रेडसम्म पुग्दछ भने अरू
समयमा (९ महिनाजति) ० डिग्री सेन्टिग्रेडभन्दा तल नै रहन्छ । यहाँ वर्षामा ३० मिलिमिटरसम्म वर्षा हुन्छ । यहाँ खेतिपाति हुँदैन, तर यहाँका ठूला हिमाली फाँटहरूमा पशुचरन गराइने हुँदा यो ठाउँ पशुपालन र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त छ ।
(ङ) ध्रुवीय वा हिमाली हावापानी
हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली, ध्रुवीय वा टुण्ड्रा हावापानी भनिन्छ । यहाँ सँधैजसो हिमपात भइरहन्छ भने वर्षाका रूपमा हिउँ नै पर्दछ । ५,००० हजार मि.(१६०००फिट) भन्दा माथिको भू–भागको तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा कम हुनेहँुदा यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ । यहाँको हावापानीलाई हिमाली मरूभूमि जलवायु पनि भन्ने गरिन्छ ।
रारा ताल: मुगु, फेवा ताल: कास्की, रूपा ताल: कास्की, मैदी ताल: कास्की, बेगनास ताल: कास्की, शे–फोक्सुण्डो वा रिग्म ताल: डोल्पा, बीसहजार ताल, नन्दभाउजू ताल: चितवन, गैडहवा ताल: रूपन्देही, लौसा ताल: रूपन्देही, सग्रहवा ताल: रूपन्देही जाखिरा ताल: कपिलवस्तु, घोडाघोडी ताल: कैलाली, बुलबुले ताल: सुर्खेत, जगदीशपुर ताल: कपिलवस्तु, रानी ताल: कञ्चनपुर, झिलमिला ताल: कञ्चनपुर, तिरीछो (तिलिचो) ताल: मनाङ, खप्तड दह: अछाम, गोसाईकुण्ड:रसुवा, इन्द्रसरोवर: मकवानपुर, टौदह: काठमाडौँ, रानीपोखरी: काठमाडौँ, नागदह: काठमाडौँ, गङ्गासागर: धनुषा, महाराजा सुन्वर्षी पोखरी: मोरङ, माइदिया पोखरी: पर्सा, सुर्मा सरोवर: बझाङ, पञ्चासे ताल: स्याङ्जा, पर्वत र कास्की, गिरी दह: जुम्ला, सुना दह: डोल्पा र बाग्लुङ जिल्लाको सीमा क्षेत्र, गुफा पोखरी, सभापोखरी: सङ्खुवासभा, माई पोखरी इलाम ।

Comments
Post a Comment